
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणको कनेक्सन सुनौली र कृष्णनगर नाका बनेको छ । भारतबाट आई सुनौली र कृष्णनगर नाकामा अलपत्र परेका र स्थानीय सरकारले गाउँ ल्याएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्याङ्जाको वालिङमा २ जना र बुधबार बागलुङमा ६ जना नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै जना सुनौली र कृष्णनगर नाकाबाट उद्धार गरेर ल्याइएका नागरिक हुन् ।
‘यो संक्रमणको दर अझै बढ्न सक्छ । किनकी भारतीय नाकाबाट उद्धार गरेर ल्याउने क्रम रोकिएको छैन र रोकिने पनि छैन,’ वालिङ नगरपालिकाका मेयर दीलिपप्रताप खाँडले भने, ‘यो स्थानीय सरकारको दायित्व नै हो । सामाजिक दूरी कायम गरेर सुरक्षित ल्याएर राख्न संक्रमण देखिए पनि फैलिँदैन ।’
बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहनसिंह पाइजाले पनि भारतीय नाकाबाट नागरिकहरुलाई आफ्नो गाउँसम्म ल्याउने काम भइरहेकाले अरु संक्रमण बढ्न सक्ने बताएका छन् । ‘नाकाबाट आफ्नो घरसम्म आउन पाउनु उनहरुको अधिकार हो भने सरकारको दायित्व,’ उनले भने, ‘सुरक्षित रुपमा ल्याइएकाहरुबाट कोरोना फैलिँदैन । ल्याएर क्वारेन्टाइनमा राख्छौं ।’ गण्डकी प्रदेशमा भारतका विभिन्न नाकाबाट २ हजार जनाको उद्धार गरेर ल्याइएको छ । बुधबार बिहानसम्म २ हजार जनाको उद्धार गरेर गण्डकी प्रदेशभित्रका विभिन्न जिल्लामा पुर्याइएको प्रदेश प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालले जानकारी दिए । गण्डकी प्रदेशमा ल्याइएका २ हजार जनामध्ये अधिकांश सुनौली र कृष्णनगर नाकाबाट उद्धार गरिएका हुन् । केही महेन्द्रनगरतिरबाट पनि ल्याइएको अर्यालले जानकारी दिए ।
विभिन्न नाकाबाट उद्धार गरेर ल्याउनेको संख्या बढेसँगै कोरोना संक्रमणको दर पनि बढ्न सक्ने गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले बताए । सुरुमा पीसीआर विधिको परीक्षण सम्भव नभए पनि र्यापिड टेस्ट गरेर भए पनि ल्याउने भनिएकामा त्यो पनि सम्भव नभएको उनको भनाइ थियो । सुरक्षित हिसाबले ल्याउने, सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राख्ने र टेस्ट गरिने चुमानले बताए ।
गण्डकी प्रदेशमा गत चैत २ मा बेल्जियमदेखि आएका बागलुङका २ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु निको भएर घर गइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्