×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ अर्थतन्त्र पछिल्लो समय सुस्ताउँदै, जीडीपी ४ दशकयताकै सबैभन्दा कम

PRIME CA

चिनियाँ अर्थतन्त्र पछिल्लो समय सुस्ताउँदै, जीडीपी ४ दशकयताकै सबैभन्दा कम

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

बेइजिङ । चिनियाँ अर्थतन्त्र पछिल्लो समय सुस्ताउँदै गएको छ । चार दशकदेखिको तथ्यांक हेर्दा कूल गर्हास्थ उत्पादन निकै धिमा गतिमा बढिरहेको देखिन्छ । सन् २०२० मा चीनको जीडीपी चार दशकयताकै सबैभन्दा कम रहेको पाइएको छ । गत सोमबा सार्वजनिक भएको तथ्यांक अनुसार कोरोना संकटका कारण विश्वभरको अर्थतन्त्र नै तहसनहस भएको स्थितिमा चिनियाँ अर्थतन्त्रमा सुधार हुने कुनै संकेत भने देखिएका छैनन् ।
सन् २०१९ को डिसेम्बर अन्तिममा चीनबाट सुरु भएको कोरोना महामारीले विश्‍वभरको अर्थतन्त्रमा चोट पुर्‍याएको छ भने स्वास्थ्य प्रणालीलाई कमजोर पारिदिएको छ । यही क्रममा विश्‍वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनमा पनि कोरोना नियन्त्रणमा लागि जारी गरिएका लकडाउन र अन्य प्रतिबन्धात्मक उपायहरुका कारण अर्थतन्त्रले उक्सिने मौका पाएन । गत वर्ष चीनको राष्ट्रिय तथ्यांक विभाज (एनबीएस) ले महामारीको ‘ठूलो असर’ का कारण ‘देश र विदेश दुबैमा गम्भीर र जटिल वातावरण’ सिर्जना भएको बताएको थियो । सन् २०१९ मा ६ प्रतिशतले वृद्धि भएको चिनियाँ अर्थतन्त्र सन् २०२० मा २.३ प्रतिशतमा खुम्चिएको छ ।
यो चार दशकयताकै कम भएको चिनियाँ अर्थशास्त्रीहरुले बताइरहेका छन् । अर्थशास्त्रीहरुले देश कमजोर घरेलु माग र व्यापार तनावबाट प्रभावित हुँदा अर्थतन्त्र खुम्चिएको बताएका छन् । १३ वित्तीय संस्थाका विश्लेषकहरूको भने एएफपी सर्वेक्षणले यो पूर्वानुमानभन्दा राम्रो भएको बताएका छन् । २०२० को अन्तिम तीन महिनामा, चीनको आर्थिक सुधार भए पनि त्यो पर्याप्त भने हुन नसकेको बताइएको छ । यसले महामारीभन्दा अघिको समयजस्तो अवस्थामा फर्काउन नसक्ने बताएका छन् । एनबीएस कमिश्नर नि जिजेले पत्रकारलाई चीनको आर्थिक सुधारको आधार ‘अझै निश्‍चित’ भइनसकेको बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: