×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण तेस्रो जलविद्युतका मजदूरहरुले डेढ वर्षसम्म पनि पाएनन् तलब

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अरुण तेस्रो जलविद्युतका मजदूरहरुले डेढ वर्षसम्म पनि पाएनन् तलब

Artha Sarokar

२० फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले डेढ वर्षदेखि भुक्तानी नदिँदा मजदूर समस्यामा परेका छन् । आयोजनाको काम सम्झौताअनुसार सम्पन्न गरेको डेढ वर्ष बितिसक्दासमेत भुक्तानी नपाएको रौताहा कन्स्ट्रक्सन कम्पनीका निर्देशक भीमबहादुर थापाले जानकारी दिनुभयो ।
अरुण तेस्रो आयोजनाको ड्याम साइडमा भारतीय पटेल इञ्जिनीरिङ लिमिटेडले काम गरिरहेको छ । सोही कम्पनीसँग रौताहा कम्पनीले रु २० करोडको पेटी ठेक्कामा काम गरेको थियो । त्योमध्ये रु १७ करोड अरुण तेस्रोले भुक्तानी दिएको तर रु एक करोड ४९ लाख ९० हजार ६६ भुक्तानी लिन बाँकी रहेको निर्देशक थापाले बताउनुभयो ।
काम सम्पन्न गरेर पटकपटक भुक्तानीका लागि धाउँदा पनि भुक्तानी गर्न आलटाल गरिरहेको उहाँले बताउनुभयो । गत कात्तिक १ गते रु ८६ लाखको भ्याट बिल काटेर पनि अहिलेसम्म भुक्तानी नपाएको निर्देशक थापाले बताउनुभयो । रौताहा कम्पनीले अरुण तेस्रोमा विसं २०७५ भदौदेखि काम शुरु गरी २०७६ साउनभित्र तोकिएबमोजिमको काम सम्पन्न गरेको छ ।
आयोजनाको काम सम्झौताअनुसार सम्पन्न गरेर भुक्तानी माग गर्दासमेत बेवास्ता गरेपछि मजदूरलाई भुक्तानी दिन नसकिएको र बैंकले समेत धितो लिलाम गर्ने अवस्था सिर्जना भएको निर्देशक थापाको भनाइ छ । फ्याक्सिन्दा ड्याम साइडदेखि सुन्तले ब्रिज निस्कने अडिट दुईदेखि अडिट तीन जोड्ने क्षेत्रमा काम गरेको पैसा हालसम्म भुक्तानी नदिएको रौताहा कन्स्ट्रक्सनका निर्देशक थापाले बताउनुभयो ।
सुरक्षागार्डले दुई वर्षदेखि भुक्तानी पाएनन्
अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसमा काम गर्ने सुरक्षागार्डले दुई वर्षदेखि तलब नपाएको गुनासो गरेका छन् । आयोजनाले गरुड सुरक्षागार्ड कम्पनीका सुरक्षागार्डलाई दुई वर्षदेखिको भुक्तानी नदिएको गरुड सुरक्षागार्ड कम्पनीका प्रदेश नं १ का प्रमुख देवराम राईले जानकारी दिनुभयो ।
अरुण तेस्रोले दुई वर्षदेखि सुरक्षागार्डलाई भुक्तानी नदिएको प्रमुख राईले बताउनुभयो । अरुण तेस्रोले रु नौ लाखभन्दा बढी रकम भुक्तानी नदिएको उहाँले जानकारी दिनुभयो । अरुण तेस्रोमा अन्य निर्माण कम्पनी र मजदूरलाई समेत समयमा तलब, भत्ता नपाएको बताइएको छ । अरुण तेस्रोले समयमा पारिश्रमिक र काम गरेको पैसा नदिएको भन्दै पटकपटक आन्दोलन हुने गरेको छ ।
अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय एसजेविएन सतलज कम्पनी गरिरहेको छ । उक्त अरुण तेस्रो जलविद्युत् आयोजना मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा ड्यामसाइट र चिचिला गाउँपालिका–३ पुखुवामा पावारहाउस निर्माण भइरहेको छ । उक्त अरुण तेस्रो परियोजनामा कूल रु एक खर्ब ४४ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । सन् २०२३ भित्र आयोजना निर्माण सम्पन्न हुने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी