
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट चालु आर्थिक वर्षमा ५२ वटा बैंक तथा वित्तीय संस्थाले आस्वा अनुमतिपत्र नविकरण गरेका छन् । बोर्डले आर्थिक वर्ष २०७७/७८ को लागि २७ वटै वाणिज्य बैंकले अनुमति पत्र नवीकरण गरेको जनाएको छ । यस्तै १३ वटा विकास बैंक तथा १२ वटा वित्त कम्पनीहरुले पनि अनुमति पत्र नवीकरण गरेका छन् ।
आस्वा अनुमतिपत्र नवीकरण गर्ने यी ५२ वटै संस्थाबाट मात्रै लगानीकर्ताले आइपीओमा आवेदन दिन सक्नेछन् ।प्रत्येक नयाँ आर्थिक वर्षमा आस्वा नवीकरण गर्नुपर्ने प्रावधान छ । अनुमति लिएका संस्थाले नवीकरण नगरेमा ग्राहकले आस्वा तथा सी -आस्वामार्फत सेयर आवेदन दिन पाउँदैनन्।
आस्वा अनुमतिपत्र नविकरण गर्ने वाणिज्य बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, सेन्चुरी कमर्सियल बैंक, लक्ष्मी बैंक, सिटिजन्स् इन्टरनेसनल बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, एभरेस्ट बैंक, कुमारी बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, कृषि विकास बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, सनराइज बैंक, सानिमा बैंक, ने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक र एनएमबी बैंक छन् ।
यस्तै विकास बैंकहरुमा कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र लुम्बिनी विकास बैंक छन् । साथै गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स, गोर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, युनाइडेट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, सेन्ट्रल फाइनान्स, मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र सिर्जना फाइनान्सले पनि आस्वा नवीकरण गरेका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्