×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आश्विनको तेश्रो साता कुन बैंकले कस्ता प्रोडक्ट बजारमा ल्याए ? हेर्नुहोस् ‘विक्ली प्रोडक्ट रिपोर्ट’ (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

आश्विनको तेश्रो साता कुन बैंकले कस्ता प्रोडक्ट बजारमा ल्याए ? हेर्नुहोस् ‘विक्ली प्रोडक्ट रिपोर्ट’ (विवरणसहित)

१६ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। बैंकले आफ्नो ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्नको लागि नयाँ नयाँ प्रोडक्ट बजारमा ल्याउने क्रम जारी छ । आश्विन तेश्रो साता यी ७ बैंकले आफ्नो नयाँ प्रोडक्ट बजारमा ल्याएको छ।
ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिक रुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ ।
‘मेरी उनीलाई’ मुद्दति योजनाले, महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाता बाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन, सहयोग पुर्याउने बैंकले जनाएको छ ।
एकलाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ । यो मुद्दति योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकता अनुसार पटकपटक रकम थप गर्न पनि सकिने व्यवस्था छ ।
बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दति बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दश लाख भन्दा बढी रकमको मुद्दति खाता खोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ ।
यस योजना अन्तर्गत मुद्दति खाता खोल्ने ग्राहकहरुले होम लोनको प्रोसेसिङ्ग शुल्कमा शतप्रतिशत छुट पाउनुहुनेछ भने निश्चित रकमसहित मुद्दति खाता खोल्ने प्रतिवद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइनेछ । यो मुद्दति खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुशी ल्याउने र महिलाहरुलाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउने कुरामा पनि बैंक विश्वस्त रहेको छ ।
सानिमा बैंकको क्रेडिट कार्ड अनलाइनबाटै आवेदन दिन मिल्ने भएको छ । बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईन मार्फत् आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।
ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइटमा गई “क्रेडिट कार्ड आवेदन” मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्नेछन् । फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोन मार्फत गराइनेछ ।
क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुन्छ । यो सुविधा यही असोज ६ गतेदेखि संचालनमा ल्याएको बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्ता (ईएमआई) मा सामान खरिद गर्न सकिन्छ ।
सानिमा बैंकले डिजिटल बैंकिङ्ग प्रणालीलाई प्राथमिकता दिँदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधाहरु परिस्कृत रुपमा उपलब्ध गराउँदै आएको छ । सानिमा बैंकले हाल ८२ शाखा कार्यालय १५ विस्तारित काउन्टर तथा ८१ एटिएमबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
नबिल बैंकले दोश्रो बजारमा सेयर लगानीका लागि सस्तोमा ऋण दिने भएको छ । बैंकले वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा लगानीकर्ताहरुलाई सेयर कर्जा दिने भएको हाे ।
यससँगै लगानीकर्ताले नेप्सेमा कारोबार हुने सेयरहरु धितो राखी नबिल बैंकबाट ५० लाख रुपैयाँ अथवा सोभन्दा बढीको सस्तो ब्याजदरमा सजिलै सेयर धितो कर्जा पाउने भएका छन् ।
यससँगै, लगानीकर्ताले नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकको जुनसुकै शाखाहरुबाट सेयर धितो कर्जा पाउन सक्ने बैंकले जानकारी गराएकाे छ ।
प्रभु बैंक लि. ले “सहयात्रा समृद्दिको (Partnership for Prosperity” नामको कर्जा योजना आरम्भ गरेको छ । मुलतः नेपाल राष्ट्र बैँक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्य विधी, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपाल स“गको सहकार्यमा कोभिड – १९ को कारणले प्रभाबित र समस्यामा परेका सानाउधमी तथा व्यबसायी, स्वरोजगार उधमी, शिक्षीत बेरोजगारयुवा, बिदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यबसायमा सँलग्न उधमीहरुको बिधमान आर्थिक कठिनाईलाई व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरुका पेशा, उधम र व्यवसायहरुलाई पुन सुचारु गर्न सहयोग पुर्याउने लक्ष्यका साथ ल्याईएको हो ।
सहयात्रा समृद्दिको यो कर्जा योजना उक्त समुहलाइ आर्थिक उन्नति सहित जीवन भरको एउटा वित्तीय आधार र संयन्त्रतयार गर्ने एउटा प्रयास पनि हो । सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पो लगायतअन्य सार्वजनिक सवारी साधनहरुमा रोक लगाए सँगै विशेषगरी महिला सफाटेम्पो चालकहरु आर्थिक संकटका बिचबाँचिरहेका छन् । नियमित रुपमाभईरहेको आम्दानीगुमाउनु परेसँगै दैनिकरोजीरोटीको लागीआर्थिक जोहो गर्ननसक्दाअहिले निकै ठूलो आर्थिक दबाबकाबिचआफ्नो घरव्यवहार चलाउनउनिहरु बाध्य छन् ।
सानिमा बैंकले अनलाईनमार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । बैंकले मंगलबारदेखि लागु हुने गरी अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।
ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेभसाइटमा गई “क्रेडिट कार्ड आवेदन” मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्नेछन् । फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएको बारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोन मार्फत् गराइने बैंकले जनाएकाे छ ।
क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुने बैंकले जनाएको छ । बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ ।
एनआईसी एशिया बैंकले अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ । बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै उक्त व्यवस्था गरेको हो । बैंकले ग्राहकमैत्री एवं सुरक्षित रुपले वेवसाइट मार्फत उक्त अनलाइन कर्जा आवेदन प्रणालीको सुरुवात गरेको छ ।
यस बैंकले आफ्नो ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरुप आफ्नो सम्पूर्ण व्यवसायिक प्रक्रिया तथा क्रियाकलापलाई डिजिटलतर्फ परिमार्जन गर्न लागिपरेको अवस्थामा विद्यमान कर्जा आवेदन प्रक्रियालाई समेत अनलाइन माध्यमबाट सहजपूर्ण तरिकाले अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको हो ।
कर्जाको आवेदन अनलाइन दिन सकिने उक्त नवीनतम सुरुवातले बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्नुका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झटबाट समेत ग्राहकले मुक्ति पाउने बैंकले विश्वास लिएको छ ।
यसमार्फत ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफुले इच्छाएको कर्जाको आवेदन दिन सक्नेछन् । ग्राहकले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोत अनुसार कर्जा लिन सक्ने क्षमता निक्र्यौल गर्न सकिने व्यवस्था गरिएको छ भने कर्जा लिनका लागि योग्य भए नभएको देखाउनेछ र योग्य भएपश्चात् सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहकले सम्पूर्ण कागजात सोहीमार्फत अपलोड गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसपछि ग्राहकलाई कर्जा लिनका लागि छनौट गर्नुभएको बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधीले सम्पर्क गर्नेछन् र सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको छ । साथै, आवेदकको कर्जा स्वीकृतिको विभिन्न अवस्था बारेमा समेत यस बैंकले एसएमएस मार्फत जानकारी गराउँदै आएको छ र ग्राहकले बैंकको वेबसाइटमा गई लोन स्ट्याटस् समेत आफै ट्रयाक गर्न सक्नेछन् ।
बैंकको कुनै पनि कर्जा सम्बन्धी जानकारी लिनको लागि लोन टाइप गरी ३४४८८ मा एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी वा बैंकको वेबसाइटमा राखिएको फिडब्याक फर्ममा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।
मेगा बैंक नेपालले व्यावसायिक किसानहरुलाई प्राथमिकतामा राख्दै आज(असोज १६ गते)बाट ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ ।
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सुर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको शुभारम्भ गरेकी हुन् ।
स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुलमन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानहरुको समयानुकुल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको हो । किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले ‘मेगा किसान कार्ड’ ल्याएको मेगा बैंकले जनाएको छ ।
‘यो कृषि क्षेत्रमा नेपालकै नवीनतम् बैंकिङ सुविधा हो । ‘मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका कृषि सेवा केन्द्रहरुबाट खरिद गर्न सक्नेछन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने विश्वास पनि लिएका छौं ।’, मेगा बैंककी सीईओ खुञ्जेलीले भनिन् ।
व्यावसायिक कृषि तथा पशुपालन र महिला उद्यमीलाई यसअघि देखि नै प्राथमिकता दिंदै आएकोे मेगा बैंकले कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै किसानहरुको कृषि उत्पादकत्व वृद्धि गर्ने उद्देश्य लिएको छ । जसअनुसार यस अभियानलाई प्रभावकारी बनाउन मेगा बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनसँग सम्झौता समेत भइसकेको छ ।
किसानहरुको प्रबर्धन गर्दै प्राविधिक सहायता समेत गर्दै आएको आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरुलाई अनुदान ऋण लिन थप सहज हुने बैंकको विश्वास छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: