×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय बैंकको ‘फेलियर स्टोरी’ : ३० खर्ब सम्पत्ति भएको एस बैंक कसरी बन्यो ? कसरी डुब्यो ?

PRIME CA

भारतीय बैंकको ‘फेलियर स्टोरी’ : ३० खर्ब सम्पत्ति भएको एस बैंक कसरी बन्यो ? कसरी डुब्यो ?

अर्थ सरोकार

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आईतवार

काठमाडौँ । भारतीय बैंक एस बैंक डुबेको छ । विगत केही वर्षदेखि घाटामा रहेको बैंकको कूल घाटा १५०६ करोड पुगेपछि डुबेको हो । कुल ३० खर्ब १३ अर्ब ९० करोड रुपैयाँ सम्पत्ति भएको बैंक डुबेपछि हजारौं निक्षेपकर्ता लाईनमा बसेर पैसा निकालिरहेका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार देशभर कूल ११२२ वटा शाखा कार्यालय रहेको बैंकको एटिएम बन्द छ भने शाखा कार्यालयमा हजारौ निक्षेपकर्ता जम्मा भएका छन् । अधिकांस निक्षेपकर्ता आफुले बैंकमा राखेको रकम एकैपटक पूरै निकाल्न नपाएपछि निराश छन् । सन् २००४ मा स्थापना भएको बैंकलाई सन् २०१७ देखि भारतीय बैंकहरुको नियामक निकाय रिभर्ज बैंक अफ इण्डियाले विशेष अनुगमन गरिरहेको थियो । 
कसरी बन्यो एस बैंक ?
अन्तराष्ट्रिय संचारमाध्यम बीबीसी हिन्दीका अनुसार सन् २००४मा राणा कपुरले आफ्ना नातेदार अशोक कपुरसँग मिलेर बैंक खोलेका थिए । तर सन् २००८ मा अशोक कपुरको मृत्यु भएपछी अशोक कपुरकी पत्नी मधु कपुर र राणा कपुरकाबीच बैंकको स्वामित्वलाई लिएर विवाद शुरु भयो । मधु आफ्नो छोरी सगुन गोगियालाई बैंकको बोर्डमा निर्देशकका रुपमा सहभागी गराउन चाहन्थिन् जसका लागि बोर्डका सदस्य राजी भएनन् । त्यसपछि यो लडाई अदालतसम्म पुग्यो । अदालतले राणा कपुरलाई जितायो र २०१८ अगस्ट ३० मा रिजर्व बैंकले राणा कपुरलाई एमडी र सीईओका रुपमा बनिरहनका लागि मञ्जुरी समेत दियो । बैंकले जनताको मन जित्ने गरी काम गर्दै थियो । यदी कसैले ऋण दिएको छैन भने राणा कपुरले दिन्छ भन्ने तथ्य नै बिकसित भयो । करिब १० बर्षसम्म यस्तै गुडविल कायम थियो । कसैले पनि नेतृत्वमाथि प्रश्न उठाएको थिएन । सन् २००८ मा भएको आर्थिक मन्दीका कारण अमेरिकासमेत विश्वका कैयन बैंकहरु अप्ठ्यारोमा परेका थिए । राणा कपुरको अगुवाईमा एस बैंकले आफूलाई यस अवस्थामा पनि डुब्नबाट जोगाएको थियो । यहि विषयलाई लिएरसमेत उनको प्रशंसा हुने गरेको थियो । र यहि गुडविलसँगै बैंक निरन्तर प्रगतिपथमा अगाडी बढेजस्तो देखिन्थ्यो । 
यसरी सुरु भयो बैंकको खराब दिन, अन्तिममा डुब्यो बैंक !
सन् २०१८ को सेप्टेम्बरमा रिजर्भ बैंकले राणा कपुरलाई थप एक एक्सटेन्सन दिनबाट अस्वीकार गर्यो । राणा कपुर जनवरी २०१९ मा एमडी र सीइओ पदबाट हटेपछि एस बैंकमा एकपछि अर्को नराम्रो खबर आउन थाल्यो । र बैंकको दुर्गती सुरु भयो । २०१८/१९ को चौथो त्रैमासमामा बैंकलाई १५०० करोड भारुभन्दा बढी घाटा भयो । बैंकमाथि अनेक प्रश्न उठ्न थाले । राणा कपुर र उनका नातेदार मिलेर बैंकमा आफ्नो हिस्सेदारीइ घटाउँदै गरेको तथ्यले पनि बैंक धरासायी हुँदैछ भन्ने धेरैको अनुमान भयो । तमाम विदेशी फन्ड हाउसेज तथा क्रेडिट एजेन्सीहरुले खराब रेटीङ दिइरहेका थिए । बैंकलाई डुबाउन बाट रोक्न डाएचे बैंक इन्डियाका प्रमुख रणवीर गिललाई नयाँ सीईओ पनि नबनाइएको होइन । तर बैंक दुबेरै छोड्यो। 
के छ बैंकको अहिलेको स्ट्याटस ?
करिब १५ वर्ष पहिले ठूला–ठूला सपनाका साथमा भारतीय बैंकिङ क्षेत्रमा आएको ‘एस’ बैक अहिले ग्राहकले जम्मा गरेको पैसा पनि फिर्ता दिन सकिरहेको छैन । एस बैंकको देशभरमा ११०० भन्दा बढी शाखा छन् । बैंकमा २१ हजारभन्दा बढी कर्मचारी काम गर्छन । बिहीबार साँझ भारतीय रिजर्भ बैंकले जारी गरेको सकुर्लरले एस बैंकको बोर्ड भंग गर्दै प्रशासन नियुक्त गरिदिएको छ । भारतीय केन्द्रीय बैंकले अर्को आदेश नभएसम्म बैंकका ग्राहकका लागि रकम निकासीको सीमा ५० हजार रुपैयाँ तय गरेको छ । मेडिकल इमर्जेन्सी, उच्च शिक्षा वा बिबाहका अवस्थामा भने यो सीमा ५ लाख गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: