×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइक्यानकै पूर्वअध्यक्षको गैरकानुनी हर्कत छताछुल्ल ! कारवाहीको प्रक्रिया अगाडी बढ्यो… (प्रमाणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आइक्यानकै पूर्वअध्यक्षको गैरकानुनी हर्कत छताछुल्ल ! कारवाहीको प्रक्रिया अगाडी बढ्यो… (प्रमाणसहित)

२६ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आइक्यानका पूर्वअध्यक्षसमेत रहेका चार्टड एकाउन्टेन्ट महेश खनालले आइक्यानको प्रचलित नियम, कानुनविपरित काम गरेको खुलासा भएको छ । आफैंले अडिट गरेको कम्पनीको, आफैंले तयार गरेको लेखापरिक्षण प्रतिवेदनभन्दा फरक र झुटो विवरण देखाएर ‘इन्भेष्टिगेटर’का रुपमा काम गरी एकातर्फ कन्फ्लिट अफ इन्ट्रेष्टमा काम गरेको र अर्कोतर्फ झुटो प्रतिवेदन बुझाएर आइक्यानले तोकेको ‘कोड अफ इथिक्स’ विपरित काम गरेको भन्दै उनीविरुद्ध उजुरी परेपछि आइक्यानले सो उजुरीका विषयमा थप अध्ययन गरेको थियो ।
अध्ययनका क्रममा सिए खनालले गलत काम गरेको प्रारम्भिक पुष्टी भएपछी यो केस प्रक्रियाअनुसार अनुसाशासन समितिमा लैजाने एजेन्डा आइक्यानको काउन्सिलमा पुगेको थियो । काउन्सिलले उक्त केस अनुशासन समितिमा लैजानेगरी निर्णय गरेको छ । र अन्तत: अव यो केस आइक्यानको अनुसाशन समितिमा पुगेको छ । काउन्सिलले समितिमा पठाएको ७५ दिनभित्र यो केसको छिनोफानो भइसक्नुपर्ने कार्यविधि छ ।
यस्तो छ आइक्यानको प्रारम्भिक निष्कर्ष :
एम खनाल एण्ड कम्पनीमार्फत महेश खनालले नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडको आफैंले लेखापरीक्षण सम्पन्न गरेको आव २०६८-६९, २०६९-७० र २०७१-७१ अवधि समेत पर्नेगरी आर्थिक प्रलोभनमा परी आर्थिक बर्ष २०६६-६७ देखि आर्थिक वर्षा २०७१-७२ को हरहिसाब छानविन गर्ने अनुबन्धसमेत स्वीकार गरी आफैंले तयार गरेको पूर्व प्रतिवेदनहरु समेत विपरित हुनेगरी रु १२,३५,९६,५०४.५४ हिनामिना भएको भन्ने झुटो छानविन प्रतिवेदन दिएको कारणले ‘कन्फ्लिट अफ इन्ट्रेष्ट’ हुनेगरी काम गरेको, छानविन प्रतिवेदन तथ्यगत त्रुटीपूर्ण रहेको, छानविन प्रतिवेदनमा आव २०७२-७३ को डिमाण्ड लोनलाई आर्थिक बर्ष २०७१-७२ को लोन भनी झुटो कुरा उल्लेख भएको, बैंक दाखिला भएको रकमलाई बैंकमा दाखिला नभएको भनिएको, प्रचलित कानुनद्वारा तोकिएको आचरण पालना नगरी मोलाहिजा गरी छानविन प्रतिवेदन दिएको लगायतका तथ्यलाई टेकेर उनीउपर थप छानविन गरी कारवाही प्रक्रिया अगाडी बढाउनका लागि आइक्यानको काउन्सिलले उनको केस अनुशासन समितिमा पठाउने निर्णय गरेको हो ।
ठुला माछामाथि कारवाही होला त ?
आइक्यानकै अध्यक्ष भइसकेको व्यक्तिमाथि कारवाही हुनु सानो कुरा पक्कै होइन । त्यसमाथि उनी एकाउन्टिङ स्ट्याण्डर्ड बोर्डका अध्यक्षसमेत छन् । तर आइक्यानले यसपाली हिम्मत नै गरेर महेश खनालको केस अनुशासन समितिमा लगेको छ । उजुरी परेको थुप्रै समय भएपनि आइक्यानभित्र सो उजुरी लुकाएर राखेको आरोप लाग्दै आएको थियो । यसो त आइक्यानले उक्त उजुरीउपर अध्ययन गर्न थालेपछि महेश खनाल सामाजिक संजालमा आइक्यान अध्यक्षलाई लक्षित गर्दै गालीगलौजमा उत्रिएको आरोपसमेत लाग्दै आएको थियो ।
‘महेश खनालले गलत गरेको प्रारम्भिक पुष्टी भइसकेको छ । अव र्पक्रियाका लागि हामीले अनुशासन समितिमा पठाएका छौं । अनुशासन समितिले प्रतिवेदन बुझाएपछि उनलाई कारवाही के गर्ने भन्ने निर्णय हुन्छ ।’ आइक्यानका एक काउन्सिल सदस्यले भने, ‘अव उनलाई कारवाही गरेर पेशाको शुद्धिकारण गर्ने कि आफ्ना भनेर बचाउने भन्ने कुरा अनुशासन समितिका अध्यक्ष कृष्ण आचार्यको हातमा छ । खनालजीले ‘कन्फ्लिट अफ इन्ट्रेष्ट’ हुनेगरी काम गरेको र झुटो प्रतिवेदन बनाएको भन्ने तथ्य आइक्यानको प्रारम्भिक अध्ययनमा देखिएको छ ।’
राजश्री हुमगाइको केस र महेश खनालको केस एकैपटक अनुशासन समितिमा पुगेको स्मरण गर्दै उनले भने, ‘राजश्री हुमागाईं र महेश खनालको केस एकैपटक अनुशासन समितिमा पुगेको छ । दुबैलाई कारवाही हुनुपर्ने प्रारम्भिक निष्कर्ष आइक्यानको छ । तर नियमअनुसार अनुशासन समितिलाई मात्र कारवाहीको अन्तिम सिफारिस गर्ने अधिकार छ । कार्यविधि अनुसार ७५ दिनभित्र यो केस फाइनल भइसक्छ । अव हेरौं कृष्ण आचार्यजीले यो केसलाई कसरी प्रतिवेदन तयार गर्नुहुन्छ भन्ने कुरा हेर्न बाँकी छ । यस विषयमा प्रतिक्रिया माग्न हामीले महेश खनाललाई फोन गर्दा उनले फोन उठाएनन् भने एसएमएसमार्फत प्रक्रिया माग्दा पनि उनी सम्पर्कमा आएनन् ।
नैतिकताले छोड्नुपर्ने हो बोर्डको पद ! के गर्लान् खनाल ?
यसो त उनी एकाउन्टिङ बोर्डका अध्यक्षसमेत हुन् । आइक्यानको अनुशासन समितिमै उनको केस पुगिसकेकाले खासमा नैतिकताका आधारमा उनले अनुसन्धानलाई सहयोग पुर्याउन उक्त पद छोड्नुपर्ने हो । तर उनले सो पदमै रहेर उल्टै आइक्यानका अध्यक्षलाई लक्षित गर्दै सामाजिक संजालमा विभिन्न् स्ट्याटस राख्ने गरेका छन् । उनले गरेको गलत कामको थप अनुसन्धान गर्न अनुशासन समितिमा पठाउने एजेन्डा विविध एजेन्डामा परेपछि उनले आइक्यानका अध्यक्ष मदन शर्मालाई लक्षित गर्दै केहि दिन निरन्तर ‘विविधाय: नाम:’ भन्दै स्ट्याटस लेखेका थिए ।
(उनी विरुद्ध उजुरी गर्ने उजुरीकर्ता र खनालको प्रतिक्रिया लिन हामी थप प्रयासरत छौं। थप प्रसंगसहित अर्को अंकमा थप तथ्य प्रस्तुत गर्नेछौं ।)
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: