×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कसको स्वार्थ्यमा हुँदैछ राजनीति ? प्राथमिक सेयर खोल्ने, दोश्रो बजार बन्द गर्ने ? कहीं नभएको यो कस्तो ‘सेबोन-नीति’ ?

  • समाचार टिप्पणी
काठमाडौँ । नेपाली सेयर बजार यति बेला बन्द अवस्थामा छ । कोरोना संक्रमणका कारण लकडाउन सुरु भएसँगै बन्द भएको बजार बीचमा ‘दुइ दिनको नाटक मन्चन गरेर’ पुन बन्द भएको छ । यसो त त्यतिबेला पनि लगानीकर्ता संघहरुले लकडाउनकै बीच बजार खोल्नुपर्ने माग राखेपछि बजार खोलिएको थियो । बजार घट्न थालेपछि आन्दोलन गर्ने मुड चल्नेहरुले पुन: बजार बन्द गराउन माग गरे ।  कारोबारको २ दिननै भारी गिरावट आएपछि सेयर बजारमा चलखेल भएको भन्दै केहिले छानविन गर्नुपर्ने माग राख्दै आएको थिए । तर छानविनका क्रममा गलत केहि भेटिएन ।
अहिले सरकारले लकडाउनलाई खुकुलो बनाइसकेको छ । निजिदेखि सरकारी कार्यालय खुलिसकेका छन् । तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भने पटक-पटक सूचना जारी गर्दै बजार अझै बन्द रहने जानकारी दिइरहेको छ । सरकारले अनुमति दिएअनुसार अहिले सेयर बजार पूर्ण रुपमा खोलिनु पर्ने हो तर नेप्सेले भने बजार खोल्ने भाका सारिरहेको छ । पूरा देश अघोषित रुपमा खुलिसकेका बेला कुनै बेला अत्यावश्यक भनेर हौवा पिटाइएको सेयर बजार ‘घट्ला कि भन्ने डर’ का कारण अनेक बहाना देखाएर बन्द छ । यति मात्र होइन नेप्सेले प्राथमिक सेयर निष्काशनका लागि केहि संस्थाहरुलाई अनुमतिसमेत दिएको छ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख बराबरको आइपीओ निष्काशन गर्दैछ । आइपिओ असार १० गतेबाट निष्कासन खुला हुने एनआइसी एसिया लघुवित्तले जनाएको छ । जुन लघुवित्त क्षेत्रकै हालसम्मकै सबैभन्दा ठूलो आइपीओ पनि हो । 
यसरी पहिलो बजारको काम धमाधम भईरहँदा दोस्रो नखुलाउँदा धेरैले माथिल्लो स्तरबाट चलखेल भइरहेको आशंका गरेका छन् । नेप्सेले आइपिओलाई लागि मात्र अनुमति नदिएर हकप्रद, एफबिओलाईसमेत जारीको अनुमति पनि दिईरहेको छ । विभिन्न कम्पनीहरुको सेयर सुचिकृतको काम पनि नेप्सेले अहिलेको अवस्थामा गरिरहेको छ । सबै कुरा चलेकै छ तर बजार बन्द छ ।  यसो त लामो समयदेखि बन्द रहेको सेयर बजार अर्थात् दोश्रो बजार नियमित खोल्नुपर्ने माग राख्दै जेठ २८ गते सर्वोच्च अदालतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड अनि नेपाल स्टक एक्सचेञ्जलाई विपक्षी बनाएर अधिवक्ता रपिश पोखरेल र हरिप्रसाद दाहालले रिट दर्ता गरेका थिए । ऐनमा ५ दिनभन्दा बढी बजार बन्द गर्न नमिल्ने व्यवस्था भएपनि झन्डै ३ महिना कारोबार बन्द भएको भन्दै निवेदनमा अरु व्यवसाय र उद्योग खुल्दासमेत अनलाईनबाट सञ्चालन हुने सेयर कारोबार बन्द राख्नु उचित नभएको उल्लेख गरेका थिए ।
त्यसपछि न्यायधीश हरिकृष्ण कार्कीको एकल इजलाशले गत आइतबार सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । छलफलका लागि अदालतले दुवै पक्षलाई बोलाएको थियो । छलफलपछि आज (असार ७ गते) बाट बजार खुल्ने बताइएको थियो । तर बजार खुल्न सकेन । प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको संचालन निश्चित समयका लागि स्थगन गर्न सकिने कानुनी व्यवस्था छ । तर नियामकनै लापरवाहीका साथ मौन बसिरहेको छ । यता सेयर लगानीकर्ता दबाब समूहले भने धितोपत्र बोर्ड जावलाखेलमा आमरण अनसन सुरु गर्ने चेतावनीको घोषणा गरेको छ । जसको समर्थन अन्य समुहले पनि गरेका छन् । 
कसको स्वार्थ्यमा हुँदैछ राजनीति ?
लकडाउन खुकुलो भएको हप्ता दिन बित्दा पनि सेयर बजार खोल्नेबारे न अर्थ मन्त्रालय, न धितोपत्र बोर्ड, न नेप्से बोलेको छ । सबैले एक अर्कालाई दोषमात्र थोपरिरहेका छन् । यी सबै निकाय गैरजिम्मेवार बन्दा यिनै निकायबाट सेयर बजारमा ठुलो चलखेल त भएको छैन ? भन्ने शंका गर्ने ठाउँ प्रशस्तै छ । कसको स्वार्थ्यमा हुँदैछ राजनीति ? प्राथमिक सेयर खोल्ने, दोश्रो बजार बन्द गर्ने ? कहीं नभएको यो कस्तो ‘सेबोन-नीति’ आफैंमा एउटा ठुलो चलखेल हो भन्दा फरक पर्दैन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: