×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पूर्वगभर्नर डा. तिलक बहादुर रावलले सफाई पाएको पोलिमर नोट प्रकरण के हो ? हेर्नुहोस् घटनाको नालीबेली…

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पोलिमर नोट छपाइ घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित ३ जना आरोपीले सफाई पाएका छन् । विशेष अदालतले मंगलबार फैसला गर्दै उनीहरुलाई सफाई दिएको हो । अदालतले शान्ति सिंह थापा र शिवराज अधिकारी‚ बालेन्द्र रूपाखेतीको इजलासले रावलसहित ३ जनालाई सफाइ दिने फैसला गरेको हो । रावलसँगै राष्ट्र बैंकका तत्कालीन नोट विभागका प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि रहेका मे प्लावर लिमिटेडका हिमालयबहादुर पाँडेले पनि सफाइ पाएका छन् । 
के हो पोलिमर प्रकरण ?
१० रुपैयाँ दरका ५ करोड थान पोलिमर नोट छपाइ गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको र गैरकानूनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । लामो समयपछि अन्तत उनीहरुले सफाई पाएका हुन् । नेपाल राष्ट्र बैंकले २०५९ असोज १४ देखि १० रुपैयाँ दरको पोलिमर (प्लास्टिक) नोट अष्ट्रेलियामा छापेर चलनचल्तीमा ल्याएको थियो । नोट छापिए पनि शर्त अनुसार नछापिएको भन्दै करिब २५ लाख थान नोट राष्ट्र बैंकले प्रचलनमा ल्याएन । तत्कालीन समयमा नेपाली १३ करोड रुपैयाँमा नोट छाप्ने सम्झौता थियो तर नोट छापिएपछि गुणस्तरमा प्रश्न उठ्यो। 
यहिबेला ‘अष्ट्रेलियाको ‘सिड्नी हेराल्ड’मा नेपाली पोलिमर नोट छपाइमा भएको भ्रष्टाचारबारे बारे विशेष रिपोर्ट छाप्यो । ‘नोट प्रिन्टिङ अस्ट्रेलिया’ले नेपाली एजेन्ट हिमालयबहादुर पाण्डेसँगको मिलेमतोमा नेपालका नेतासहित राष्ट्र बैंकका अधिकारीलाई अष्ट्रेलियाली अधिकारीले घुस दिएका छन् भन्ने विवरण उक्त रिपोर्टमा थियो।’ त्यसपछि यो प्रकरणले नयाँ मोड लिएको थियो । यस विषयमा प्रश्न उठेपछि तत्कालै अस्ट्रेलियाको अपराध तथा भ्रष्टाचार नियन्त्रण आयोगले यो विषयमा छानविन गर्यो । छानविनका क्रममा ५ करोड नेपाली नोट छाप्न अष्ट्रेलियाली सरकारी छपाइ कम्पनीसँग नेपाली अधिकारीले १० प्रतिशत घुस खाएको तथ्य सार्वजनिक भयो। नेपालमा प्रचलनमा आएको केही समयमै खुइलिने र च्यातिने समस्या १० रुपैयाँका नोटमा व्याप्त भएको थियो । केहि समयपछि राष्ट्र बैंकले प्लास्टिकका नोट बजारमा नलैजाने निर्णय गर्यो । 
अख्तियारको नेतृत्व परिवर्तन र खुलेको फाइल
एक हजार थानमा ६८ डलर कमिसन बुझेको आरोप अष्ट्रेलियाको थियो । अनुसन्धानमा भेटिएका तथ्यसहितको फाइल अष्ट्रेलियाले नेपाल प्रहरीलाई पनि दिएको थियो र त्यहि फाइल प्रहरीले अख्तियार दुरुयोग अनुसन्धान आयोगलाई बुझायो । तर अख्तियारको नेतृत्व परिवर्तन भयो । त्यो पनि पटक पटक। धेरैपछी तामेलीमा रहेको मुद्दाको फाइल अख्तियारले खोल्यो । नोट छापिएको झण्डै १६ वर्षपछि यो मुद्दामा अख्तियारले अनुसन्धान पूरा गरेर अदालतमा मुद्दा दायर गरेको थियो । र अन्तत मंगलबार अदालतले आरोपितहरुलाई सफाई दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: