×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा महको उत्पादन बढ्यो, मौरीपालक किसानहरु भन्छन् ‘कोरोनाले गर्दा महको व्यापार बढ्यो’ (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कैलालीमा महको उत्पादन बढ्यो, मौरीपालक किसानहरु भन्छन् ‘कोरोनाले गर्दा महको व्यापार बढ्यो’ (भिडियो रिपोर्ट)

Artha Sarokar

२७ मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
कैलाली । प्रतिकुल मौसमका कारण यस वर्ष महको उत्पादन बढेको मौरीपालक किसानहरुले बताएका छन् । उत्पादन बढेपनि माग भने धान्न नसकिएको किसानहरुको भनाई छ । कैलालीमा मात्रै वर्षेनी करिब १५ टन मह उत्पादन हुने भएपनि माग अनुसारको आपूर्ति नहुँदा भारतबाट मह आयात गर्नुपर्ने अवस्था छ । 
यस वर्ष मौसमले साथ दिदा मह उत्पादनका बृद्धी भएको छ । सितलहरहरु सुरु नभएको तथा मौसम सफा र न्यानो रहेकाले मौरीपालक सकसानहरुले ३ पटक सम्म मह निकालिसकेका छन् । यस वर्ष मह उत्पादनमा बृद्धी भएका बेला माग पनि बढ्ेको छ । कोरोना कहरका बिच महले शरिरमा रोग प्रतिरोधात्मक क्षमता अर्थात (इम्युनिटी पावर) बढाउने भन्दै सेवनकर्ताहरु बढेकाले माग धान्न गारो भएको मौरी पालक किसान घनश्याम पौडेल बताउनु हुन्छ ।
महको माग बर्सेनी बढ्दै गएको पनि छ । कृषि ज्ञानकेन्द्र धनगढीका अनुसार जिल्लामा उत्पादन भएको महले मात्रै माग धान्न नसक्ने भएकाले भारतबाट समेत आयत गरिदै आएको छ । जिल्लामा करिब २ सय कृषकहरुले मौरीपालन ब्यवसाय गरिरहेको र सरदर बार्षिक १५ टन सम्म मह उत्पादन भईरहेको ज्ञानकेन्द्रका प्रमुख खगेन्द्र प्रसाद शार्माले बताउनुभयो । 
नेपाली बजारमा महको माग धान्न तथा नेपाली युवाहरुलाई मौरी पालन ब्यवसाय तर्फ आकर्षित गरी आर्थिक उपार्जनमा सक्षम बनाउनु पर्ने आवश्यकता महसुस गरिएको छ । मौरीपालन व्यवसायलाई थप प्रवद्र्धन गर्दै उत्पादन संगै स्वरोजगार सृजना गर्न बिभिन्न सहयोग हस्तान्तरण, तालिम, गोष्ठी तथा प्रोत्सहानका कार्यक्रम सञ्चालन गरिरहेको ज्ञान केन्द्रका प्रमुख शर्माको भनाई छ । 
तराई क्षेत्रमा मौरी पालनका लागि तोरी खेती बाहेकका अन्य सिजनल र आवश्यक फलफुल जन्य कृषि उत्पादन नहुदा चुनौती भने बढेको देखिन्छ । जसका कारण मौरी बोकेर एक ठाउबाट अर्को ठाउमा जानु पर्ने समस्या थप जटिल बन्दै गएको कृषहरु बताउछन । सम्भाबित समस्यालाई मध्यनजर गर्दै मौरीपालन ब्यवसाय सञ्चालन गर्न सके मनग्य आम्दानी गर्न सकिने अवस्था देखिन्छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी