वीरगञ्ज । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि लकडाउन हुँदा वीरगञ्ज भन्सार कार्यालयले लिलामी प्रक्रिया अगाडि नबढाउदा करोडौं मूल्य बराबरको सवारी साधन नष्ट हुँदै गएको छ । अर्कोतिर लिलामीबाट आउने राजश्वसमेत गुम्ने अवस्थामा छ । आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म चोरीपैठारी निकासीमा प्रयोग भएका विभिन्न प्रकारका सवारी साधन प्रहरीले जफत गरी वीरगञ्ज भन्सार कार्यालमा बुझाउदा पनि हालसम्म सो सवारी साधन लिलाम हुनसकेका छैनन् । आर्थिक वर्षदेखि हालसम्म प्रहरीले मोटरसाइकल १०९, जीप, कार, भ्यान ५८, ट्रक, टिपर, पिकअप, ट्र्याक्टर तथा ढुवानी साधन ४९, तीनपाङ्गे्र सवारी साधन २४ गरी चार सय ४० थान सवारी साधन वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो । तर भन्सार कार्यालयले ती सवारी साधन लिलाम गर्न नसक्दा घाम, पानीमा नष्ट हुनथालेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
प्रहरीले विभिन्न मितिमा पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको भए पनि लामो समयसम्म रहेको लकडाउनका कारण ती सवारी साधनको मूल्याङ्कन हुन नसकेको स्वीकार्दैै भन्सार अधिकृत शैलेन्द्र अधिकारीले राससलाई भन्नुभयो, “अब स्थिति सामान्य भएकोले ती सवारी साधनको मूल्याङ्कन प्रक्रिया अगाडि बढाउने छौं ।”
कपडा गाडीलगायतका सामानबाहेक प्रहरीले पक्राउ गरी बुझाएको सवारी साधनको लिलामी प्रक्रिया नियमित रुपमा हुन नसकेको हो । विभिन्न समयमा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ गरी भन्सारमा बुझाइएका गाडी तत्काल लिलाम नहँुदा ती गाडी जीर्ण हँुदै गएका छन् । अहिले तत्कालै लिलामी प्रक्रिया अघि नबढाए भन्सारमा रहेका सवारी साधन घामपानीमा सड्ने, गल्ने भई पाटपूर्जा विग्रिने गरेको सम्बन्धित निकायले बताएका छन् । ती सवारी साधन तस्करीमा प्रयोग भएको, कतिपय सवारी साधनको कागजात दुरुस्त नभएको तथा भारतबाट विभिन्न सामानको तस्करी गरिरहेको अवस्थामा प्रहरीले जफत गरी भन्सार कार्यालयमा बुझाएको हो ।
यसैगरी भारत तथा तेस्रो मुलुकबाट झिकाइएको गाडीको जाँच पास नहुँदा त्यस्ता गाडीसमेत बिग्रिने गरेको व्यापारीले बताएका छन् । व्यापारीहरुले भारतबाट ८० प्रतिशत र तेस्रो मुलुकबाट २० प्रतिशत चारपाङ्ग्रे सवारी साधन ल्याउने गरेका छन् । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्