×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विश्वका कुन मुलुकमा कसरी कायम राखिँदैछ भौतिक दूरी ? १३ तस्विरमा हेनुहोस् `लकडाउन वर्ल्ड´(फोटो-कथा)

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी रूप लिएपछि विश्व नै यतिबेला आक्रान्त छन् । यसको नियन्त्रणका लागि विश्वभर विभिन्न उपायहरू अवलम्बन गरिएका छन् । तर यसबाट जोगिन लगाइएका विभिन्न किसिमको प्रतिबन्धहरु विस्तारै हट्न थालेका छन् ।

जोखिम भने कम भएको छैन । कम भएका स्थानमा पनि दोस्रो लहरको चिन्ता छ । त्यसैले जोखिम न्यूनीकरणका लागि भौतिक दूरी कायम राख्ने अभ्यास विश्वभर नै थालनी भएको छ । विश्वभर भौतिक दूरी कायम राख्ने अभ्यास भइरहेको छ ।


हेरौ‌ं केही तस्वीरहरु छ-
अमेरिकाको न्युयोर्क सहरको ब्रुकलिन नदीनजिकै रहेको डोमिनो पार्कमा भौतिक दुरी कायम राख्न लगाइएको गोलो घेराभित्र बसिरहेका मानिसहरु ।
श्रीलंकाको राजधानी सहर कोलम्बोको वल्र्ड ट्रेड सेन्टरको लिफ्टमा भौतिक दुरी कायम गर्ने अभ्यास गर्दै मानिसहरु ।
अष्ट्रेलियाको सिड्नीस्थित फाइभ डक डाइनिङ रेष्टुरेन्टमा राखिएका कार्बोडबाट बनाइएको ग्राहकहरु ।
थाइल्याण्डको बैंककमा रहेको पेन्गुइन इट शाबु रेष्टुरेन्टमा खाना खाइरहेका मानिसहरु ।
अल्बानियाको एक विद्यालयमा भौतिक दूरी कायम गर्न भवनभित्र प्रवेशको लागि निर्देशनको रेखा कोरिएको छ । उक्त रेखाअनुसार मानिसहरु भवनभित्र प्रवेश गर्नुपर्ने हुन्छ ।
अमेरिकाको टेक्सासस्थित होउस्टनमा रहेको बेल्ला रिनोभा हेयर सैलुनमा कपाल धुँदै गरेका महिलाहरु । उनीहरुको बीचमा भौतिक दुरी कायम राख्नको लागि डिभाइडर राखिएको छ ।
बेल्जियमको ब्रसेल्सस्थित विद्यालयमा भौतिक दूरी कायम राख्ने प्रयासमा विद्यार्थीहरु ।
फ्रान्सको नाइसमा रेलमार्गको अगाडि भौतिक दुरी कायम गरेर उभिएका मानिसहरु ।
अमेरिकाको सन्फ्रान्सिस्कोमा घरबारविहीन मानिसको लागि भौतिक दूरीको व्यवस्थासहित बनाइएको अस्थायी बासस्थान ।
थाइल्याण्डको बैंककस्थित एक रेष्टुरेन्टमा भौतिक दूरी कायम राख्नका लागि एउटा कुर्सीमा राखिएको पाण्डाको डमी।
स्पेनको मेड्रिडस्थित चर्चमा प्रार्थना गरिरहेका मानिसहरु चर्चमा निकै कम मात्र मानिसहरु अनिवार्य रुपमा मास्क र भौतिक दुरीको नियम पालना गर्दै जान पाउँछन् ।
इटालीको मिलानस्थित रेष्टुरेन्टमा ग्राहकको तापमान नाप्दै एक वेटर ।
लेबनानको बेरुतस्थित एक मस्जिदमा शुक्रबार रमजानको अवसरमा भौतिक दूरी कायम गरेर प्रार्थना गर्दै मानिसहरु ।
स्रोत : बीबीसी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: