×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थलिएको पर्यटन उठाउन पर्यटकीय गाउँमा ‘हाइकिङ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

थलिएको पर्यटन उठाउन पर्यटकीय गाउँमा ‘हाइकिङ’

Artha Sarokar

८ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

गलकोट । कोरोना भाइरसका कारण थलिएको ग्रामीण पर्यटनलाई लयमा फर्काउन पर्यटकीय गाउँ भकुण्डेमा एक दिने पदयात्रा गरिएको छ । जिल्लाको पहिलो घरबास रहेको भकुण्डेमा कोरोनाका कारण आन्तरिक पर्यटक आउन छाडेपछि अहिले उक्त गाउँ सुनसान छ । कोरोनाका कारण थलिएको पर्यटन उकास्नका लागि प्रचारप्रसार अभियानअन्तर्गत बागलुङ बजारदेखि भकुण्डेको बराहतालसम्म हाइकिङ गरिएको छ । समाजिक कार्यमा सक्रिय रोट्र्याक्ट क्लब अफ बागलुङले सञ्चालन गरेको रोट्र्याक्ट सप्ताहको दोस्रो दिन पर्यटकीय गाउँमा हाइकिङ गरिएको क्लबका अध्यक्ष ताराप्रसाद शर्माले जानकारी दिनुभयो ।
“कोरोनाले थलिएको पर्यटन व्यवसायलाई उकास्नका लागि हाइकिङ गरिएको हो”, शर्माले भन्नुभयो “जिल्लाकै पहिलो ग्रामीण पर्यटनको केन्द्रको रुपमा चिनिएको भकुण्डेको प्रचारप्रसार र पर्यटकको आगमन बढाउनेछ ।” दुई घण्टाको पैदलयात्रामा बराहताल पुगेको हाइकिङमा सहभागी सुस्मिता केसीले जानकारी दिनुभयो । उहाँले बजार नजिकै रमणीयस्थान हेदै पदयात्रा गर्दा निकै आनन्द भएको बताउनुभयो । शर्माले हाइकिङपछि भकुण्डे पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा रहेको जनाउनुभयो । भकुण्डेको बराह ताल, दृश्यावलोकन स्तम्भ तथा मनोरम दृश्य र जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेकाले यसलाई हाइकिङको रुटका रुपमा विकास गर्न आवश्यक रहेको हाइकिङमा सहभागी सौरभ केसीले जानकारी दिनुभयो ।
यही चैत १२ गतेसम्म विभिन्न रचनात्मक तथा सामाजिक कार्यका साथ सप्ताह सञ्चालन गरेको क्लबले जिल्लाको पर्यटन प्रवद्र्धन गर्नका लागि हाइकिङ गरेको हो । क्लबका अध्यक्ष शर्माको नेतृत्वमा २१ जनाको समूह उक्त एक दिनको पदयात्रामा सहभागी भएको क्लबले जनाएको छ । भकुण्डेमा स्थानीय उत्पादनबाट बनेको खाना तथा आतिथ्यताका लागि घरबाससमेत सञ्चालनमा रहेको छ । साताव्यापी रुपमा हुने कार्यक्रमअन्तर्गत तेस्रो दिन आज बानपा– ४ उपल्लाचौरमा रहेको उपल्लाचौर आधारभूत विद्यालयमा फस्टएड बक्स वितरण गरिने सप्ताहका मूल संयोजक सौरभ केसीले जानकारी दिनुभयो । त्यसैगरी चैत ९ गते नेपाल पत्रकार महासङ्घ बागलुङ र रोट्र्याक्ट क्लब अफ बागलुङकाबीचमा मैत्रीपूर्ण फुटसल, १० गते बोर्ड व्यस्थापन, ११ गते दुर्घटना न्यूनीकरणका लागि सहयोग पु¥याउन मोटरसाइकल र स्कुटरमा सन्देशमूलक स्टिकर टाँस गर्ने र १२ गते छात्रवृत्ति वितरणसहित समापन गरिने केसीले जानकारी दिनुभयो ।
चमेरे गुफामा आन्तरिक पर्यटक
कोरोना महामारीमा थला प¥यो पर्यटन क्षेत्र । पर्यटक नै घरमा थन्किएपछि पर्यटकीय क्षेत्रमा झारपातको राज थियो । दुबो पलाउन थालेको थियो, ससाना बिरुवाले मुना हाल्दै थिए । बडीगाड गाउँपालिका–५ मा रहेको चमेरे गुफाले पनि कोरोना महामारीको मार व्यहोर्यो । लामो समय पर्यटक नदेखिएको गुफामा झण्डै एक वर्षको अन्तरालपछि अहिले भने केही पर्यटक देखिन थालेका छन् ।
वडा नं ५ को ग्वालीचौरस्थित सो गुफाको नाम ‘करुण चमेरे गुफा’ राखेर पर्यटकीय गन्तव्य बनाउने गरी अभियान थालिएको थियो । गाउँपालिकाले समुद्री सतहदेखि एक हजार ५३१ मिटरको उचाइमा रहेको गुफा वरपर भौतिक पूर्वाधार विकास गरिरहेको छ । गुफा परिसरमा पूर्वाधार निर्माणसँगै घुम्न आउने आन्तरिक पर्यटक बढेका छन् ।
गुफाभित्र विभिन्न प्रजातिका चमेरा रहेकाले गुफाको नाम चमेरे गुफा राखिएको वडाध्यक्ष अर्जुन खरेलले बताउनुभयो । उहाँले गुफामा चार प्रजातिका चमेरा पाइने बताउनुभयो । एक सय ५० मिटरभन्दा लामो यो गुफा पछिल्लो पटक भएका केही प्रचार र प्रयासले चर्चामा आउन थालेको छ । कोरोना महामारीपछि यो गुफामा बिस्तारै आन्तरिक पर्यटक देखिन थालेका छन् । लामो प्राकृतिक गुफा र त्यहाँभित्र रहेका मनोरम दृष्यले पर्यटकको मन लोभ्याउने गरेको छ । मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले सो गुफा गाउँपालिकाको पर्यटनको मुख्य आधार हो । चमेरे गुफाका लागि गाउँपालिकाले रु ४० लाख खर्चेको थियो । त्यसको उपलब्धि विस्तारै देखिन थालेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा बताउनुभयो ।
पछिल्लोपटक चमेरे गुफामा गण्डकी प्रदेश सरकारको समेत आँखा पुगेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पूर्वाधार बनाउन भनेर रु २० लाख लगानी गरेको छ । -रासस
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी