×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एशिया बैंकमा कारोबार गर्नेहरु होसियार ! बैंकका विभिन्न शाखामा भकाभक भेटिन थाले नक्कली नोट ! (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सोमबार अर्थ सरोकार डटकमको कार्यालयमा अप्सरा राइको फोन आयो, ‘एनआइसी एशिया बैंकबाट निकालेको गड्डीमा एउटा नोट नक्कली परे जस्तो छ, बैंकमा फोन गर्दा फोन उठेन, तपाईंहरुको नक्कली नोट कसरी चिन्ने भन्ने तयार गरेको कार्यक्रम हेरेर नक्कली नोट चिन्ने तरिका थाहा पाएँ र यो नोट नक्कली नै जस्तो छ । अफिस समय सकिएकाले सो नोट सुरक्षित राख्न र भोलि गएर बैंकमा खबर गर्न भन्यौं हामीले । बैंकले प्रहरीलाई खबर गर्छ, आवश्यक सहयोग पनि गर्नुहोला भन्ने हाम्रो अनुरोध थियो उनलाई र उनले त्यसै गर्छु भनिन् ।
तर अप्सराका अनुसार जव बैंक गइन्, उनले न सोचेको भयो । बैंकका कर्मचारीले त तपाईं हिजै आउनुपर्थ्यो अव हामी यो नोटको जिम्मेवारी लिंदैनौं भनेर उनलाई उल्टै दुर्व्यवहार गरे । कर्मचारीले नक्कली नोटको केस आएपछि प्रहरीलाई यस विषयमा खबर गर्नुको सट्टा तपाईं जे सक्नुहुन्छ त्यहि गर्नुहोस् भनेर दादागिरी देखाउन खोजेपछि अप्सराले पुन हामीलाई सम्पर्क गरिन् । र त्यसपछि हाम्रो टिम पुग्यो एनआइसी एशिया बैंकको क्षेत्रपाटीस्थित शाखामा ।
हामीले त्यहाँ पुगेर बैंककि ब्रान्च मेनेजर श्रीष्टिका मानन्धरलाई घटनाबारे जानकारी गरायौं । त्यतिबेलासम्म बैंकका कर्मचारीले उक्त नोट जाँचेर नोट नक्कली भएको भन्ने प्रमाणितसमेत गरिसकेका थिए । बैंककि शाखा प्रबन्धकलाई हामीले उक्त नोटमा बैंकको ट्याग रहेकाले बैंकमा कसले ल्यायो बुझेर प्रहरीलाई खबर गरिदिन आग्रह गर्यौं । तर मानन्धर न उक्त नोट कसले ल्यायो भनेर सीसीटिभी हेर्न तयार भइन्, न प्रहरीलाई खबर गर्न नै ।
यति संवेदनशील विषय आउँदा पनि बैंककि मेनेजर किन प्रहरीमा खबर गर्न तयार भइनन् त ? प्रश्न गम्भीर उठेपछि उनलाई हामीले भन्यौं, ‘कि तपाईं प्रहरीलाई बोलाउनुहोस्, कि हामी बोलाउँछौं ।’ हाम्रो प्रस्तावमा उनले सार्है गैरजिम्मेवार जवाफ दिइन् । उनले तपाईं जे जे गर्नुहुन्छ गर्नुहोस्, यसमा हामीलाई कुनै मतलव र सरोकार छैन भनेपछि हामीले प्रहरीलाई फोन गर्यौं र प्रहरीलाई बोलायौं ।
त्यसपछि जव हामीले प्रहरी बोलायौं…
प्रहरी आइसकेपछी पनि उनको गैरजिम्मार हर्कत रोकिएन । यतिसम्मकि प्रहरीले चौकीमा गएर कुरा गरौँ भन्दा पनि उनले मानिनन् । प्रहरीले यो नोट अव छानविनका लागि जान्छ तपाईंहरु पनि फोटो खिचेर राख्नुहोस् भन्दा पनि उनले, ‘हामीलाई फोटो सोटो खिच्नु छैन तपाईंहरुलाई जे गर्नुपर्छ गर्नुहोस्’ भनेर प्रहरीसमक्ष पनि निकै गैरजिम्मेवार रुपमा प्रस्तुत भइन् । त्यसपछि प्रहरी कार्यालय सोर्हखुट्टेबाट आएका सहिसापले बैंकको केन्द्रीय कार्यालयका सम्बन्धित व्यक्तलाई फोन गर्न आग्रह गरे र उनले पनि फोन गरे । केन्द्रीय कार्यालयबाट सेक्युरिटी अफिसर आउने बताएपछि हामी सो नोटको गड्डी, पीडीत र प्रहरीसंग प्रहरी कार्यालय गयौं । तर यति हुँदा पनि बैंककि शाखा प्रबन्धक आफ्नो बैंकको कमजोरी स्वीकार्न तयार भइनन् । बरु यो घटना सामान्य हो भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिन खोजिरहिन् । उनको गतिविधिबाट पीडीतहरु पनि दिक्क थिए । उनले यस विषयमा कुनै पनि जिम्मेवारी नलिने भएपछी हामी प्रहरी कार्यालयमा पुग्यौं । 
जव प्रहरी कार्यालयमा कागज गराइयो…
प्रहरी कार्यालयले पनि बैंकको केन्द्रीय कार्यालयबाट प्रतिनिधि मगायो । बैंकबाट बैंकका चिफ सेक्युरिटी अफिसर टेक चन्द आए र घटनाबारे जानकारी लिए । उनलाई पीडीतहरुले आफुहरुलाई नक्कली नोट दिने बैंकले उल्टै आफुलाई दुर्व्यवहार गर्न खोजेको बताएपछि उनले ‘नबुझेर होला’ भन्दै कर्मचारीका तर्फबाट माफी पनि मागे, र बैंकबाट कमजोरी भएको र यसरी बिटोमा बीचबीचमा नक्कली नोटहरु आउने घटना नौलो नभएको बताउदै ग्राहकलाई सक्कली नोट दिने प्रतिबद्धता जनाए । त्यसपछि प्रहरीले यस घतानामा पीडीत, एनआइसी एशिया बैंकका कर्मचारीलाई अर्थ सरोकार डटकमको रोहवरमा मिलापत्रको कागज गर्न आग्रह गर्यो । र सो नोट बैंकका प्रतिनिधिलाई जिम्मा लगाएर कागज गरायो ।
उक्त कागजमा एनआइसी एशियाले नक्कली नोटको सट्टा ग्राहकलाई सक्कली नोट दिने र यस विषयमा नेपाल राष्ट्र बैंक र प्रहरी कार्यालयमा समेत जानकारी गराएर अनुसन्धान अगाडी बढाउने भन्ने सहमति भयो । त्यसपछि पीडीत, बैंकका कर्मचारी र हामी क्षेत्रपाटी शाखामा फर्कियौं । त्यसपछि उनकै निर्देशनमा पीडीतले उक्त नक्कली नोटवापत सक्कली नोट पाए । र बैंकले यो नक्कली नोट कसरी बैंकमा आयो भन्ने विषयमा छानविन गर्ने प्रतिबद्धतासमेत जनायो । र त्यसपछि यसो भन्छिन् अप्सरा राइ ।
पाइला नै पिच्छे बैंकको कमजोरी किन ?
यो प्रकरणमा एनआइसी एशिया थुप्रै ठाउँमा चुकेको देखिन्छ ।
१. नक्कली नोटबारे कम्प्लेन आउनेबित्तिकै सो नोट सिज गरी प्रहरी र सम्बन्धित निकायमा खबर गर्नुपर्नेमा बैंकले जे सुकै गर्नुहोस् हामीलाई मतलव छैन भन्नुले बैंकप्रति नै शंका गर्ने ठाउँ पनि दिएको छ भने आफ्ना ग्राहकहरु प्रति बैंक कुन हदसम्म जिम्मेवारहीन छ भन्ने प्रमाणित गरिदिएको छ ।
२. बैंककी ब्रान्च मेनेजरले आफ्ना ग्राहकहरुलाई मात्र होइन प्रहरीलाई समेत दुर्व्यवहारको संकेत प्रयास गरेकी छिन । यसले बैंककि ब्रान्च मेनेजरले यस्तो हर्कत गर्न सुहाउँछ भन्ने प्रश्न उठाएको छ । सुरक्षाकर्मी बैंक आउँदा पनि सुरक्षाकर्मीको सम्मान नगर्नुले बैंकभित्र कर्मचारीको दादागिरी कुन हदसम्म छ भन्ने बुझ्न गाह्रो छैन ।
३. बैंकले आफ्नो कमजोरी स्वीकारेको छ । तर बैंकले आफ्नो कमजोरी स्वीकार्न हामी प्रहरीसम्म नै पुग्नु पर्यो । सिधा अर्थमा बुझ्दा बैंक सकेसम्म ग्राहकलाई पेल्ने, केहि नलागे झुक्ने रणनीतिमा भएको देखिन्छ । यसले बैंक ग्राहकप्रति कुन हदसम्म अनुत्तरदायी छ भन्ने देखाउँछ ।
४. बैंकका चिफ सेक्युरीटी अफिसरले यसरी नोटको बीचबीचमा थुप्रै पटक नक्कली नोट आएको स्वीकारेका छन् । यसले समग्र एनआइसी एशिया बैंकमा कारोबार गर्नेहरुले पनि सतर्क बन्नुपर्ने पाठ सिकाएको छ ।
जे होस्, हाम्रो प्रयास, प्रहरीको सहयोग, र एनआइसी एशिया बैंक केन्द्रीय कार्यालयबाट आएका चिफ सेक्युरिटी अफिसर टेक चन्दको संयोजनमा पीडीतले बैंकले दिएको नक्कली नोटको सट्टामा सक्कली नोट त पाएकि छिन्, तर भेटिएको नक्कली नोटको विषयमा थप अनुसन्धान हुन्छ वा हुँदैन भन्ने शंका उब्जाएको छ । र हामी निरन्तर यसको फलोअपमा हुनेछौं ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: