×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फलाम पिटेर जीविकोपार्जन गर्दै बाँकेका अधिकाशं परिवार, दुः ख गरे अनुसारको मूल्य नपाएको गुनासो ! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
बाँके । बाँकेको बैजानाथ गाउँपालिकामा आरन पेशा अंगालेर जीविको पार्जन गर्ने परिवारको संख्या धेरै छ । आरन पेशा गर्नेहरुले गाउँकै मानिसहरुको बालिघरे बस्ने र वर्षभर फलामको काम गरेबापत ज्यालाको रुपमा अन्न लिने प्रचलन छ । यसरी काम गर्दा जीवन निर्वाह भएपनि अतिरिक्त बचत नहुँदा समस्या हुने गरेको गुनासो आरन पेशा अंगाल्नेहरुको छ । 
बाँकेको बैजानाथ गाउँपालिका ८ का प्रेम बहादुर विकले ३५ बर्ष देखि फलामका औजारहरु बनाएर जीवन यापन गर्दै आउनु भएको छ । आफ्नो जीवन निर्वाह गर्न बालीघरे (खलो) प्रथामा फलामका सामाग्री बनाउने र त्यसको सट्टामा ज्याला स्वरुप अन्न लिने गरिन्छ विकले अहिले करिब १ सय घरधुरीको फलाम पिट्ने काम गर्दै आउनुभएको छ । लामो समयदेखि आरन पेशा अपनाउनुभएका विकले जीवन निर्वाह बाहेक जीवनका कुनै परिवर्तन नआएको गुनासो गर्नुभयो । वर्षभरी काम गरेबापत अन्नपात ल्याएर परिवार पाल्नु बाहेक अन्य कुनै प्रगति नभएको यहाँको भनाई छ । एसएलसी उर्तिण गर्नुभएका विकले आरन पेशालाई व्यवसायीक बनाउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
बैजानाथ गाँउपालिकाकै बिन्दु सुनारले पनि विगत २७ वर्षदेखी फलाम पिट्ने काम गर्दै आउनुभएको छ । उहाँले पनि बालीघरे प्रथा अनुसार नै ज्यालाको रुपमा अन्न लिनुहुन्छ । आरन पेशाबाट घरमा .खाने कुराको अभाव नभएको तर दुःख गरे अनुसारको मूल्य नपाएको गुनासो उहाँको छ । यस्तै पछिल्लो समय निकुञ्ज स्थापना भएपछि फलाम पोल्ने गोल पाउनै मुस्किल भएकोले आरन पेशा संकटमा पर्न लागेको गुनासो समेत गर्नुभयो ।
बाँके जिल्ला भित्र अहिले पनि बालीघरे प्रथामा आरन काम गर्ने दर्जनौ छन । वर्षभरी काम गर्ने र त्यसको ज्याला स्वरुप अन्नपात ल्याउने भएकाले उनीहरुको जीवनमा कुनै परिवर्तन भने आएको छैन । बालीघरे प्रथाबाट श्रम अनुसारको मूल्य पाउन नसक्ने भएकाले यो पेशालाई आधुनिकीकरण र व्यवसायीक बनाई नगदमा कारोबार गर्ने व्यवस्था गर्न धेरै परिवारको जीवनमा परिवर्तन आउनेछ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: