Skip to content
LAXMI SUNRISE BANK

बीमा बहस- ५ : ‘हाम्रा समस्याहरु कतैबाट सम्बोधन नभएपछि जीवन बीमक संघ दर्ता गर्यौं’ (भिडियो अन्तर्वार्ता)

अर्थ सरोकार



आजका कार्यक्रमका अतिथि सिए. शिवनाथ पाण्डे 

एसएलसी सकिएलगत्तै नेपाल राष्ट्र बैंकका जागिरे भएका शिवनाथ पाण्डेले त्यहाँ ३० बर्ष काम गरे । २० बर्षदेखि त उनी व्यवस्थापकीय तहमै थिए । तर ३० बर्षपछि अनिवार्य अवकासका कारण राष्ट्र बैंक छोडेका उनी त्यसपछि केहि समयको ‘ग्याप’पछि इन्स्योरेन्स क्षेत्रमा आइपुगे । बैंकिङमा अनुभवी व्यक्तिका रुपमा परिचित पाण्डे अहिले सूर्या लाइफ इस्न्योरेन्सका प्रमुख कार्यकारी अधिकृत छन् भने जीवन बीमक संघकोसमेत अध्यक्ष छन् । उनै पाण्डेसँग आज हामीले बीमा बहस गरेका छौं । 
१. अहिलेको बीमा बजारलाई कसरी हेरिरहनुभएको छ ? बीमा कम्पनीहरु बढे अनुसार बीमाको पहुँच बढ्न सकेन भन्ने गुनासो छ नि ?
बीमा बजार सुधारको गतिमा छ । पहिलाको तुलनामा बीमाको पहुँचमा पनि व्यापकता आएको छ । केहि समय अघि बीमाको पहुँच जनसंख्याका आधारमा ७ देखि ८ प्रतिशतमात्र थियो । पछिल्लो तथ्यांकले बीमाको पहुँच २० देखि  २२ प्रतिशतसम्म पुगेको देखाएको छ । त्यसमा बैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि गणना गर्ने हो भने बीमाको पहुँच २५ प्रतिशतसम्म पुगेको देखिएको छ ।  बीमा कम्पनीहरु बढे अनुसार बीमाको पहुँच बढेन भन्ने कुरामा म सहमत छैन । पहिला हामी ९ वटा कम्पनीमात्र थियौं । अहिले नयाँ कम्पनीहरु थपिएपछि बीमाको पहुँच एकदम बढेको छ । हिजोको ७ प्रतिशतको पहुँचबाट २५ प्रतिशतसम्म पुग्नु भनेको सानो बिस्तार होइन ।
२. राष्ट्र बैंकको जागिर छोडेपछि बीमा कम्पनीहरुमा आउने चलन बढ्यो नि ? बीमा कम्पनीको नेतृत्व सहज भएको हो ? तपाईंले पनि त्यसै गर्नुभयो, कस्तो रह्यो बीमा क्षेत्रको अनुभव ?
मेरो कुरा गर्नुभएको हो भने नेतृत्व सहज भएर म यहाँ आएको होइन । धेरै कुरामा ‘च्यालेन्ज’ छ । तर आफ्नो अनुभवले यहाँ पनि केहि गर्न सकिन्छ कि भन्ने हो । मेरो अनुभवको कुरा गर्दा राष्ट्र बैंक र बीमा कम्पनीको नेतृत्वको काम भनेको धेरै फरक छ । राष्ट्र बैंक नियामक संस्था हो भने आज म नियमन हुने संस्थामा छु । हिजो म पोलिसीको कुरा गर्थ्यें, त्यहि वरिपरि क्षेत्रमा काम गर्थ्यें, तर अहिले साँघुरिएको छु । म यो क्षेत्रमा सार्है एक्सपर्ट भएर आएको पनि होइन । म विशेष परिस्थितिले यहाँ आएको हुँ । अनुभव राष्ट्र बैंकको भन्दा सार्है फरक पाएँ । यो फरक नै क्षेत्र हो ।
३. नेपाल लाइफ र रिलायबल नेपाल लाइफ, सन नेपाललाइफ र सूर्या लाइफ उस्तै पो हो कि भन्ने भ्रम पनि कतिपयमा छ ।  नाम जुधेर ग्राहकहरुले भ्रम पाले भन्ने आरोप पनि छ नि ! यो कुरालाई कसरी लिनुहुन्छ ?
यो कुरा कतै नै कतै समस्याका रुपमा देखिएको पक्कै हो । सूर्या लाइफ र सनलाइफ एउटै कम्पनी हो भन्ने भ्रम कतिपयमा रहेको हामीले पनि पाएका छौं । हामीले त सूर्या लाइफको ग्राहक प्रिमियम बुझाउन सन नेपाललाइफ गएकोसमेत पाएका छौं । यो नाम दर्ता गराउने कम्पनीले बुझ्नुपर्ने हो । कुनै बेला मुद्धा पर्यो भने यसको छिनोफानो होला । तर कतै न कतै समस्याजस्तो देखिएकोचाहिं हो ।
४. तपाईं आएपछि सूर्या लाइफ इन्स्योरेन्समा के के प्रगति भयो त ?
प्रगति भनेको हुँदै जाने कुरा हो । मैले नेतृत्व सम्हालेपछि प्रिमियम धेरै बढी कलेक्सन भएको छ । धेरै अघिदेखि हुन नसकेको साधारणसभा सम्पन्न गरियो । नयाँ कम्पनीहरु आएपछि स्टाफ टर्नओभर बढ्यो, त्यसलाई पनि व्यवस्थापन गरियो । बिजनेश ग्रोथ राम्रै गरियो । संस्थागत सुशासनलाई प्राथमिकता दियौं । सेयरधनीहरुलाई लाभांश पनि दियौं । समग्रमा सबै खुसी छन् । 
५. तपाईं आफ्नो रहरले भन्दा पनि आफ्नो एक सिनियरको कुरा काट्न नसकेर यहाँ आउनुभयो भन्ने चर्चा पनि थियो नि ?
मैले यहाँ आएर जागिर खाइसकेपछि त्यसो भन्न मिल्दैन । तर राष्ट्र बैंकको एउटा संस्कार नै छ, सिनियरले भनेको मान्ने । मैले पनि मानेकोचाहिं पक्का हो ।
६. तपाईंको अध्यक्षतामा जीवन बीमाक संघ पनि दर्ता भयो । किन दर्ता भयो यो संघ ?
जीवन बीमासँग सम्बन्धित समस्याहरु सम्बोधन नै नहुनु यो संघ दर्ता हुनुको मुख्य कारण हो । हाम्रा कुराले खास प्राथमिकता पनि पाएन । पहिलादेखि नै हाम्रो छलफल भएको थियो । हाम्रा समस्याहरु सम्बोधन गराउने उद्देश्यले यो संघ दर्ता भएको हो । यो क्षेत्रका समस्याहरु बसेर समाधान गर्नु नै हाम्रो उद्देश्य हो । तपाईंले पनि अघि अस्वस्थ प्रतिष्पर्धाको कुरा गर्नुभयो । त्यस्तै अस्वस्थ प्रतिष्पर्धा नहोस् भनेर हामीले यो संस्था दर्ता गरेका हौँ । बैंकिङ क्षेत्रमा पनि वाणिज्य बैंकहरुको बेग्लै, बिकास बैंकहरुको बेग्लै र लघुवित्तहरुको बेग्लै संगठन छ । हाम्रो त निर्जीवन बीमासँग ‘नेचर अफ बिजनेश’ नै फरक भयो । बीमा क्षेत्रलाई कसरी अगाडी बढाउने भन्ने कुरामा हामी गहन छलफल गर्नेछौं । बीमा क्षेत्रको भलो गर्नका लागि नै यो संघको स्थापना गरिएको हो ।
बाँकी कुराकानी भिडियोमा हेर्नुहोस् :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK