×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसानको रोजाइमा थ्रेसर मेशिन, खर्च र समयको बचत

PRIME CA

किसानको रोजाइमा थ्रेसर मेशिन, खर्च र समयको बचत

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
लमजुङ । खेताला लगाएर भित्र्याउँदै आएका लमजुङका किसान पछिल्लो समय आधुनिक थ्रेसर मेशिनतर्फ आकर्षित हुन थालेका छन् । थ्रेसर मेशिनले कम समय र लागतमै धान झाट्ने भएकाले किसानहरुको रोजाइमा थ्रेसर मेशिन पर्न थालेको हो । केही समयअघिसम्म शहरका ठूला फाँटमा मात्रै प्रयोग हुँदै आए तापनि पछिल्लो समयमा गाउँघरका किसानसमेत सो मेसिन प्रयोग गर्न थालेका छन् । जिल्लामा यतिबेला धान पाकेकाले धान काट्ने र झाट्नेमा किसान ब्यस्त भएका छन् । केही केही ठाउँमा किसानले परम्परागतरुपमा मान्छे र गोरुको सहायताले दाइँ हालिरहेका छन् । 
८० प्रतिशत किसानले काम गर्न सहज भएको थ्रेसर मेशिन नै प्रयोग गरेको बेँसीशहर नगरपालिका–११ रामचोकबेंसीका किसान ईश्वरराज सेढाईंले बताए । चौबिस मुरी बराबरको धान र पराल एक घण्टामै मेशिनले छुट्याएर सकायो, खर्च पनि जम्मा दुई हजार ७५० मात्र लाग्यो । यही कामका लागि १०-१२ जना खेतला आवश्यक पर्ने र ज्यालावापत झण्डै १० हजार खर्च हुने सेढाईंले बताए ।
थ्रेसरको प्रयोगले काम पनि छिटो, खर्च पनि कम समयको बचत, खेताला खोज्नुपर्ने बाध्यता हट्न थालेको किसानको भनाइ छ । थ्रेसर मेशिनले काम गर्दा पैसा र समयको बचत हुने भएकाले किसान थे्रसर मेशिनतर्फ किसानहरु आकर्षित भएका हुन् । जिल्लाको भोटेओडार, रामचोकबेँसी, सुन्दरबजार, फेदीकुना, राइनास, पाउँदी, भकुण्डेलगायतका फाँटमा थ्रेसर मेशिनबाटै किसानले धान पराल छुट्याउने गरेका छन् । 
त्यस्तै गत वर्षको तुलनामा जिल्लामा यस वर्ष धान उत्पादनमा समेत वृद्धि हुने कृषि ज्ञान केन्द्र कार्यालय लमजुङको अनुमान छ । कृषि ज्ञान केन्द्र कार्यालय कृषि अर्थविज्ञ मदन रेग्मीका अनुसार १४ हजार २४० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । केन्द्रका अनुसार यस वर्ष करिब १० हेक्टर क्षेत्रफल जमिनमा थप धान विस्तारसमेत भएको छ । यस वर्ष धान उत्पादनमा वृद्धि हुने देखेपछि जिल्लाका किसानहरु उत्साहित भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: