×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खर्बौ भ्रष्टाचार हुने देशमा आफ्नै नागरिकलाई उद्धार गर्न १ अर्ब खर्च गर्न किन नसक्ने ? वसन्त कुमार शाहीको विचार

  • वसन्त कुमार शाही
कोरोना भाईरस (कोभिड-१९) ले गर्दा करिव ४ अर्व मानिसहरु लकडाउनको सिकार भइरहेका छन् । हरेक देशका नागरिकहरु आफ्नै देशमा सुरक्षित साथ बसिरहेका छन् भने करिब ९० करोड ५० लाख मानिसहरु अन्य देशको लकडाउनमा असुरक्षित रहेका छन् । प्रत्येक देशले आ-आफ्ना नागरिकहरुलाई सुरक्षित उद्धार गरिरहेका छन् भने ४७ देशहरु उद्धार गरिसकेका छन् । नेपालमा पनि झण्डै ४० लाख, ९० हजार नागरिकहरु बिदेशमा रहेका छन् भने सबै भन्दा बढी छिमेकी राष्ट्र भारतमा करिब १५ लाख रहेका अनुमान गरिएको छ । भारतबाट मात्र करिब १० लाख नागरिकहरु नेपाल आउन तयारी रहेको नयाँ दिल्ली स्थिति नेपाली दुतावासले जनाएको छ । नेपाली नागरिकहरु लाई सुरक्षित साथ उद्धार गर्न सकिने निम्न विधिहरु रहेका छन् ।
भारतमा रहेका नागरिक नेपाल आउने चाहानेहरुको नामावली तयार गर्ने । भारतको कुन स्थानबाट नेपालको कुन प्रदेशको पालिकासम्म नेपाल सरकारले भारतमा रहेको दुतावासले नीज नागरिक रहेको स्थानिय अस्पताल र प्रहरीसँग समन्वय गरी भारतको स्थानीय तहबाट आरडिटि परिक्षण गराउने कुनै लाई पोजेटिभ (कोरोना देखियो) भने संक्रमित ब्यक्तिलाई त्यहीँ आईसोलेसनमा राख्ने । अन्यलाई बसमा राखी नेपालको बोर्डरसम्म ल्याउने । तिनीहरुलाई नेपालमा प्रवेश गराउनु भन्दा पहिला फेरि आरडिटि परिक्षण गराउने कोरोना देखिएकालाई त्यहीँ राम्रोसँग आईसोलेशनमा राखी थप उपचार तथा परिक्षण गराउने । संक्रमण नदेखिएको लाई नेपालको बसमा राखी बसको सबै ढोका तथा झ्याल बन्द गराई कतै नखोली दिशा पिशाब गराउनु पर्यो भने पनि करिब ५० किलोमीटर दुरीमा रहेको सुनशान जङ्गलमा गराउने दिशा तथा पिसाब, र्याल, खकार फालेको ठाउँमा माटोले तोड्ने । यसरी प्रत्येकको स्थानीय तहसम्म पुर्याउने । अहिले हाम्रोमा क्वारेन्टाइन गाउँको नजिकको बिधालयमा बनाएको छ, यो नै सबै भन्दा खतरानाजनक हो । हाम्रो नेपालमा हिमाली भाग जहाँ ५०-२०० किलोमीटर सम्म नजिक कुनैको बासस्थान छैन् त्यो ठाउँमा राज्यले WHO को मापदण्ड अनुसार क्वारेन्टाइन बनाउनुपर्छ । बाहिर देशबाट आएका नागरिकलाई त्यही थप परिक्षण तथा उपचार गराउनु पर्दछ ।
प्रश्न यो पनि आउन सक्छ राज्यले १० लाख भारत बाट आउने नागरिकको प्रत्येक लाई कसरी परिक्षण गराउन सक्छ ? मेडोसियन स्यान कम्पनीका अनुसार आरडिटि परिक्षण गरेको $5 अथवा रु. ५२० रहेको छ। भने जम्मा खर्च ५००*१०,००,०००= रु. ५० करोड खर्च हुन जान्छ । तिनीहरु उद्धार गर्न लाग्ने अन्य खर्च रु २० करोड, क्वारेन्टाइन बनाउन २० करोड, व्यबस्थापन गर्न १० करोड जम्म रु. १ अर्ब हुन जान्छ । आफ्ना देशका नागरिक लाई सकुशल उद्धार गर्न लाग्ने १ अर्ब लाई पनि कहाँ बाट ल्याउने भन्छ भने राज्यले, २ करोड ८० लाख नागरिकले प्रत्येकले ४५ पैसा मात्र उठाए पनि यो अनुकरणीय मानद्निय काम गर्न सकिन्छ । 
राज्य किन मौन छ ? खर्बौ भ्रष्टाचार हुने देशमा आफ्नै नागरिकलाई उद्धार गर्न १ अर्ब खर्च गर्न नसक्ने ? परिक्षण गरेर कम्तीमा २१ दिन क्वारेन्टाइनमा राखेर निरन्तर परिक्षण गरिसकेपछि त्यस्तो कुनै किसिमको लक्षण देखिएन भने नागरिकहरु लाई आ-आफ्नो घर पठाउन सकिन्छ । यसरी गर्दा अन्य देशबाट आएका नागरिकहरुले गर्दा स्वदेशमै भएका नागरिकहरु लाई संक्रमण हुने न्युन रहन जान्छ । हरेक नागरिकको कानसम्म पुग्ने संदेश मुलक आवाज केन्द्र सरकर देखी स्थानीय सरकार सम्म जनचेतनामुलक सन्देश पठाउनु पर्छ । गाउँको विद्यालयमा बनाएको क्वारेन्टाइनलाई हिमाली पहाड अथवा ५०-८० किलोमीटर वासस्थान नभएको स्थानमा क्वारेन्टाइन बनाउनु पर्दछ । कोरोना भाईरस ब्यक्तिको सम्पर्कबाट मात्र नभएर हावाको माध्यमबाट पनि केही दुरीसम्म सजिलै सर्ने भएकोले विद्यालयका क्वारेन्टाइन तत्काल अन्य क्षेत्रमा सार्न सकिन्छ । स्वास्थ्यकर्मी तथा सुरक्षा कर्मीहरुलाई अत्याधुनिक पोशाकको (PPE) राज्यले तुरुन्तै उपलब्ध गराउनु पर्दछ । 
स्वदेशमै रहेका नागरिक अथवा जोखिम क्षेत्र रहेका आ-आफ्नो पालिकाले आफ्नो नागरिको आरडिटि परिक्षण गराउनु पर्दछ । पोजेटिभ देखिएकोहरुलाई आईसोलेशनमा थप परिक्षण तथा उपचार गराउने । सबै नागरिक र सरकार एकजुट भएर यो सकटबाट मुक्ति गराउनुपर्छ । धेरै विकल्प रहेको छन्, जसमध्ये सरकारले भाईरोलोजिस्ट, इपिडिमोलोजिस्ट, फार्मास्टि, ल्याब्रोलोजिस्ट, आयुबेर्दिक बिज्ञ र अनुसन्धानकर्ता तथा बैज्ञानिकहरु लाई समाबेश गरि तत्कालको लागि एउटा अनुसन्धान केन्द्र स्थापना गरि COVID 19 को बारेमा गम्भीर भएर अनुसन्धान गराउन लगाउनु पर्दछ । 
नेपालको झण्डै २,८०,००,००० सम्पूर्ण मानिसमा COVID 19 परिक्षण गराउनु पर्छ सबै बिदेशबाट आउने नाका सिल गरी, COVID 19 देखिएकाहरुलाई हिमाली भागमा अस्पताल बनाएर त्यहाँ थप परिक्षण तथा उपचार गराउनुपर्छ । त्यसपछि नेपालभित्र लकडाउन खोली राज्यले आफ्ना गतिविधिहरु तिव्र गतिमा बिकास निर्माणको काममा लगाउन सक्छ । 
विश्व रास्ट्र संघमा सदस्य भएका १९३ रास्ट्रमा झण्डै ५१,९४,००० संक्रणमित, ३,३४,६०० संक्रणमितको निधन भईसकेको छ । अझै संक्रणमित हुने लगभग २ करोड ५० लाख पुग्ने अनुमान गरिएको छ भने मृत्यु हुने गरिब १० लाख पुग्ने एक अध्ययनले देखाएको छ । फेब्रुअरीबाट विश्वको अर्थतन्त्रमा ४४.३६% ह्रास भएको छ भने ५ लाखभन्दा बढी उद्योग, कारखाना, झण्डै ५१,५०० विश्वविद्यालय तथा विद्यालय बन्द रहेका छन भने करिब ४ अर्व मानिसहरु लकडाउनको सिकार भईराखेका छन् । अहिले मानव जातिमा बिशेष गरी १०-१८ मुनिका बालबालिका र ५५-६५ बर्ष वृद्धि हरुमा १३.५०% ले डिप्रेशन देखिएको छ र गर्वति महिलाको संख्या दर २१.०१%ले वृद्धि रहेको छ । यसरी विश्वको Lockdown १ बर्ष सम्म मात्र जाने हो भने अर्थतन्त्रमा करिब ७०-८०% कमि हुने देखिएको छ जसले प्रत्यक्ष असर बिकास निर्माणका काममा पार्ने छ ।
घरमै बसौँ ! कोरोनाविरुद्ध लडौँ !!
वसन्त कुमार शाही 
अन्तरास्ट्रिय युवा बैज्ञानिक अवार्ड स.न. २०१३, पेरिस, फ्रान्स 
कर्णालीको पहिलो “राष्ट्रिय युवा प्रतिभा पुरस्कार तथा सम्मानित, नेपाल सरकार २०१७ 
अध्यक्ष: कर्णाली बिज्ञान तथा प्रबिधि अनुसन्धान केन्द्र 
केन्द्रीय सदस्य: राष्ट्रिय युवा प्रतिभा तथा उधमी संजाल, नेपाल सरकार
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: