×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनले सिन्जियाङमा लाखौं अल्पसंख्यक उइगर मुस्लिमहरुलाई हिरासतमा राखेर यातना दिइरहेको खुलासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चीनले सिन्जियाङमा लाखौं अल्पसंख्यक उइगर मुस्लिमहरुलाई हिरासतमा राखेर यातना दिइरहेको खुलासा

Artha Sarokar

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बेइजिङ । चीनले सिन्जियाङमा लाखौं अल्पसंख्यक उइगर मुस्लिमहरुलाई हिरासतमा राखेर यातना दिइरहेको छ । यातना शिविर भएको उक्त क्षेत्रमा चीनले धार्मिक र सांस्कृतिक सफायाअन्तर्गत मानिसहरुलाई नियन्त्रणमा लिएर यातना दिने काम गरिरहेको छ । फ्रान्सबाट पक्राउ गरेर चीनको सिन्जियाङमा हिरासतमा राखिएको एक महिला हिरासत मुक्त भएपछि यातना शिविरमा भोगेका पीडाहरुलाई आफ्नो पुस्तकमार्फत सार्वजनिक गरेकी छन् । उनलाई फ्रान्सबाट नियन्त्रणमा लिइयो, उनलाई सोधपुछ मात्रै गरिएन, चरम दुर्व्यवहारसमेत गरियो ।
उनले बेइजिङले सञ्‍चालन गरिरहेको हिरासत शिविरहरुमा बाह्य संसारजस्तो जीवन–मृत्यु नहुने आफ्नो पुस्तकमा लेखेकी छन् । चीनले उक्त शिविरहरुलाई पुनर्शिक्षा शिविरको नाम दिएको छ । उक्त हिरासतमा तीन वर्ष बिताएकी गुलबहार हाइटीवाजीले भनिन्, ‘बाहिर संसारमा भएजस्तो जीवन र मृत्यु हिरासत शिविरमा भने छैन । सयौं पटक मर्नुपर्छ । जब शिविरमा रहेका गार्डहरुले हामीलाई लात्ताले हिर्काउछन्, त्यो पीडा अहिले बयान गर्न सकिँदैन ।’ गुलबहार हैतिवाजी आफ्नो पुस्तकमा लेख्छिन्, ‘जब त्यहाँ रहेका गार्डले एक हातले मेरो कपाल तानेर पर्छाछन् र अर्को हातले मेरो पाखुरा समात्छन् अनि म आँखा बन्द गर्छु र मृत्यु भएको महसुस गर्छु ।’
जनवरी १३ मा फ्रान्समा उनको पुस्तक सार्वजनिक गरिएको हो । दुई छोरीकी आमा रहेकी उनले भोगेको यातना, भोक, जबरजस्तीको बाँझोपन र जबरजस्तीकरणीबारे उल्लेख गरेकी छन् । बेइजिङले २०१७ मा आतंककारी गतिविधि नियन्त्रणमा लिने अभियानस्वरुपमा त्यहाँ मानिसहरुलाई हिरासतमा राख्‍न सुरु गरेको थियो । ‘आतंकवादको बिरूद्ध युद्ध’ को आडमा हाल सिन्जियाङमा योजनाबद्धरुपमा नरसंहार अभियान चलिरहेको छ । पेसाले इन्जिनियर रहेकी हाइटीवाजीले मानिसहरु बेपत्ता भएको र चीनले मानवअधिकारविरोधी गतिविधि गरेको भनेपछि पक्राउ परेकी थिइन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी