
काठमाडौँ । अजय श्रेष्ठलाई फसाएको आरोप लागेका बैंक अफ काठमाडौँका सीइओ शोभनदेव पन्तको पर्फर्मेन्सका बारेमा अनेकौं टिका टिप्पणी भइरहेका बेला बैंकभित्र उनको पर्फर्मेन्स निकै खस्किंदो अवस्थामा रहेको विश्लेषण हुन थालेको छ । यता उनले पाउने तलव भने केहि बर्षयता निरन्तर बढीरहेको छ । तलवचाहिं बढेको बढ्यै हुने र बैंकको स्थितिचाहिं दिनानुदिन ओरालो लागेको हरिण को चाल भो भनेझैं ओरालो लाग्नुले उनको नेतृत्वमा बैंक झनमाथि झन् कमजोर भएको विश्लेषण हुन थालेको छ ।

मर्जरपछि पन्तको इन्ट्री, पन्तको इन्ट्रीपछि राम्रा कर्मचारीको एक्जिट
बैंक अफ काठमाडौँ र लुम्बिनी बैंकको मर्जरपछि तत्कालीन लुम्बिनी बैंकका सञ्चालकले आफ्नो लाभका लागि व्यवस्थापन प्रयोग गर्न खोजेपछि उक्त प्रेसर धान्न नसकेर आफ्नो कार्यकाल बाँकी छँदै अजय श्रेष्ठले राजीनामा दिएका थिए । यता मर्जरको प्रक्रियाको बीचमै बैंक छोडेर बसेका थिए शोभन देव पन्त । अन्तत २०७४ साल भाद्रमा बैंकले उनैलाई सिइओमा नियुक्ति दियो । उनी बैंकभित्रिएसँगै बैंक छोड्नेहरुको लर्को नै लाग्यो । यो बीचमा बैंकमा निकै राम्रो काम गरिरहेका प्रविन प्रकाश क्षेत्री, आनन्द पाण्डे, सुदीप पौडेल, गणेश लम्साल, विज्ञान घिमिरे, विष्णु चालिसे , कविराज खत्री, चन्दन बादे, दीपक खनाल, आराधना मलला, विभु बिक्रम पन्त, अमिन शाक्य, मनिष पाण्डे, योगेन्द्र पुन, शर्मिला पाठक, प्रभाकर झा लगायत राम्रा कर्मचारीहरुले जागिर छोडेपछि उनीहरुको ठाउँमा पन्तले आफु निकट मान्छेहरुमात्र राखेको र त्यसका कारण बैंक दिनानुदिन कमजोर भएको विश्लेषण बैंकभित्रैसमेत हुन थालिसकेको छ।

कर्जा अपचलनका साक्षी पन्तमाथि अजय श्रेष्ठ प्रकरणमा पनि ठडियो औंला !
यो बीचमा बैंक अफ काठमाडौँका केहि अपचलनका घटना पनि बाहिर आए । मर्जर हुनुपूर्व बैंक २८ वाणिज्य बैंकहरुमध्ये १८ औं स्थानमा थियो भने हाल २७ वाणिज्य बैंकहरुमध्ये २२ हाराहारीमा बैंकको स्थान छ । तथ्यांकले नै भन्छ बैंक मर्जरपछि झन् पछि झन् ओरालो लागेको छ । बैंकिङ क्षेत्रमा निकै सोझा मानिएका सीइओ अजय श्रेष्ठलाई उनले व्यक्तिगत रिसईवी लिएर फसाए भन्ने आरोप पनि लाग्दै आएको छ । यो बीचमा बैंक अफ काठमाडौँको व्यवथापनलाई सिआइबीले यो केस तपाईं हामीकहाँ नल्याउनुहोस्, हामी कहाँ आएपछि सबैलाई समात्नुपर्छ भनेर सचेत पनि गराएको थियो भन्ने चर्चा पनि छ । तर सिआइबीले यस्तो सचेत गराउँदा गराउंदै पनि बैंक अफ काठमाडौँले जाहेरी दिएको देखिन्छ । यो प्रकरणमा पनि पन्त मुछिएका छन् ।

शोभनदेवमाथि शंका गर्ने आधार के हो ?
अजय श्रेष्ठ प्रकरणपछि बैंकर्स संघले छलफल बोलायो । तर उक्त छलफलमा उनी गएनन् । बरु उनले आफ्नो सट्टामा आफु तलका प्रतिनिधि पठाए । बैंकर्स संघमा ती कर्मचारीलाई विभिन्न प्रश्न सोधिए । उनको उत्तरमा पनि पन्तको बदनियत देखिएकोसमेत बैंकरहरुले शंका गरेका थिए । यता उनी यस विषयामा बोलिरहेका छैनन् । यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्