
पोखरा । पोखराका उद्योगी व्यवसायीले बन्दाबन्दीका कारण उद्योगरवाणिज्य क्षेत्रमा पारेको असरलाई दृष्टिगत गर्दै राहतका कार्यक्रमसहित बजेट ल्याउन माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी, पोखरा उद्योग वाणिज्य सङ्घ तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा अर्थतन्त्रलाई सही दिशामा ल्याउन राहतका अल्प र दीर्घकालीन प्याकेज ल्याउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले व्यवसायलाई विस्तारै सञ्चालनमा ल्याउनुपर्ने धारणा राखे ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले कोरोनाले अर्थतन्त्रमा पुर्याएको गम्भीर क्षतिको मूल्याङ्कन गर्दै उद्योगरवाणिज्य र पर्यटन क्षेत्रको लागि विशेष राहत प्याकेजको मागसहित आगामी आर्थिक वर्षको बजेट पूर्वाधार र औद्योगिक व्यावसायिक वातावरण निर्माणमा केन्द्रित हुनुपर्ने बताए।
उनले कर्जाको समयसीमा बढाउनुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, वासलात ऋणात्मक भए पनि कर्जा प्रवाह गरिनु्पर्ने तथा आउँदा दिनमा पूँजी हेरेर नभई आम्दानी, योजना तथा नवीनतम सोचका आधारमा उद्योगीरव्यवसायीलाई कर्जा प्रवाह गरिनुपर्नेमा जोड दिए।
त्यस्तै उद्योगधन्दा खुलाउनुपर्ने, ‘नो वर्क, नो पे’को व्यवस्था गरिनुपर्ने, खेतीयोग्य जग्गाको खण्डीकरण रोक्नुपर्ने, भूउपयोग नीति लागू हुनुपर्ने र कृषिमा अनुदान बढाइनुपर्ने सुझाव दिइएको छ । पर्यटन उद्योगमा कम्तीमा एक वर्ष सबै प्रकारका कर मिनाहा गरिनुपर्ने र पर्यटन प्रवर्द्धनका लागि छुट्याइएको बजेट पर्यटन पुनःउत्थानको क्षेत्रमा खर्च गरिनुपर्ने माग गर्दै अध्यक्ष अधिकारीले वैदेशिक रोजगारीबाट फर्केनेका लागि स्वरोजगारका कार्यक्रम ल्याउन माग गरे । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकालले व्यवसायलाई आधार मानेर ऋण प्रवाह गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रमममा शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठ, भिमाद उद्योग वाणिज्य सङ्घका अध्यक्ष हस्तबहादुर खड्का, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष लक्ष्मी त्रिपाठी र पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष माइकला कर्माचार्यले कोरोनाका कारण निजी क्षेत्रले विभिन्न क्षेत्रमा गरेको लगानी जोखिममा परेको बताउँदै सरकारले विद्यमान अवस्थाको गम्भीरताका साथ विश्लेषण गर्दै राहत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना सङ्क्रमण र बन्दाबन्दीका बीचमा पनि आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने विचार राख्दा उद्योग–व्यवसाय सञ्चालन नगरिए अर्थतन्त्र नै थला पर्ने जिकिर गरे । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्