×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोझा गाउँले फसेको त्यो बैंकिङ घोटाला- २ : खाँदै नखाएको ‘ऋण’ले जिउँदै मार्यो… गल्ती नगेरे पनि बात लाग्यो !

PRIME CA

सोझा गाउँले फसेको त्यो बैंकिङ घोटाला- २ : खाँदै नखाएको ‘ऋण’ले जिउँदै मार्यो… गल्ती नगेरे पनि बात लाग्यो !

१८ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । काभ्रेपलान्चोकसहित मुखिया गाउँ शोकमा डुबेको धेरै भयो । खाँदै नखाएको विष लागेपछि बर्षौंदेखि गाउँका युवाहरु जेलमा छन् । आफ्नैले फसाएपछि, आफ्नो भनिएको मान्छे दुश्मन निस्किएपछि कानुनी रुपमा फसेका सोझा गाउँलेहरु अन्याय भयो भनेर कराईरहेका छन्, तर त्यो आवाज सम्बन्धित ठाउँमा पुग्नुपर्नेजति पुगिरहेको छैन ।
क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले माघ १८ २०६९ मा कम्पनीलाई समस्याग्रस्त घोषणा गरेपछि कम्पनीभित्रका घोटालाहरु अनुसन्धान भए । फाइनान्सभित्र भएका घोटालाहरुबारे अनुसन्धान गर्दा फाइनान्सलाई टाँट पल्टाउने खेलमा मुख्य योजनाकार नै कम्पनीका पूर्वप्रबन्ध सञ्चालक पवनकुमार कार्की र उनका ससुरा शम्भु केसी रहेको खुल्यो । सँगै खुल्यो आफ्नाले आफ्नैलाई कसरीसम्म फसाउन सक्छन् भन्ने यथार्थताको अनौठो उदाहरण । घटनाको अनुसन्धान गर्दै जाँदा थाहा भयो कि काभ्रेको मुखिया गाउँका धेरै गाउँलेलाई एकैपटक जेल पठाउने प्रपञ्चको मुख्य योजनाकार पनि शम्भु केसी रहेछन् जसलाई गाउँले ले निकै आफ्नो मान्छे सोच्ने गर्दथे ।


को हुन् शम्भु केसी ? कसरी फसाए शम्भुले ?
शम्भु केसी कम्पनीका पूर्वप्रबन्ध संचालक पवनकुमार कार्कीका ससुरा हुन् । उनी मुखिया गाउँमा कुखुरा पालन गर्थे । त्यतिबेला सबैका प्यारा शम्भु मुखिया गाउँका गाउँलेका सुखदुःखका साथीसमेत थिए । उनी यतिसम्म भलादमी देखिन्थे कि उनले गाउँलेको यस्तो हविगत बनाउनलान भनेर कसैले सपनामा पनि सोचेको थिएन । उनले भनेको ठाउँमा एक हस्ताक्षर त के, उनले मागे ज्यान नै दिन पनि तयार थिए गाउँलेहरु । तर गाउँले माझ यति राम्रो छवि बनाएका उनको नियतमा खोट थियो । उनी गाउँले र आफन्तको नाममा जग्गा पास गरिदिन्थे । अनेक बहाना बनाएर हस्ताक्षर गर्थे, नागरिकता माग्थ्ये, फकाउँथे । 
त्यसपछि उनी सोझा गाउँलेका नाममा कम्पनी खोलिदिन्थे । त्यही कम्पनीको नाममा क्यापिट मर्लचेन्बाट बैंकिङ एण्ड फाइनान्स लिमिटेडबाट ऋण झिक्थे । र आफैं चलाउँथे । उनले यसो गरेको गाउँलेलाई पत्तो थिएन । गाउँलेलाइ दुख पर्दाका इमान्दार मान्छेले यसरी डुबाउलान भनेर कसैले सोचेको पनि थिएन । तर शम्भुको यस्तो हर्कत नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले छताछुल्ल बनायो । 
शम्भुको बदमासीको पोल खुलेपछि २०६१ साल बैशाख ३१ गते नेपाल राष्ट्र बैंकले शम्भु केसीसहितका व्यक्तिहरूविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता र्गयो । र, पाटन उच्च अदालतले २९ वैशाख २०७१ मा फैसला गर्दै केसीसहितका केही व्यक्तिलाई दोषी करार र्गयो, केहीले सफाइ पाए । 
शम्भु केसी दोषी ठहरिए । केसीले विभिन्न ४४ जनाको नाममा जग्गा पास गराइदिने, कम्पनी खोलिदिने र त्यस्तो कम्पनीको नाममा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीबाट ऋण बनाएर पैसा आफैंले चलाउने गरेका थिए । हुन त ती ४४ जनाको दोष नभएको, आफैंले ऋण निकालेको बयानसमेत केसीले अदालतमा दिएका थिए । तर, अदालतले यी ४४ जनालाई दोषी मतियार ठहर गर्यो र अहिले पूरै गाउँका अधिकांस घरधुरीका कोहि न कोहि बैंकिङ कसुर अन्तर्गत जेलमा छन् । 
यसरी फसे अनिल थापा
अनिल थापालाई पनि शम्भु केसीले नमज्जासँग फसाए । शम्भु केसीले जग्गा पास गरिदिने, त्यस्ता व्यक्तिको नाममा ऋण झिकेर आफैंले प्रयोग गर्ने गलत कामको शिकार भए उनी । शम्भुले बुनेको जालमा पर्दा अनिल भर्खर ११ कक्षामा पढ्दै थिए । यस्तैमा फुटबल खेल्ने साथीका रुपमा उनको भेट शम्भुका छोरा भूषणसँग भयो ।
भुषण र उनी उही कलेजमा पढ्थे । छोराको साथीलाई पनि ललाई फकाई शम्भुले फसाईदिएछन् । अनिलको नाममा कम्पनी बनाएर त्यसबाट करोडौं रुपैयाँ ऋण लिएर आफै चलाईदिएछन् । र अन्ततस् अनिल फसे । अनिललाई सिए बनाउने इक्षा थियो परिवारको । आफुले नपढेकाले दुस्ख पाएको बुझेका उनका बाआमाले उनलाई सिए पढाउन भारत पठाए । तर पढाइ नै नसकी उनी यहि प्रकरणमा जेल परे ।
यससम्बन्धि तयार विशेष टेलिभिजन कार्यक्रम आइतबार बेलुकी ८:३० बिजनेश टेलिभिजन र अर्थ सरोकार डटकममा प्रशारण हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: