×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी हुन्’ : प्रधानमन्त्री ओली (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी हुन्’ : प्रधानमन्त्री ओली (भिडियो रिपोर्ट)

Artha Sarokar

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रधानमन्त्री ओलीले राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले पछिल्लो समय स-साना विषयमा पनि राष्ट्रपति जस्तो निष्पक्ष र मर्यादित संस्थामाथि आक्रमण हुने गरेको भन्दै त्यसकिसिमका कार्यमा संलग्नहरु गणतन्त्र विरोधी भएको बताउनुभएको हो ।
“राष्ट्रपतिको विरुद्ध लगातार,अनवरत, हरेक स–साना निहुँमा आक्रमणको तारो बनाईन्छ । मैले त्यसलाई गणतन्त्र विरुद्धको एउटा साजिसको रुपमा मात्रै, गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र गणतन्त्र ठिक होइन भन्ने कुरालाई लैजाने रुपमा बुझेको छु । के गर्नुपथ्र्यो त राष्ट्रपतिले ? चुपलागेर बस्ने राष्ट्रपति चुप लागेर बस्या छ । त्यो भन्दा बढी राष्ट्रपतिले के गर्नुपथ्र्यो ?”
राष्ट्रपतिलाई निष्पक्ष मर्यादित संस्थाको रुपमा व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रप्रमुख तर कार्यकारी अधिकार नभएको राष्ट्रपतिको रुपमा सम्मानित संस्थाको रुपमा राख्ने गरिएको भन्दै उहाँले जुनसुकै विषयमा सम्मानित संस्थामाथि आक्रमण गरिनु नहुने भन्दै त्यस्तो प्रवृत्ति छोड्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “गणतन्त्रको विरोध गर्नेहरु राष्ट्रपतिमाथि खनिने गरेका छन् । कार्पेट कहाँनेर राखियो प्रधानमन्त्रीले थाहा पाउँछ ? त्यो गर्ने काम हो प्रधानमन्त्रीको ? जे मा पनि राष्ट्रपतिको विरोध गर्ने र दलगत रुपले हेर्ने कुरा उचित होइन । दुवो काटेर चौरी चिटिक्क पारियो । अहिले चौरी चिटिक्क पार्ने कि कोरोनाका विरुद्ध लड्ने भन्ने ? अनि राष्ट्रपतिले कोरोनाका विरुद्ध नलड चौरी चिटिक्क पार् भन्या हो र ? ”
कोरोना नियन्त्रणमा अधिकतम उपलब्धि हासिल
प्रधानमन्त्री ओलीले सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा अधिकतम उपलब्धि हासिल दाबी गर्नुभयो । उहाँले सरकारका कामसंग आफु सन्तुष्ठ रहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो “कोरोना यस सरकारको कमजोरीका कारण आएको होइन । विश्वव्यापी रुपमा आएको छ । प्रभावकारी ढंगले सामना गरिरहेको छ । भुटान बाहेक अरु देशको तुलनामा नेपालको राम्रो छ । विश्वव्यापी महामारीको सामाना प्रभावकारी ढंगले गरिरहेको छ ÷गर्ने छ । कोरोनाबाट देशलाई मुक्त गर्छ । सरकारले अघि सारेको दृष्टिकोण, हासिल गरेका उपलब्धि कुन चाही कुरामा असन्तुष्ठ हुनुपर्ने छ ? कोरोनाका कारण उत्पादन वृद्धि दर हासिल भएन, यो सरकारको कमजोरी हो र ? यसलाई आलोचना गर्ने विषय पाईयो भन्ने हो ?”
उहाँले भैसी व्यापारीले किन्ने मान्छे आएपछि दुध भन्दा चिल्ला सिंङ देखाउने गरेको प्रसंग उल्लेख गर्दै सरकारका राम्रा काम भन्दा अन्यत्र ध्यान केन्द्रीत गराउने प्रयास भएको गुनासो गर्नुभयो । जहाजका कुरा गर्दा सरकारलाई उडाउने गरिएको स्मरण गर्दे उहाँले आफ्नै झण्डा राखेर पानी जहाज चलाउने तयारीमा सरकार लागि रहेको स्पष्ट पार्नुभयो ।
नेपालीहरुमा कोरोना रोगप्रतिरोधी क्षमता बढी भएको भनेर कस्ले भनेको भन्ने सांसदको प्रश्नमा उहाँले ठट्याउली शैलीमा भन्नुभयो “नेपालीको प्रतिरोध क्षमता राम्रो छ भनेर कस्ले भन्यो भन्नुभयो, मैले भने भर्रखरै सुन्नुभयो नि । ” उहाँले नेपालीहरुको नमस्ते गर्ने शैली सबैले अनुसरण गरेको दृष्टान्त दिदै आर्युवेद, योग लगायत नेपालको औषधीजन्य वनस्पतिको लामो व्याख्या गर्नुभयो ।
अर्के रोगका कारण मृत्यु भएको भएपनि कोरोना पोजेटिभ देखिएपछि विश्वस्वास्थ्य संगठनको मापदण्ड अनुरुप कोरोनाबाट मृत्यु भएको मान्नु परेको भन्दै उहाँले कोरोना नियन्त्रणमा सरकारका काम प्रभावकारी भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “कमजोरी लुकाउनुपर्ने? अरु देशमा त्यत्रो नोक्सानी परया छ । त्यतिका मान्छे मरेका छन् । त्यहाँ लुकाउनु नपर्ने । यहाँ १५ जना मर्दा कमजोरी लुकाउनुपथ्र्यो ? कोरोनाबाट अरु मर्न नदिने हाम्रो प्रयास छ । ”
प्रधानमन्त्री ओलीले नेपाली सेनालाई स्वास्थ्य सामाग्री खरिदको जिम्मा दिने कार्य स्वभाविक भएको भन्दै सरकारी निर्णयको प्रतिरक्षा गर्नुभयो । विगतमा पनि सेनाले हतियार, हेलिकोप्टर प्लेन लगायत किन्ने गरेको र त्यतिबेला व्यापारीक नभएर अहिले व्यापारीक भन्ने नमिल्ने तर्क उहाँले गर्नुभयो । उहाँले नेपाली सेनालाई नेपाल सरकार भन्दा बाहिरको संस्था भए जस्तो व्यवहार गर्न नमिल्ने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो “राम्रो कुरा गर्न नजान्ने, नगर्ने र नराम्रो कुरा गर्नु धर्म ठान्ने देखिएको छ । खरिद नगर्दा पनि भएन । खरिद गर्दा पनि भ्रष्टाचार बाहेक केही नदेख्ने । केही उद्देश्यसाथ लाग्ने । ”
उहाँले विपद् व्यवस्थापनका सम्बन्धमा गृहमन्त्रालयको भूमिका नखोसिएको भन्दै भ्रमपुर्ण कुरामा नपर्न आग्रह गर्नुभयो । उहाँले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन अनुसारका संरचनाले प्राकृतिक प्रकोपलाई मात्रै सम्बोधन गरेको र महामारीलाई सम्बोधन नगरेकाले अर्को संयन्त्र गठन गर्नुपरेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो “विशाल गु्रुप भन्या कुन हो । जथाभावी नै बोल्ने हो भने त बेग्लै कुरा हो । यस्तो कुराहरु सांसदजस्तो जनप्रतिनिधिले बोल्दा ध्यान दिनुपर्ने हुन्छ । सरकारको त्यस तर्फ ध्यान गएको छ । कही कुनै प्रकारको अनियमितता र अनुचित कुरा भएको पाईए छानविन हुने र कारवाही हुन्छ । यो सरकार राष्ट्रिय हितको पक्षमा काम गर्ने स्पष्ट पार्छु ।”
भारतीय पक्षबाट बाँध
उहाँले भारतीय पक्षबाट बाटोको नाममा बाँध बनाउदै गरेको जानकारी गराउदै त्यस्ता कार्य असल छिमेकी र अन्तराष्ट्रिय कानुन विपरित भएकाले त्यसबारे नेपाल सरकारले भारतलाई सजग गराईरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “अहिले सुन्छु फेरी कतिपय ठाउँमा भारतले बाटोको नामका बाँध बनाउँदै छ । यी कुरा तर्फ हाम्रो ध्यान गएको छ र त्यसको विरोधमा भारतलाई सजग गराईरहेका छौ । छिमेकी भएर छिमेकीको खेत डुबानमा पार्ने गरी बाटा, संरचना केही पनि निर्माण गर्न पाईदैन । अन्तराष्ट्रिय कानुनले पनि पाईदैन । असल छिमेकीको हिसाबले पनि पाईदैन । त्यसकारण भारतले यस्तो गर्न मिल्दैन । ”
उहाँले भारत सरकारले पछिल्ला गल्ति सबै सच्याउनुपर्ने बताउनुभयो । न्यायोचित कुराको हकमा लड्न हिचकिचाउने सरकार नभएको र सार्वभौम समानताको नीतिको आधारमा व्यवहार गर्ने गरेको तथा सोही अनुरुप अघि बढ्ने स्पष्ट पार्नुभयो ।  
प्रधानमन्त्रीको क्षेत्रको बजेट, पदाधिकारी
उहाँले प्रधानमन्त्रीको क्षेत्रमा मात्रै धेरै बजेट गएको भन्ने कुराको पनि खण्डन गर्नुभयो । आफ्नो क्षेत्रलाई मात्रै विकास गर्नुपर्छ भन्ने कुरा आफुले पनि थाहा नपाएको विषय भएको भन्दै उहाँले व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो “मेरो क्षेत्रमा बजेट बढी पर्यो भन्ने कुरा सत्य होइन । त्यस्तो पर्न गएको भए त्यो उचित होइन । त्यसलाई म स्वीकार गर्दिन । ”
सरकार संबैधानिक निकायका पदाधिकारी नियुक्तिमा सहमतिका साथ अघि बढ्न चाहेको र पछिल्लो समय सहमति बन्दै गएकाले छिटै गठन र पदाधिकारी नियुक्त हुने बताउनुभयो । उहाँले निजगढमा मिलिट्री एयरवेस स्थापना गर्ने विषयमा सत्यता नभएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो “फेरी अर्को हल्ला सुरु गरिएछ । यो हल्ला किन सुरु गरेको हो । निजगढमा बन फाडेर मिलिट्री एयरवेस स्थापना गर्ने भन्ने । यस्तो भ्रमको श्रृजना किन गर्नुपरयो । यसमा कुनै आधार र सत्यता छैन । ”
रुकुम घटना
प्रधानमन्त्री ओलीले रुकुम पश्चिमको घटनालाई सरकारले गम्भीरताका साथ लिएको भन्दै निष्पक्ष ढंगले छानविन हुने प्रतिवद्धता जाहेर गर्नुभयो । घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन गरिएको भन्दै उहाँले  गम्भीरता र निष्पक्ष ढंगले छानविन हुने आश्वासन दिनुभयो । संसदले संसदीय समिति बनाएको र त्यसको छानविनले पनि सरकारलाई मद्दत पुरयाउने विश्वास व्यक्त गर्नुभयो । घटनाको पृष्ठभूमिमा जातिय छुवाछुत, सामाजिक विकृतिका कुरा देखिनु उचित नहुने भन्दै उहाँले यस्ता घटनाका दोषीलाई कारवाही गरिने विश्वास दिलाउनुभयो ।
सांसदहरु सन्जयकुमार गौतम, देवप्रसाद तिमल्सिना, महेन्द्रकुमारी लिम्बु, राजेन्द्रप्रसाद लिङ्देन, उमाकान्त चौधरी, दिलेन्द्रप्रसाद बडु, सरिता गिरी, अमरेशकुमार सिंह, डाक्टर मिनेन्द्र रिजाल, राजेन्द्र केसी ,दुर्गा पौडेल लक्ष्मी परिवार लगायतले थप स्पष्टीकरण माग गरेका थिए ।
अमरेशकुमार सिंह
अहिले बाहिर व्यापक चर्चा छ कि विशाल ग्रुप र सरकारको मिलेमतोमा चक्लेटमा भन्सार छुट गरिएको छ र विद्युतिय गाडिमा भनसार बढाइएको छ । यसको यथार्थ के हो ? दुनियाको कुनैपनि देशमा कोरोनालाई कन्ट्रेल गर्न आर्मी परिचालन गरिएको छैन तर नेपालमा किन परिचालन गरिएको छ । त्यो प्रस्ट पार्न अनुरोध गर्छु । साथसाथै विपद व्यवस्थापन छ । गृहमन्त्रालय अन्तर्गत विपद व्यवस्थापन प्राधिकरण छ त्यो हुँदा हुँदा गृहमन्त्रालय अन्र्तगत नगरिकन रक्षामन्त्रालयबाट किन गरिएको छ । छाउनीमा सिसिएमसीको अफिस किन राखिएको छ ? लकडाउनको अवधिमा झण्डै  १४ सय जनाले आत्महत्या गरेका छन के यो खुशि नेपाली र समृद्ध नेपालीको प्रतिक हो ? वा भोकले कसैले मर्नुपर्दैनको प्रमाण हो ? निजी विद्यालयलाई बालुवाटार ललितानिवासको जग्गा जसरी दिइएको छ अथवा यति होल्डिङ्सलाई नेपाल ट्रस्टको जग्गा ……
 रंगमती शाही
हामी हाम्रो भूमि फिर्ता ल्याउन राष्ट्रिय एकता चाहिन्छ । प्रतिपक्ष र सत्तापक्षसँग सहकार्यका लागि औपचारीकता मात्रै निभाउनुभयो । एक जना सांसदलाई लैनचौरमा दौडाएर हुन्छ र ? भुमि फिर्ता गर्न अहिलेसम्म कहाँ र को सँग वार्ता गर्नुभयो ?
 प्रेम सुवाल
पुरानै सरकारको काम निरन्तरता दिनुपर्ने भए के सन १९५० को देशघाती सन्धी यथावत रहने र राणाशासन पुन ल्याउनुपर्ने हो ? एमसीसी सम्झौता खारेज गर्न जरुरी छ ।
प्रकाशमान सिंह
ढुक्क हुने अवस्थामा हामी छैनौं । लकडाउन प्रारम्भ गर्दा स्वास्थ्य सामग्री झिकाउँदा ठुलो काण्ड भयो र फेरी सेनालाई दिइयो । फेरी अरबौं घोटला भएको कुरा आएको छ । सेनालाई पनि करप्सनमा लपेट्ने काम गरेको छ ।
गगन कुमार थापा
‘सम्माननिय प्रधानमन्त्री ज्युको आज कुरा सुनिसकेपछि कोरोना भाइरसको बारेमा मलाई के लाग्यो भने प्रधनमन्त्री जीलाई धेरै कुरा थाहा छैन तर थाहा छैन भन्ने थाहा छैन ।  त्यसले गदौ बडो डरलाग्दो भयो । हङकङमा नेपालमा क्षमता नभएर पठाएको होइन प्रधानमन्त्री ज्यु त्यो बेलामा रिएजेन्ट कहिंपनि थिएन त्यसैले पठाएको हो । यो सरकारले पीसीआर मेसिन ५ वटा किन्यो ५ वटै चल्दैन । क्वारेन्टाइनको मापदण्ड आफुले बनाएको मापदण्ड एकपटक पढ्नु भएको छ । हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कल्ले भन्यो ? नेपालमा मृत्यु हुनेको संख्या कम छ भन्ने उमेर समुहको आधारमा मृत्यु भएको विश्वव्यापी संख्यासँग दाजेर हेर्नुभएको छ ? भष्ट्राचार स्वास्थ्य सामग्रीको सुचि राखेर संसदमा छलफल गर्नका निम्ति म प्रधानमन्त्रीलाई खुल्ला आव्हान गर्छु । तयार हनुहुन्छ सम्माननिय प्रधानमन्त्री ज्यू ? जुन अवस्थामा भारतबाट नेपालीहरु ल्याइएका छन ति व्यक्ति हुन कि ति नेपाली नागरिक हुन? ति नेपाली नागरिकको बारेमा चिन्ता गर्ने तिनि आउँदैछन भन्ने कुरामा जानकारी राख्ने तिनको लागि क्वारेटाइनको तयारी गर्ने सम्माननिय प्रधानमन्त्रीको सरकारले हो वा हामिले गरिदिुनुपर्ने हो ? त्यसको तयारी गरेको भए आज तिनलाई दोश दिएर बस्नुपथ्र्यो । वा आज हामी एउटा पनि कोरोना संक्रमणको अवस्था नभएको वा कम भएको न्युजिल्याण्डको प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री नाचेको हेर्न पाइन्थ्यो ।
बलकृष्ण खाँड
कोभिड रोकथामका लागि स्थानीय निकायले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । स्थानीय सरकारलाई संघीय सरकारले सहयोग गरेको छैन भन्ने गुनासो आएको छ । किन गुनासो आयो ?
विदेशमा रहेका नेपाली गर्भवति महिलाहरुलाई प्राथमिकतामा राखेर र विदेशमा समस्यामा परेका नेपालीलाई चलखेल नगरी ल्याइयोस ।
उमा रेग्मी
मरेपछि पीसीआर परिक्षण गर्ने र पोजेटिभ पाइएपनि अर्कै रोगले मरेको भन्ने किन ? भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न सरकारले कहिले वार्ता गर्ने ?
पार्वता डिसि चौधरी
दश अर्ब खर्च भएकोमा कुन कुन स्थानीय तहमा कति पठाइयो जानकारी पाउँ ?
प्रदीप यादव
सरकारले कोभिड नियन्त्रणका लागि १० अर्ब खर्च गर्यो  के के मा खर्च भयो । सदनलाई जानकारी कहिले हुन्छ । विरगंज नारायणी अस्पतालको पार्टको रुपमा गण्डक अस्पताललाई बनायो । तर खर्च स्थानीय निकायले तिर्छ । स्थानीय निकायले संघले एक रुपैयाँ नदिदा घरघरमा पुगेर चन्दा उठाएको छ । यो बारेमा जवाफ चाहियो ।
हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी