×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यावसायिक घाँसखेतीबाट मनग्य आम्दानी गर्दै प्युठानबासी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

व्यावसायिक घाँसखेतीबाट मनग्य आम्दानी गर्दै प्युठानबासी

Artha Sarokar

६ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्युठान । सरुमारानी गाउँपालिका–२ ददेरीका ५३ वर्षीय धनबहादुर कुमालले एक दशकदेखि घाँसखेती गर्दै आउनुभएको छ । करिव १६ वर्ष नेपाल प्रहरीको सेवामा बिताउनुभएका उहाँ रोजगारीका लागि चार वर्ष मलेशिया समेत बस्नुभयो । विदेशमा दुःख गर्नुुको साटो आफ्नै ठाउँमा केही गर्ने सोचसहित घर फर्किएर उहाँले विसं २०६८ जेठमा आठ सय गाँजबाट घाँसखेती शुरुआत गर्नुभएको हो । उहाँ भन्नुहुन्छ“बाँझोबारीमा परम्परागत रुपमा अन्नबाली लगाउँदा परिवार पाल्न गाह्रो भएपछि घाँसखेतीमा लागेँ । ” 
उहाँले विसं २०७१ मा हरियाली ताजा केरा तथा घाँस नर्सरी फार्म दर्ता गरी व्यावसायिक रुपमा घाँसखेती शुरु गर्नुभएको थियोे । “परम्परागत रुपमा खेती गर्दा ६ महिना पनि खान पुग्न छाडेपछि घाँसखेतीतर्फ आकर्षित भएँ” ,उहाँले भन्नुभयो,“अहिले घाँसखेतीबाट राम्रै आम्दानी लिएको छु । आफ्नै २० रोपनी क्षेत्रफल जग्गामा घाँस लगाएको छु । ” 
फार्ममा १४ प्रजातिका पाँच हजार घाँसका गाँज हुर्किएका छन् । उहाँले तत्कालीन भेटनरी कार्यालयबाट निःशुल्क रुपमा घाँस लिई उत्पादन शुरु गर्नु भएको थियो । फार्ममा हाल डाले तर्फ शितलेस, इपिलिपी, बगानो, भटमासे, नेपियर, सिओ फोर, सियो थ्री, सुपर नेपियर, मलाटो, पाँच फलामलगायतका घाँस रहेका छन् । 
फार्ममा उत्पादन भएका घाँसका बिरुवा बेच्नका लागि समस्या नभएको किसान कुमालले जानकारी दिनुभयो । उहाँका अनुसार घाँस खरिद गर्नका लागि ग्राहक घरमै आउने गरेका छन् । उहाँले उत्पादन गरेका घाँसका बेर्ना जिल्लासँगै छिमेकी जिल्ला रोल्पा, दाङ, बाँके, सुर्खेतलगायतका क्षेत्रमा खपतहुँदै आएको छ । 
रु दुई लाख ५० हजार लगानी भएको घाँसखेतीबाट आम्दानी सोचेजस्तै भएको उहाँले जानकारी दिनुभयो । “विदेशमा भन्दा यहाँ खुशी छु ”, उहाँले भन्नुभयो,“अन्यखेतीको तुलनामा घाँस खेती गर्न सहज छ ।” घाँसखेतीलाई वर्षमा एक पटक मलजल गरे पुग्ने उहाँको भनाइ छ । 
घाँसखेतीबाट उहाँले अघिल्लो वर्ष रु चार लाख ५५ हजार र चालु वर्ष २०७७ को हालसम्म रु दुई लाख ८२ हजार आम्दानी लिनुभएको थियो । साविकको जिल्ला पशुसेवा कार्यालय प्यूठान र किसानका लागि उन्नत बीउबिजन कार्यक्रम (केयूबिके)मार्फत घाँसको बीउ उपलब्ध भएको बताइएको छ । 
यस्तै सिँचाइका लागि पशुसेवा केन्द्र दाङले घाँस सिँचाइका लागि २०७६ मा रु पाँच लाखको ट्याङ््की अनुदानमा समेत दिएको थियो । ट्याङ्की भएपछि सिँचाइका लागि थप सहज भएको समेत उहाँले बताउनुभयो ।
घाँससँगै केराखेती
किसान कुमालले घाँससँगै केराखेती पनि गर्दै आउनुभएको छ । उहाँले तत्कालीन कृषि कार्यालयबाट ५० प्रतिशत अनुदानमा डेढ बिघा क्षेत्रफलमा मालभोग जातको पाँच हजार केरा लगाउनुभएको छ । उहाँले भन्नुभयो “अगिल्लो वर्ष रु एक लाख ६५ हजार र चालू आवमा रु एक लाख बराबरको केरासमेत बिक्री गरेँ । ”उत्पादित केरा घरबाटै खपत हुने गरेको उहाँको भनाइ छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी