×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको ‘असभ्य’ कार्यक्रमका ९ गल्ती ! बरिष्टता नजान्ने सञ्चालकले झन् ‘झुर’ बनाए कार्यक्रम !

काठमाडौँ । मङ्सिर २० गते शुक्रबार ग्लोबल आइएमइ बैंकको कर्पोरेट कार्यालयमा भव्य कार्यक्रमको आयोजना गरिएपनि संचालकको असावधानी र बैंकको कमजोर व्यवस्थापनका कारण कार्यक्रम झुर होइन ‘महाझुर’ बन्यो । सबैभन्दा ठुलो बैंकको कार्यक्रम ‘राम्रो नमूना’ हुनुपर्ने ठाउँमा ‘झुर नमूना’ बन्यो । तयारी नभएकोझैं देखिने कार्यक्रम संचालकमात्र होइन बैंककै व्यवस्थापन निकै कमजोर देखियो । कार्यक्रम अवधिभर कार्यक्रमस्थलमै रहेका अर्थ सरोकारका सम्बाददाताले उक्त भव्य तर ‘असभ्य’ कार्यक्रमका ९ गल्ती औंल्याएका छन् । 

१. कार्यक्रमस्थल नै गलत भयो । हजारौंलाई निम्तो दिइएको उक्त कार्यक्रममा निम्तो दिएका जति आएको भए खुट्टा टेक्ने ठाउँसमेत हुँदैनथ्यो । आएकाहरुमध्ये आधाजसो उभिएरै कार्यक्रम हेरिरहेका थिए । किन यस्तो गरियो त ? एकिकृत कारोबार उद्घाटन गर्ने भएकोले बैंकमै कार्यक्रम गरिएको तर्क हुन सक्ला । तर कम्प्युटरका क्लिक गरेर शाखा उद्घाटन गरिएका घटनाका साक्षी हामीलाई यो तर्क खास चित्त बुझ्ने कुरा पनि भएन । 
खर्च घटाउन यस्तो गरिएको भन्ने हो भने उक्त दिन यति मनोमानी हिसावले खर्च गरिएको छ कि त्यसको हिसावकिताब कुनै दिन होला । पत्रपत्रिकादेखि अनलाइनसम्म ‘आफ्ना’लाई ठुलो बजेट खन्याएको थियो ।केहि चलेका मिडियाहरुलाई विज्ञापन नपठाएर बेलुकी बैंकका मार्केटिङ विभागका कर्मचारी प्रशान्त न्यौपानेले सर्भरमा समस्या भएकोले मेल नै गएनछ भनेर हास्यास्पद उत्तर दिए । जवकी बैंकका ठुला ठालुका भतिजा, भान्जाहरुको नचलेका मिडियाहरुमा अघिल्लो दिन नै ठुलो रकमको प्रचार सामाग्रीको रिलिज पठाइएको थियो ।  कार्यक्रम प्रचार प्रसारको जिम्मा पाएको कम्पनीले त्यो दिन कमाएको रकमलाई मात्र आधा बनाउन सकेको भए भव्य कार्यक्रम पाँचतारे होटलमा हुन्थ्यो ।  मार्केटिङ विभागले गरको मनोमानी र अनियमितताको चिरफार अर्को कुनै अंकमा गरौंला ।
२. कार्यक्रमका संचालकले तयारी नै गरेका रहेनछन् भन्ने देखियो । वा  यस्तो लापरवाही गर्ने व्यक्तिलाई कार्यक्रम संचालक किन बनाइयो ? किन प्रोफेसनल खोजिएन ? भन्ने अर्को प्रश्न पनि कार्यक्रमस्थलमा उठ्यो । कार्यक्रम संचालकलाई बैंकर्स संघका अध्यक्षभन्दा डेपुटी गभर्नर ठुलो हुन्छ भन्ने पनि थाहा रहेनछ । जसका कारण कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको ठुलै बेइज्जत भयो ।
३. कार्यक्रम यतिसम्म अस्तव्यस्त थियो कि कायर्क्रममा पुगेका संसद जिपछिरीङ लामालाई आशन ग्रहण नगराएको भन्दै कार्यक्रम सञ्चालकले अध्यक्षको गाली नै खानुपर्यो ।
४. कार्यक्रममा जनता बैंकका पूर्व सीइओहरुलाई बोलाइएको थियो तर ग्लोबल आइएमइ बैंकका पूर्व सीइओहरु कार्यक्रममा देखिएनन् । उनीहरुलाई बोलाइएन वा उनीहरु आएनन् त्यो बैंकलाई नै थाहा होला, तर यसले कार्यक्रम कति असफल भयो भन्ने पनि देखिन्छ ।
५. कार्यक्रममा अरुको कुरा छोडौं, बैंकका सीइओलाई समेत बस्ने ठाउँ छुट्याईएको थिएन । जसका कारण उनी कार्यक्रममै झुप्प झुप्प निदाएको तस्विर अर्थ सरोकारले ब्रेक गर्नुपर्यो ।
६. कार्यक्रम लयमा थिएन । सामान्यतया सीइओले सबैलाई स्वागत गर्नुपर्ने थियो । तर त्यसो भएन । सीइओलाई बोल्न नै लगाइएन । हुन त उनी बोल्न थालेपछि फेरी गभर्नरले झन् बढी पेलेर बोल्छन् भनेर होला सायद । उनले केहि नबोल्दा पनि गभर्नरले राम्रै व्यंग्य गरेका थिए । केहि समय अघि जनता बैंकका कर्मचारीले गरेको गल्तीलाइ औंल्याउँदै उनले कस्तो कर्मचारी राखेको भनेर सार्वजनिक रुपमै आफ्नो भनाइ राखेका थिए । गभर्नरले त्यस्तो भनेपछि कार्यक्रममा उपस्थितहरुले कानेखुसी गरे, ‘धन्न त्यतिको कर्मचारी पाएछ जनताले । जागिर छोड्नेबेलामा कमाएको जति छोड्नुपर्छ, त्यस्तो ठाउँमा राम्रो मान्छे कसरी हुन्छ ? जनता बैंक त ट्रायल सेन्टर जस्तै थियो। ‘
७. कार्यक्रममा ‘टोकन अफ लभ’ पनि सानो-ठुलो थियो । सामान्यतया राष्ट्र बैंकका पधाधिकारीहरुलाई उपहार दिन नपाइने नियम छ । तर बैंकले गभर्नरलाई अलि ठुलो र महँगो अनि अरुलाई अलि सानो र सस्तो टोकन अफ लभ प्रदान गरिएको थियो । यो अलि भद्दा देखिन्थ्यो । 
८. कार्यक्रमको असभ्यताको अर्को उदाहरणको उद्घाटनको काम मन्च पछाडी राख्ने । अर्थमन्त्री बल्ल-बल्ल उक्त ठाउँमा पुगे र उद्घाटन गरे । अधिकांस पत्रकारले त उक्त उद्घाटनको भेउसमेत पाएनन् । पाएकाले समेत राम्रोसँग फोटो खिच्न सकेनन् । ठाउँ भए पो खिच्नु !
९. कार्यक्रममा बैंकका सीइओलाई समेत आशन ग्रहण गराइएन । यो चाहिं गल्तीभन्दा पनि गल्तीको पराकाष्टा नै हो । कार्यक्रममा देखिएका बैंकका कर्मचारीहरु निराश देखिन्थे । तल्लो तहका कर्मचारीले बैंकका नयाँ सीइओसमेत चिनेननछन् क्यार, ‘अर्थमन्त्री आउने भनेर विहानै ५ बजे बोलाएर भात पनि नखुवाउने भए’ भनेर एक पत्रकारसँग कुराकानी गरिरहँदा पछाडी परशुराम कुँवर मुसुमुसु हाँसीरहेको दृश्य कम्ति हाँसोलाग्दो थिएन ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: