×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पुनरकर्जा प्राप्त गर्ने विधि, प्रक्रिया के-के हुन् ? कस्ता ग्राहकले पाउँदैनन् यो सुविधा ? बैंकर महेश राज जोशीको विश्लेषण

  • महेश राज जोशी
कोभिड–१९ को प्रभावले समग्र अर्थव्यवस्था सिथिल रहेको विषम परिस्थितिमा नेपाल राष्ट्र बैंकमार्फत जारी आर्थिक बर्ष २०७७।७८ को मौद्रिक नीतिमा आर्थिक पुनरुत्थान लक्षित विशेष कार्यक्रमहरु अन्तर्गत पुनर्कर्जा पुनरकर्जा सम्बन्धी बिद्यमान व्यवस्थामा परिमार्जन गर्दै पुनरकर्जाको लागि उपलब्ध कोषको ५ गुणासम्म पुनरकर्जा उपलब्ध गराउने ब्यवस्था गरिएको छ ।
पुनरकर्जा भनेको के हो ?
आर्थिक क्रियाकलाप बिस्तारका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन सिमित अवधिको लागि ग्राहक तथा ऋणीहरुबाट असुलउपर गर्नुपर्ने ब्याजदर समेत तोकी उक्त बिद्यमान ऋणीहरुले सहुलियत ब्याज सुविधा पाउने गरि नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त बैंक तथा बित्तीय संस्थाहरुलाई एकमुष्टरुपमा सस्तो ब्याजदरमा प्रदानगरेको कर्जालाई पुनरकर्जाको रुपमा बुझिन्छ ।
बैंक तथा बित्तीय संस्थाले पुनरकर्जा प्राप्त गर्ने प्रक्रिया के हो ?
नेपाल राष्ट्र बैंकबाट ईजाजतप्राप्त “क”,“ख”, र “ग” बर्गका बैंक तथा बित्तीय संस्थाहरुलाई एकमूष्ट रुपमा प्रदान हुने पुनरकर्जाको लागि प्रथम पटक २०७७।०५।०१ मा आवेदन आव्हान गरिएको छ ।नेपाल राष्ट्र बैंक बाट जारी सूचना बमोजिम बैंक तथा बित्तीय संस्थाहरुले आप्ना ग्राहकहरुलाई पुनरकर्जा सुविधाबाट लाभान्वित गर्न संचालक समितिको निर्णय गरि शाखा कार्यालयहरुको ठेगाना तथा संचानल भएको मिति सहित नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि २०७७ अनुसूची १ वमोजिमको ढाचामा नेपाल राष्ट्र बैंकमा आवेदन पेष गर्नेछन ।नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि २०७७ मा बैंक तथा वित्तीय संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुजीको अधिकतम २५ प्रतिशतसम्म र पुनरकर्जाको लागि आवेदन गरिएको कुल रकम मध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरि प्रत्येक शाखाबाट न्युनतम ५ वटा ग्राहक÷ऋणी समावेस गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । 
पुनरकर्जाको वर्गीकरण:
नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि २०७७ बमोजिम पुनरकर्जाको वर्गीकरण देहाय बमोजिम गरिएको छ ।
(१) लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा 
उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको रु.१५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा मानिनेछ । 
(२) विशेष पुनरकर्जा 
बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिनेछ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गलेसक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जाहरूलाई मानिनेछ । 
(३) साधारण पुनरकर्जा
बुँदा नं. १ र २ को वर्गीकरणमा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनरकर्जाहरूलाई साधारण पुनरकर्जा मानिनेछ । 
पुनरकर्जाको ब्याजदर कति निर्धारण गरिएको छ ? 
नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि २०७७ बमोजिम पुनरकर्जाका लागि हाल विद्यमान ब्याजदर देहाय बमोजिम तोकिएको छ । 
पुनरकर्जाको अवधि कति रहने छ ? 
नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि २०७७ बमोजिमः
(१) एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने छैन । 
(२) ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुनेछ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनरकर्जा नवीकरण गर्न सक्नेछ । 
कस्ता ग्राहकहरुले पुनरकर्जा सुविधा पाउदैनन (पुनरकर्जाका लागि अयोग्य कर्जाहरू) ?
१. चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग÷व्यवसाय र मदिरा तथा मदिराजन्य
उद्योग÷व्यवसायलाई प्रवाह भएका कर्जाहरु ।
२. व्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जाहरु ।
३. पछिल्लो आर्थिक वर्षको औसत Return on Equity  २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जाहरु ।
४. कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवार
कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरू । 
तर, व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउनेजस्ता स्वरोजगार मुलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्रप्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य मानिनेछैन ।
कस्ता ग्राहकहरुले पुनरकर्जा सुविधा प्राप्त गर्न सक्छन त ?
पुनरकर्जाका लागि अयोग्य भनिएका कर्जाहरु बाहेक कोभिड—१९ ले अति प्रभावित , मध्य प्रभावित र निम्न
प्रभावित भनि तोकिएका क्षेत्रका उद्यम, व्यापार तथा सम्पुर्ण व्यवसायहरु ।
ग्राहक÷ऋणीहरुले पुनरकर्जा प्राप्त गर्ने विधि र प्रक्रिया के हो ?
  • ग्राहक÷ऋणीहरुले कर्जा उपभोग गरिरहेको बैंक तथा बित्तीय संस्थाको नजिकको शाखामा हालसम्म अन्य बैंक तथा वित्तीय संस्था मार्फत पुनरकर्जा सुविधा उपयोग नगरेको सम्बन्धमा स्वःघोषणा सहित पुनरकर्जाको लागी निवेदन दिने ।
  •  सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको रु.१५ लाखसम्मका कर्जाहरू ७० प्रतिशत हुने गरि निवेदनहरुको आवश्यक बिश्लेषण गरि बैंक तथा बित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकसंग पुनरकर्जा माग गर्नेछन ।
  • पछिल्लो आर्थिक वर्षको कर चुक्ता वा कर विवरण दाखिला प्रमाणपत्र, कम्पनी सम्बन्धी कर्जा सूचना केन्द्रको विवरण, कायम ब्याजदर देखिने System Generated Customer Liability Report, निर्यात पुनरकर्जाको हकमा निर्यात सम्बन्धी कागजात, विगत वर्षहरुमा भएको निर्यात र विदेशी मुद्रा आर्जन भएको पुष्टि हुने कागजात, निर्यात व्यवसाय पुष्टि हुने अन्य कागजात, ग्राहक ऋणीले अन्य बैंक तथा वित्तीय संस्था मार्फत पुनरकर्जा सुविधा उपयोग नगरेको सम्बन्धमा स्वःघोषणा सहितको आवश्यक बिश्लेषण गरि निवेदकह्रुले पुनरकर्जा पाउन सक्ने या नसक्ने निर्णयबारेको अन्तीम अधिकार नेपाल राष्ट्र बैंकसंग रहन्छ ।
  • पुनरकर्जा सुविधा प्राप्त गर्ने ग्राहकहरुलाई शाखामा रहेको निजको ऋण मध्ये पुनरकर्जा सुविधा प्राप्त गरेको रकम बराबरको नया पुनरकर्जा खाता खोली उक्त खाताको ब्याजदर ५ प्रतिशत वा पुनरकर्जा बर्गिकरण अनुसार लागु हुनेछ । एक बर्ष सम्म पुनरकर्जा ५ प्रतिशतमा ग्राहकहरुले चलाउन पाउने ब्यवस्था हुन्छ र अवधि समाप्त पछि उक्त कर्जा खाता बन्द हुन्छ भने पुरानै खाता पूर्ण संचालनमा आउदछ र बैंक नियमअनुसारको ब्याजदर लागुहुने गर्दछ ।
पुनरकर्जाको आवश्यकता
कोभिड—१९ बाट प्रभावित पेशा, उद्यम र ब्यवसायको कर्जामा पहु“च अभिवृद्धि गर्दै आर्थिक क्रियाकलाप विस्तारका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन र देशका दुर्गमस्थान सम्म कर्जा सुविधा सहज गर्ने उद्देश्यले पुनरकर्जाको आवश्यकता भएको हो । जटिल अर्थतन्त्र र कठिन परिस्थितिमा समेत बैक तथा बित्तीय संस्थाहरुमा असल कर्जा सृजना गर्न तथा कोभिड—१९ बाट प्रभावित उद्यमी र ब्यवसायीहरुमा सहुलियत ब्याजदरको कर्जा सुबिधाले समग्र अर्थतन्त्र सबल बन्न समेत पुनरकर्जाले मदत गर्दछ ।
लेखक नेपाल बैंक लिमिटेड, घर्तिगाउँ  शाखाका शाखा प्रबन्धक हुन्। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: