×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवालय गाउँपालिकाका अध्यक्ष शाहीको गुनासो : ‘दुई सेट पिपीई पठाएर हुन्छ ?’

अर्थ सरोकार

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार

PRIME CA

शिवालय गाउँपालिकाका अध्यक्ष शाहीको गुनासो : ‘दुई सेट पिपीई पठाएर हुन्छ ?’

  • रासस 
कर्णाली – शिवालय गाउँपालिकाभित्र विपन्नलाई खाद्यान्न वितरणसँगै सबैलाई आवश्यक औषधिको कमी हुन नदिन ढुवानीको काम शुरु भएको छ । सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री र अन्य आवश्यक उपकरणको व्यवस्थापका लागि खरिद प्रक्रिया सुरु भएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।अहिलेको समयमा जसले जहाँबाट सक्छ, त्यहीबाट सहयोग गर्ने समय भएको भन्दै उहाँले जिम्मेवारीबाट पन्छिने काम कसैबाट नहोस् भन्नुभयो । सङ्घीय र प्रदेश सरकारले सोचे जति सहयोग नगरेको गुनासो गदै अध्यक्ष शाहीले प्रश्न गर्दै भन्नुभयो, “स्रोत र सामग्रीविना कसरी स्वास्थ्यकर्मीलाई परिचालन गर्न सकिन्छ । दुई सेट पिपीई पठाएर हुन्छ ?”
गाउँपालिकाले दैनिक ज्यालादारी गर्ने १५० घरधुरी स्थानीयवासीलाई खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाले तथ्याङ्क संकलन गरी अति विपन्न तथा गरीब स्थानीयवासीलाई खाद्यान्न वितरण गरेको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिनुभयो । राहतमा २ केजी दाल, १ लिटर तेल र १ केजी नुन चामलसँगै वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो । प्रत्येक व्यक्तिलाई २५ देखि ३० केजी सम्मको चामल उपलव्ध गराएको छ । प्रतिघरमा १ वटा दरले साबुन वितरण गरिसकेको छ । कूल २ हजार ५०० घरधुरी रहेको गाउँपालिकामा १८ हजार जनसङ्ख्या रहेको छ । गाउँपालिका सवै स्थानीयवासीलाई मास्कको व्यवस्था मिलाएको छ । पहिलो चरणमा २ हजार ५०० सावुन वितरण भइसकेको छ भने थप वितरणको तयारी भएको छ ।
राहत सामग्री पाएसँगै गरीव तथा विपन्न समुदायका सर्वसाधारण खुशी भएका छन् । कोरोना भाईसर ‘कोभिड–१९० कारण सरकारले जारी गरेको ‘लकडाउन’को पालन गदै वसेको गरीब तथा विपन्न परिवारका सर्वसाधारणहरु राहत पाएसँगै सरकार आफूसँग रहेको अनुभूति गरेका छन् । गाउँपालिका –५ का हस्त बुढाले घरमा आवश्यक खाद्यान्न पाएपछि खुशी लागेको बताउँदै भन्नुभयो, “घरदेखि बाहिर निस्किन नपाउने अवस्था थियो, घरमा अन्नको गेडा थिएन, गाउँपालिकाका अध्यक्ष शाही आएर चामल दिएर जानुभयो । जे होस् खानेकुराको जोहो भयो । धन्यवाद छ ।” 
गाउँपालिकाले कोरोनाविरुद्ध जनचेतना फैलाउन रेडियोमार्फत् सार्वजानिक सन्देश प्रशारण गरेको छ । त्यस्तै स्वास्थ्यकर्मी, प्रहरी र कर्मचारीको सहयोगमा गाउँ गाउँमा माइकिङ समेत जारी राखेको छ । सडक सञ्जालले सबै गाउँपालिका भरी छोएका कारण राहत वितरणमा सजिलो भएको छ । गाउँपालिका भित्र आउने मुख्य नाका वडा १ स्थित छेडाचौरमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी जाँचलाई कडाइ गरिएको छ । 

महिना दिन नपुग्ने खाद्यान्न 
नयाँ बाली नपाकेको र पुरानो रित्तिएको अवस्थामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोहरुमा एक महिना नपुग्ने खाद्यान्न रहेको जनाइको छ । कम्पनीका जिल्ला शाखा प्रमुख धर्मबहादुर बस्नेतले बारेकोट गाउँपालिकाको घाटमा १३० क्विटल, नलगाड नगरपालिकाको चौखामा १ हजार २७१, घोगी ३३३ क्वीन्टल, दशेरामा ५० क्वीटल, सदरमुकाममा १ हजार ९२१ क्विटल चामल मौज्दात चामल रहेको जानकारी दिनुभयो । 
जुनिचाँदे गाउँपालिका– ११ ताँगामा भने एक गोडा चामल छैन । त्यस्तै नलगाड नगरपालिकाको दल्लीमा चामल ढुवानीको लागि बोलपत्र आह्वान भएपनि अहिलेसम्म ठेक्का सदर भएको छैन । अहिले जिल्ला भरी जम्मा भएको ३ हजार ६३५ क्विन्टल चामल मात्र मौज्दात रहेको छ ।
डोल्पामा सञ्चित तर…
छिमेकी जिल्ला डोल्पामा पनि पर्याप्त चामल छ तर जनताको पहुँच पुग्ने ठाउँमा वितरणको प्रबन्ध हुन सकेको छैन । जिल्लाको जुफालमा २२ सय, दुनैमा ३ हजार १४, काईगाउँमा ६००, सर्मीमा १०० क्विन्टल चामल रहेको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाले जनाएको छ । 
उपल्लो डोल्पाको शे फोक्सुण्डोमा नयाँ डिपोको लागि प्रस्ताव पठाइएपनि अहिलेसम्म प्रस्ताव स्वीकृति गरिएको छैन । उपल्लो डोल्पाको बिक्री केन्द्रमा कत्तिपनि चामल नभएको बताइएको छ । हाल त्यहाँ हवाइ मार्गबाट सामान लाने गरिएको छ । कर्णाली प्रदेश सरकारले उपभोक्ताको पहुँचमा पुग्ने गरी खाद्यान्न ढुवालीको प्रबन्ध गर्ने जनाउँदै आएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: