×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुँजी बजार पूँजीपतिहरुले कारोबार गर्ने थलो मात्र होइन : अर्थमन्त्री खतिवडा (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

पुँजी बजार पूँजीपतिहरुले कारोबार गर्ने थलो मात्र होइन : अर्थमन्त्री खतिवडा (भिडियो रिपोर्ट)

३० फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पूँजी बजार पूँजीपतिहरुले कारोबार गर्ने थलो मात्र नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ माथिको छलफलका क्रममा उहाँले सेयर बजारमा सानो पूँजीलाई समेत स्थान दिइएकोले सिमित पूँजीपतिहरुको मात्रै कारोबार गर्ने थलोको रुपमा नबुझ्न आग्रह गर्नुभएको हो । उहाँले नेपालको धितोपत्र बजारमा १५ – १६ लाख भन्दा बढीको सहभागिता रहेको र सानो पूँजीबाट समेत सेयर खरिद गर्न सकिने व्यवस्था गरिएकाले पूँजीबजार सबैको भएको बताउनुभयो ।
उहाँले प्रस्तावित विधेयक पूँजी बजारको नियमनका लागि नियामक निकायलाई थप स्वायत्त र बलियो बनाउने गरी ल्याइएको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘नियमनलाई बजारको सिद्धान्त अुनुसार धितोपत्र बजारलाई प्रतिस्प्रधात्मक पारदर्शि र कानूनसम्बत तुल्याउँदै लैजान नियमनकारी निकायको भूमिकालाई बलियो बनाउन, स्वायत्त संस्थाको रुपमा विकास गर्न र यो नियमनकारी निकाय आफैलाई जवाफदेही बनाउन र यसको क्षमता विकास गर्नको लागि नै यो विधेयक प्रस्तुत भएको छ । मुलतः यसको उद्येश्य नियमनलाई प्रभावकारी बनाउने हो संपूर्ण प्रणालीलाई नियन्त्रण गर्ने होइन व्यवस्थित मात्रै गर्ने हो ।’
मन्त्री खतिवडाले कम्पनीको वित्तीय अवस्था, भावि आंकलन र सरकारका नीतिहरु हेरेर सेयरमा कारोबार गर्नुपर्ने बताउनुभयो । कोरोना भाइरसका कारण पनि सेयर बाजरमा उथलपुथल देखिएको उल्लेख गर्दे उहाँले अल्पकालिन प्रवृतिबाट जोगिएर सेयर कारोबार गर्नुपर्ने बताउनुभयो । उहाँले अल्पकालिन प्रवृतिकै आधारलाई हेरेर दिर्घकालिन सोच बनाउन नहुने समेत बताउनुभयो ।
विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद दिव्यमणि राजभण्डारीले विधेयकमा दलाल भन्ने शब्द प्रयोग गर्नुभन्दा ‘धितोपत्र खरिद विक्री गर्ने व्यवसायी’ राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘ठाउँठाउँमा दलाल दलाल भन्ने शब्दहरु प्रयोग भएको देखिन्छ, वस्तुगत कुरामा अहिले यो शब्द प्रयोग गर्ने काम कम हुँदै गयो संसारभर भएको कारणले गर्दाखेरी दलालको सट्टा धितोपत्र खरिदविक्री गर्ने व्यवसायी भनेर नाम राख्दाखेरि बेस हुन्छ की ?’ उहाँले कारोबार गर्ने कम्पनीहरुका लागि रिन्यु गर्ने समय बढाउनुपर्ने बताउनुभयो । 
सांसद राजेन्द्रकुमार केसीले पूँजी परिचालन गर्ने अस्त्रको रुपमा शेयर बजारलाई लिइने भएकाले यसको सुरक्षका लागि थप व्यवस्था लैजानुपर्ने बताउनुभयो । नियमक निकायलाई ट्याक्स लगाउन हुन्न भन्ने विश्वव्यापी मान्यता अनुसार ट्याक्स नलगाउन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले केही समय अर्थमन्त्रीको छायाँसँग पनि शेयर व्यवसायीहरु डराएको र त्यसको प्रभाव शेयरबजारमा देखिएको बताउनुभयो ।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विकशित मुलुकमा पूँजीको सहि परिचालन भएर मात्रै विकास सम्भव भएको दृष्टान्त दिदै पूँजी बजारको विकास गर्ने महत्वपूर्ण निकायलाई पनि नियन्त्रण गर्ने किसिमले विधेयक आएकाले संशोधन आवश्यक रहेको बताउनुभयो ।
सांसद रामकुमारी झाँक्रीले बजारमा भएका नकारात्मक खेलहरुलाई नियन्त्रण गर्ने निकायका रुपमा धितोपत्र वोर्ड नै भएकाले यसलाई बलियो बनाउनुपर्ने बताउनुभयो । पूँजीबादी दुनियाँमा बजार अर्थतन्त्रलाई स्वीकार गर्दा पूँजी निर्माणको महत्वपूर्ण अधार शेयरबजारलाई व्यवस्थित गर्नुपर्ने उहाँको तर्क थियो ।
सांसद शेरबहादुर तामाङले निश्कृय रहेको पूँजी बजारमा ल्याउनका लागि शेयर बजारले सहयोग गर्ने बताउनुभयो । त्यसैगरी सांसद गजेन्द्रबहादुर महतले जनतासँग निश्कृय भएर बसेको पैसा नयाँ उद्योग कलकारखाना स्थापना गर्न प्रयोग हुनुपर्नेमा शेयर कारोबारमा मात्र सिमित भएको बताउनुभयो । 
हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी