×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीनलाईफ ऋण काण्ड : सीइओले ‘डकुमेन्टहरु लुकाउन’ खोजेपछि राष्ट्र बैंकले यसरी सोधेको थियो स्पष्टीकरण…

PRIME CA

ग्रीनलाईफ ऋण काण्ड : सीइओले ‘डकुमेन्टहरु लुकाउन’ खोजेपछि राष्ट्र बैंकले यसरी सोधेको थियो स्पष्टीकरण…

२१ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । यतिबेला बैंक अफ काठमाण्डूको १३ बर्षअघिको ऋण काण्ड । नेपाल राष्ट्र बैंकले उक्त ऋण उठाउन निर्देशन दिएपछी अहिले यो प्रकरण । तर सो ऋणको छानविनका क्रममा नेपाल राष्ट्र बैंकले दिएको निर्देशन बिओकेका सीइओले नमानेपछि नेपाल राष्ट्र बैंकले उनलाई कारवाहीको नगर्ने कारणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको गोप्य पत्र अर्थ सरोकार डटकमले फेला पारेको छ । यसअघि सो ऋणसँग सम्बन्धित अन्य केहि डकुमेन्टहरु अर्थ सरोकार डटकमले समेत सार्वजनिक गरेको थियो । तर बैंकका एक उच्च अधिकारीले नै सीइओलाई बचाउ गर्ने र अरुलाई नराम्रो देखाउने डकुमेन्टमात्र मिडियामा आएको भन्दै सीइओ पन्तले राष्ट्र बैंकको निर्देशन नटेरेको तथ्यसहितको राष्ट्र बैंकले सोधेको पत्र अर्थ सरोकारलाई उपलब्ध गराएका हुन् ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्रीले २०७७ साल माघ २८ गते बैंकका सीइओका नाममा लेखेको पत्रमा उनलाई राष्ट्र बैंकले सोधेअनुसारको डकुमेन्टहरु उपलब्ध नगराएको हुँदा राष्ट्र बैंक ऐन अनुसार उनलाई कारवाही नगर्नुपर्ने कुनै कारण भए १५ दिनभित्र स्पष्टीकरण  पेश गर्नू भनी पत्र लेखेको थियो । उक्त पत्रको जवाफमा सीइओ पन्तले स्पष्टीकरण त बुझाएका छन्, तर सो स्पष्टीकरण चित्तबुझ्दो भयो वा भएन भन्ने विषयमा राष्ट्र बैंकमा छलफल अझै पनि जारी रहेको स्रोतको दाबी छ ।   


अन्य बैंकरले पनि अजय श्रेष्ठकै नियति भोग्ने खतरा !    
अजय श्रेष्ठसहितका बैंकरहरुलाई अनुसन्धानका लागि बिओकेले सीआइबी गुहारेपछी बैंकका पूर्व सीइओ अजय श्रेष्ठलाई प्रहरीले । त्यसपछि यो प्रकरणले नेपाली बैंकिङ क्षेत्र तातेको थियो भने बैंकिङ कसुरकै केहि प्रावधानहरु सच्याउनुपर्ने मागसमेत उठेको थियो । तर अव पुन: बैंकरलाई जेल कोच्ने गरी केस अगाडी बढेको देखिएको छ । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत सिईओ पन्तले तत्कालीन बैंक अफ काठमाण्डौले ग्रिनलाईन इन्टरनेशनल प्रा लिलाई प्रवाह गरेको कर्जा असूली हाल नभएको कारण बैंकका तत्कालीन पदाधिकारीहरूलाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरोमा लेखीपठाउने प्रक्रिया अगाडी बढेको छ । यो प्रकरणमा सीइओ पन्तले नै प्रक्रिया अगाडी बढाएको बैंकका उच्च अधिकारीहरुको तर्क छ । तर पन्त भने राष्ट्र बैंकले नै यो विषयमा चासो देखाएकाले प्रक्रिया अगाडी बढेको बताउँदै आएका छन् ।
‘झट्ट हेर्दा राष्ट्र बैंकले चासो देखाएको जस्तो देखिन्छ । तर सीइओ सापले नै यो केस अगाडी बढाएको प्रमाण हामी अर्थ सरोकार डटकमलाई दिंदै जानेछौं । बैंकका पूर्व कर्मचारीहरुलाई फसाउँदै जाने, अनि मिडियामा चाहिं आफुलाई राष्ट्र बैंकले सोधेको स्पष्टीकरणचाहिं लुकाएर अरु पत्र बाहिर दिने काम भएको छ । मुख्य कुराचाहिं अजय श्रेष्ठजस्तै अन्य बैंकरहरु पनि जेल पर्ने खतरा देख्दादेख्दै त्यहि काम गर्छु भन्दै सीइओ लागेको देखिन्छ ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार रादेश पन्तलाई जेल कोच्ने, बैंकका एक अर्का संचालकलाई फसाउने रणनीति अनुसार सीइओ अगाडी बढेका छन् ।   ‘स्वच्छ छविका हालका गभर्नर माहाप्रसाद अधिकारीलाई झुठो लान्छना लगाई घुमाउरो पारामा व्यक्तिगत रिसईवि निकाल्नको लागि यो प्रपन्च रचेको हो भन्ने प्रचार गर्न खोजिएको छ । तर यसमा महाप्रसाद अधिकारीको कुनै बदनियत छैन भन्ने कुरामा अधिकांस बैंकर ढुक्क छन् ।’ उनले भने ।  
राष्ट्र बैंकभित्र पनि मिस्रित चर्चा, मिस्रित प्रतिक्रिया
यता अर्थ सरोकारलाई प्राप्त सीइओ पन्तले राष्ट्र बैंकमा बुझाएको पत्रमा सो केस हुँदा आफु बैंकमा नै नरहेको दाबीसहितको स्पष्टीकरण । उनले आफुले कहिल्यै यस्तो विषयमा गल्ती नगर्ने उल्लेख गर्दै आफ्नो बचावट गरेका छन् । तर सो स्पष्टीकरण चित्तबुझ्दो भयो कि भएन भनेर राष्ट्र बैंकमा समेत छलफल सुरु भएको छ । ‘एकाथरीले उनले स्पष्टीकरण बुझाएकाले अव यो केस के हो त्यसमा फोकस गरौँ भनिरहेका छन् भने राष्ट्र बैंकभित्रै पनि अर्काथरीले बर्षको ३ करोड चानचुन सुविधा लिएको सीइओले कर्जा उठाउन छोडेर, त्यो बेला म बैंकमै थिइन भन्न मिल्छ र ? भन्ने तर्क दिएको राष्ट्र बैंक स्रोतको दाबी छ । ‘यसअघि पनि धितो हुँदा हुँदै नक्कली भनिएको धितो बाहेक अन्य बाट ऋण असुल गर्नुको सट्टा कर्मचारीलाई जेल कोच्ने गरी प्रक्रिया अगाडी बढाउने बैंकलाई छोड्नु हुँदैन भन्ने तर्क पनि राष्ट्र बैंकबाट नै सुरु भएको छ ।   
पटक पटक विभिन्न यस्ता प्रकरण आइरहेको र धेरै ऋण डुबेको स्थितिका बीच बिओकेका सीइओसहित संचालकलाई बर्खास्त गरी उक्त व्यवस्थापन राष्ट्र बैंकले लिनुपर्ने धारणासमेत राष्ट्र बैंकभित्रैबाट आएको छ । यता बैंकका सीइओ पन्तले भने आफ्नो कार्यकालमा सार्है राम्रा कामहरु भएको तर्क गर्दै आएका छन् । उनले लाभांशको कुरालाई जोडेर आफुले नतिजा देखाईदिएको दाबी यसअघि अर्थ सरोकार डटकमसँगको कुराकानीमा गरेका थिए । तर उक्त लाभांश बैंकले गरेको नाफाबाट नभई बैंकले सम्पत्तिहरु बेचेर बिक्री गरेको नाफाबाट दिएको समाचार यस अघि नै सार्वजनिक भइसकेको छ ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: