×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारी निकाल्न कञ्चनलाई कत्रो हतारो ? नाम कमलाको, हस्ताक्षर सीइओको, हतारोको काम सार्है लतारो… (प्रमाणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कर्मचारी निकाल्न कञ्चनलाई कत्रो हतारो ? नाम कमलाको, हस्ताक्षर सीइओको, हतारोको काम सार्है लतारो… (प्रमाणसहित)

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कञ्चनपुर । साबिकको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दै गर्दा एनएमबि बैंकमा देखिएको ‘स्टाफ एडजस्टमेन्ट’को लफडा यतिबेला चर्चामा छ । सुदूरपश्चिम प्रदेश केन्द्रित बैंक साबिकको कञ्चन डेभलपमेन्ट बैंकमा कार्यरत कर्मचारीहरुलाई बैंकले छानी-छानी निकालेको भन्दै कर्मचारीहरुले ‘विद्रोह’ गरिरहेका छन् । विद्रोहको स्थिति यहाँसम्म पुगिसक्यो कि, महामारीका बेला जागिरबाट कर्मचारी निकालेको भन्दै त्यहाँका स्थानीय राजनीतिक दलका कार्यकर्ताहरुले बैंकमा ताला लगाउनेसम्मको तयारी गरिरहेका छन्। साबिकको कञ्चन डेभलपमेन्ट बैंकले दर्जनौं कर्मचारीहरु बर्षौंदेखि करारमा राख्दै आएर मर्जरका नाममा महामारीका बेला कर्मचारीको रोजीरोटी खोस्ने काम भएको भन्दै यो प्रकरणले कन्चनपुरमा ठुलै काण्ड मच्चाउने तयारी छ । अहिले निषेधाज्ञा भएकाले विरोधका कार्यक्रम स्थगित छन् ।
तर बैंकमा पनि लापरवाहीको पराकाष्टा भएको देखिन्छ । त्यसकै ज्वलन्त उदाहरणका रुपमा मिति २०७७- ०५-०३ गते एक कर्मचारीलाई थमाइएको अवकाश पत्रमा देखिन्छ । उक्त पत्रमा हस्ताक्षर तत्कालीन बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीको छ तर नाम एचआर विभाग प्रमुख कमला शर्मा भट्टको छ । ‘कुनै हालतमा आज नै पत्र दिनुपर्छ भन्दा यस्तो लापरवाही भएको कर्मचारीहरुको तर्क छ ।

मनपरीको हद हो यो, यस्ता काण्ड त कति छन् कति : कर्मचारी 
यता कञ्चनका कर्मचारीहरुले भने बैंकभित्र यस्ता काण्ड थुप्रै भएको बताउँछन् । ‘एउटाको नाम अर्काको हस्ताक्षर हाम्रो बैंकमा सामान्य हो । कानुनको लुपहोल टेकेर हुने नहुने काम धेरै भएको छ । उदाहरण स्वयम् हामी हौँ । ४ बर्षदेखि करारमा कर्मचारी राख्न कानुनले दिंदैन । तर हामी यस्तैगरी काम गरिरहेका थियौं ।’ ती कर्मचारीले भने । उनका अनुसार कन्चनका पर्मानेन्ट स्टाफहरुलाई पनि सुविधा घटाएर एनएमबि बैंकबाट निकाल्ने काम भएको छ । ‘हरेकजसो कुरामा जवर्जस्ती गरिएको छ । अव यो पत्र लिएर हामी कानुनी उपचारमा गयौं भने के हुन्छ ? यसले बैध्यता पाउँछ ?’ उनले भने ।
विरुराम जैशी
कानुन व्यवसायी भन्छन्, ‘यस्तो पत्रले बैध्यता पाउँदैन, खारेज हुन्छ’
यस विषयमा हामीले कानुन व्यवसायीसँग पनि कुराकानी गरेका छौं । ‘हस्ताक्षर एउटाको हुने अनि नाम एउटाको हुने, त्यो पनि संस्थाको लेटरहेड र छाप प्रयोग भएको पत्रमा । त्यो त सरासर गलत हो । अख्तियारीको दुरुपयोग हो । हस्ताक्षर कसको हो भन्ने उल्लेख गरिएको ठाउँमा नाम नै सो व्यक्तिको नभएको खण्डमा यो पत्रले कानुनी मान्यता पाउँदैन । कर्मचारीले कानुनी उपचार खोज्ने हो भने हस्ताक्षर गर्ने र हस्ताक्षर भएका दुवै व्यक्तिको गल्ती देखिन्छ ।’ कानुन व्यवसायी केके न्यौपानेले अर्थ सरोकार डटकमसँग भने।  

के भन्छन् जैशी ?

यता यस विषयमा बुझ्न हामीले साबिकको कञ्चनका सीइओ बिरुराम जैशीलाई फोन गर्यौं । उनले आफ्नो हस्ताक्षर अरु कसैको नाममाथि भएकोबारे आफुलाई थाहा नै नभएको तर्क गरे । ‘मलाई त यस विषयमा ठ्याक्कै थाहा भएन त । के रहेछ हेरौंला नि !’ उनले भने । ‘अनि नाम नै नहेरी, पत्र नै नहेरी हस्ताक्षर हुनु त लापरवाही भएन र ? आफुले हस्ताक्षर गरेको पत्रको जिम्मा आफुले लिनु पर्दैन र ?’ हाम्रो प्रश्नमा उनले कुरा घुमाउँदै भने, ‘अहिले म एउटा मिटिङमा छु । पछी कुरा गरौंला । यो के रहेछ, त्यो पनि हेरौंला ।’ उनले गैरजिम्मेवार जवाफ दिए । त्यसपछि हामीले उक्त पत्रमा नाम भएकी कमला शर्मा भट्टलाई फोन गर्यौं । उनले भने हाम्रो फोन उठाईनन् ।   

https://arthasarokar.com/2020/08/NMB-Kanchan_26.html
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: