×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : खसीबोका बिक्री नहुँदा चिन्तित बने कृषक, दाङमा धान भित्र्याउँन भ्याईनभ्याई ! (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : खसीबोका बिक्री नहुँदा चिन्तित बने कृषक, दाङमा धान भित्र्याउँन भ्याईनभ्याई ! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले चाडपर्वलाई लक्ष्यित गरी ग्रामीण क्षेत्रबाट तनहुँको सदरमुकाम दमौलीमा ल्याइएको खसीबोकादेखि दाङ तुलसीपुर उपमहानगरपालिका– ११ का किसान धान भित्र्याउँदै किसानसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
चाडपर्वलाई लक्ष्यित गरी ग्रामीण क्षेत्रबाट तनहुँको सदरमुकाम दमौलीमा ल्याइएको खसीबोका । गाउँबाट शहर झारिए पनि खसीबोका बिक्री न्यून रहेको कृषक बताउँछन् ।
दाङ तुलसीपुर उपमहानगरपालिका– ११ का किसान धान भित्र्याउँदै । पछिल्लो समय किसान धान भित्र्याउन व्यस्त छन्। 
म्याग्दीको बेनी नगरपालिका–२ सानालेखको मट्किनोमा घर लिपपोत गर्नका लागि रातो माटो खन्दै महिला । दशैँमा रातोमाटो र कमेरोले लिपपोत गरेर सिँगार्ने चलन छ । 

चुरे क्षेत्रको धारापानी गाँउमा गोठ बनाइ बाख्रा चराउनका लागि लगेका बाख्रा घरतर्फ ल्याउँदै ज्येष्ठ । बाघले बाख्रा खान थालेपछि जोगाउनका लागि बाख्रा गोठबाट स्थानीय घरतर्फ ल्याउन थालेका छन् । 
तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट देखिएको हिमाल । मौसम खुलेको बेला यहाँबाट पाँच वटा हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । 

कैलालीको भजनीमा कर्मदेव–पडरिया कान्द्रा घाटमा स्थानीय व्यापारी भीम विकको रु ८५ हजार आर्थिक सहयोगमा काठे पुल निर्माण गर्दै । सो पुल निर्माणमा स्थानीय उज्यालो युवा क्लब भजनीका युवाले श्रमदान गरेका हुन् । 

 मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत दार्चुलाको महाकाली नगरपालिका– ९ दत्तुमा लगाइको टनेलभित्रको तरकारी खेती । दत्तुमा १८ वटा टनेलभित्र तरकारी खेती गरिएको छ  भने ३० परिवारले व्यक्तिगत टनेल राखेर तरकारी खेती थालेका छन् । यो कार्यक्रमअन्तर्गत चालू वर्षमा एक सय परिवार तरकारी खेतीमा आवद्ध गराइने जनाइएको छ । 
सप्तरीको कंचनरुप नगरपालिका– २  स्थित बरमझियामा एक पेडा पसलमा पेडा तयार गर्नका लागि  दूध घोट्दै मजदुर  । 

सप्तरीको राजविराजस्थित गजेन्द्र चोकमा थुपारिएको फोहर उठाउँदै नगरपालिकाका कर्मचारी ।

डोटीको दिपायल सिलगढी नगरपालिका–३ एर्पोट बजारमा रहेका पसलमा अनुगमन गर्दै अनुगमन समितिका पदाधिकारी । जिल्लामा दशैँ, तिहारको समयमा म्याद नाघेका अखाद्य बस्तु बिक्री वितरण हुने गरेको गुनासो आएपछि पसल अनुगमनलाई तिब्रता दिइएको छ ।
पोखरा फेवातालको छेउ किनारमा माछा मार्दै बालबालिका । उक्त ठाँउमा माछा मार्न अनुमति नभए पनि बालबालिकाहरु खुलेआम माछा मार्ने गरेका छन् । 

महाकाली नगरपालिकाको बाबाथानका युवा माछा मार्ने जाल बुन्दै । महाकाली नदीमा माछा मारेर बिक्री गरी आएको पैशाले जीविका चलाउने परिवारको संख्या यहाँ धेरै रहेको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ९ को माथिल्लो भेगमा रहेको बस्ती रजबास गाउँ । जहाँ मगर समुदायको मात्रै बसोबास रहेको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: