काठमाडौँ । जनता बैंक र ग्लोबल आइएमई बैंकको मंसिर १९ गते सम्पूर्ण कारोबार बन्द हुने भएको छ । यी दुई बैंक एक आपसमा गाभिएर मंसिर २० गतेदेखि एकिकृत कारोबार हुने भएकाले १९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने भएको हो ।
मर्जरपश्चात ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार हुने भएको छ । दुबै बैंकका सिस्टमरडाटा माइग्रेसन गर्नुपर्ने भएका कारण मंसिर १८ गते साँझ ६ बजेदेखि १९ गते रातिको १२ बजेसम्म बैंकको एटिएम सेवा, क्रेडिट कार्ड सेवा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा बीएलबीबाट प्रदान गरिने सेवा बन्द रहेन बैंकले जनाएको छ।
यता ग्लोबल आइएमइ बैंकका कामु सीइओ महेश शर्मा ढकालले ‘केहि दिन अरु विभिन्न खालका समस्या हुन् सक्ने बह्न्दै त्यसलाई अन्यथा नलिन सबै ग्राहक वर्गहरुलाई आग्रह हरेक छन् ।’
ग्लोबल आइएमई र जनता मर्जपछि नेपालको ठूलो बाणिज्य बैंक बन्नुका साथै चुक्ता पूँजी १९ अर्ब रुपैयाँ पुग्नेछ । निक्षेपको आकार २ खर्ब १० अर्ब र कर्जा लगानी २ खर्ब रुपैयाँ पग्नेछ । कुल शाखा सञ्जाल ३०० पुग्नेछन् भने बैंकका एटिएम २ सय ५६ र २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ । यसैगरि बैंकका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी हुनेछन् ।
जनता र ग्लोबल मर्जरका लागि असार २० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मंसिर २ गते दुबै बैंकको साधारणसभाले मर्जर प्रस्ताव पारित गरेसँगै उनीहरु एकीकृत कारोबारको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक गएका थिए । मर्जरपछि बन्ने एकीकृत ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन् । बैंकमा ग्लोबलबाट पाँच जना र जनताबाट दुई जना सञ्चालक रहनेछन्।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्