×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Product Watch: महालक्ष्मी लाइफको प्रोडक्ट ‘महालक्ष्मी डबल सावधिक बीमा’ के हो ? के साच्चै डबल हुन्छ त रकम ?

PRIME CA

Product Watch: महालक्ष्मी लाइफको प्रोडक्ट ‘महालक्ष्मी डबल सावधिक बीमा’ के हो ? के साच्चै डबल हुन्छ त रकम ?

२० बैशाख २०७७, शनिबार

पढ्न लाग्ने समय: < २ मिनेट

के हो महालक्ष्मी डबल सावधिक बीमा योजना?
कम्पनीले बीमितको जोखिम तथा अवधि सम्माप्तिमा सुनिश्चित रकम (बीमाङ्कको दोब्बर) प्रदान गर्ने उद्देश्यले सावधिक बीमा योजना सञ्चालनमा ल्याएको बताएको छ । यस योजना अन्तर्गत बीमितले बीमा अवधिको ठिक आधाले हुने वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गरी बाँकी अवधि सित्तैमा जोखिम बहन हुने दाबी कम्पनीको छ ।
महालक्ष्मी डबल सावधिक बीमा मुनाफामा सरिक नहुने प्रोडक्ट हो । यसलाई कम्पनीले ‘सुनिश्चित प्रतिफल योजना’ भनेको छ । यो योजनामा १८ वर्ष देखि ६५ वर्षसम्मका विमितहरु प्रवेश गर्न पाउँछन् भने यो योजनाको अवधि १०, १२, १४, १६, १८, २०, २२, २४, २६, २८ र ३० वर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि बीमा अवधिको आधा अर्थात ५०% समय हुनेछ भने वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा भुक्तानी गर्न सकिनेछ । न्यूनतम बीमाङ्क रू.५०,०००/- (पचास हजार) रहेको यो योजनाको अधिकतम बीमाङ्क : रू.५,००,००,०००/- (पाँच करोड), (रू. १०,००० को अन्तरमा) रहेको छ ।
के के छन् सुविधा ? 
यो योजनामा निम्नानुसारका सुविधाहरु छन् ।
  • मृत्यु दावी : बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमालेख अन्तर्गत भुक्तानी भएको बीमाशुल्क रकम (स्वास्थ्य र पेशागत वापतको थप बीमाशुल्क तथा पूरक करार वापतको बीमाशुल्क बाहेक) को ११०%हुने रकम वा तपसिल बमजिमको रकम जुन बढी हुन्छ सो भुक्तानी दिइनेछ ।
  • बीमालेख प्रारम्भ भएको ५ वर्ष सम्म : बीमाङ्क रकम ।
  • बीमालेख प्रारम्भ भएको ६ वर्ष देखि १० वर्ष सम्म : बीमाङ्कको १५०% हुने रकम ।
  • बीमालेख प्रारम्भ भएको ११ वर्ष देखि माथि : बीमाङ्कको २००% हुने रकम। (वर्ष भन्नाले बीमालेख चालु भएको पुरा वर्ष अर्थात आगामि बर्षको बीमालेख वार्षिकोत्सव मिति भन्दा अगाडि सम्मको दिन सम्झनु पर्दछ)
  • अवधि समाप्ति दावी : बीमालेख अवधि समाप्तिसम्म बीमित जीवितै रहेमा बीमाङ्कको दोब्बर रकम बीमित स्वयंलाई  भुक्तानी गरिनेछ।
चुक्ता मुल्य तथा समर्मण मुल्य  के छ ?
कम्पनीका ओसार यो योजना अन्तर्गत बीमालेखको कम्तिमा २ वर्षको पूरा बीमाशुल्क प्राप्त भएमा बीमालेख अन्तर्गत चुक्ता मूल्य प्राप्त हुनेछ। यसरी कम्पनीले प्राप्त गर्नुपर्ने बीमाशुल्क प्राप्त नभर्इ बीमालेख व्यतित भएको अवस्थामा बीमितको मृत्यु वा बीमालेख अवधि समाप्ति मिति जुन अगाडि घट्छ सो अवस्थामा बीमालेखको चुक्ता मूल्य प्रदान गरिने छ। चुक्ता मूल्य प्राप्त गरेको बीमालेख कुनै पनि बेला समर्पण गर्न सकिनेछ वा समर्पण मूल्यको अधिकतम ९०% सम्म बीमालेख कर्जा लिन सकिनेछ। चुक्ता मुल्य तथा समर्मण मुल्यको गणना बीमा समितिको स्वीकृत बिधि अनुरूप गणना गरिनेछ।
योजनाका ऐच्छिक सुविधा के छन् ?
कम्पनीका अनुसार थप बीमाशुल्क तिरी बीमाङ्क रकम बराबर वा अधिकतम रू. १,००,००,०००/- (एक करोड) सम्म दुर्घटना मृत्यु लाभ र पुर्ण स्थायी अशक्तता सुविधा लिन सकिन्छ ।
योजनाबारे थपजानकारीबारे थप बताउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: