×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अत्यावश्यक सेवाका नाममा अत्याचार : सबैभन्दा जोखिममा बैंकका कर्मचारी, कोरोना लागिहाले जिम्मा कसले लिने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

अत्यावश्यक सेवाका नाममा अत्याचार : सबैभन्दा जोखिममा बैंकका कर्मचारी, कोरोना लागिहाले जिम्मा कसले लिने ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अहिले विश्वभर कोरोना महामारी फैलिएको छ । देशका अधिकांस ठाउँमा लकडाउन छ । तर अत्यावश्यक सेवा भन्दै बैंक तथा वित्तीय संस्थाहरु खुला गरिएका छन् । र त बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुले अव आफ्नो सुरक्षा गर्ने कोहि नभएको भन्दै गुनासो पोख्न थालेका छन् ।
चौतर्फी कोरोना महामारी बढिरहेका बेला अहिले बैंक तथा वित्तीय संस्थामा आउने व्यक्तिहरु पनि कोरोना संक्रमितका आफन्त नै हुने गरेका छन् । संक्रमितका आफन्तले बैंक तथा वित्तीय संस्थाहरु भरिभराउ हुँदा बैंकहरुमा ठुलो भीड लागिरहेको छ । यतिसम्मकि बैंकका कतिपय शाखामा भीड व्यवस्थापन गर्न प्रहरी नै परिचलान गर्नुपरेको छ । तर यस्तो परिस्थितिमा बैंकरहरु ठुलो जोखिममा हुँदा पनि उनीहरुका बारेमा चासो लिने कोहि नभएको भन्दै सामाजिक संजालमा बहस सुरु भईसकेको छ । अत्यावश्यक सेवा भएपनि देशका विभिन्न स्थानहरुमा एटिएमबाहेकका सबै सेवा बन्द छन् । तर काठमाडौँ लगायतका ठाउँमा भने बैंकरहरु दिनहुँजसो कार्यालय गइरहेका छन् 
बैंकरको निधनले झन् चिन्ता !
केहि दिनको अन्तरालमा झन्डै ५ बैंकर र २ पूर्व बैंकरको कोरोनाकै कारणले निधन भईसकेको छ । केहि दिन यतामात्र नबिल बैंक लिमिटेडमा कार्यरत ज्योति गुरुङ, पूर्व बैंकर निरज श्रेष्ठ लगायतको कोरोनाकै कारण निधन भईसकेको छ । ज्योति गुरुङ र निरज श्रेष्ठ दुबैले अस्पतालमा बेड नपाएर ज्यान गुमाएका थिए । देशभरका अस्पतालहरुमा बेडको अभाव हुँदा अव नयाँ संक्रमितले बेड पाउने स्थिति झन् कम भएपछी बैंकका कर्मचारीहरु चिन्तामा छन् ।
‘पहिला त ज्यान हो नि । तर हाम्रो मर्का कसले बुझ्ने ?’ हाल एनसीसी बैंकमा कार्यरत कर्मचारी भन्छन्, ‘घरमा छोरी बैंक गएकी छिन् भन्ने डर छ, आफुलाई झन् ठुलो डर छ । सबैको छिछिको पात्र हुँदा पनि बैंकले कार्यालय आउ नै भन्छ । बल्ल बल्ल पाएको जागिर खानै पर्यो । तर हाम्राबारेमा पनि कसैले सोचिदिनुपर्छ ।’
उनका अनुसार बाहिर अरुले देखेजस्तो बैंक सुरक्षित पनि छैन । अधिकांस कोरोना संक्रमितकै आफन्तहरु अहिले बैंकमा आइरहेका छन् । जसका कारण बैंकमा झन् ठुलो जोखिम बढेको छ । अझ केहि बैंकरहरुको कोरोनाकै कारण निधन भएको समाचार पढेपछि अधिकांस बैंकरहरु आत्तिएका छन् ।
‘अत्यावश्यक सेवा भनिएको मात्र छ, डिम्याट नम्बर लिन समेत ग्राहक आइरहनुभएको छ’
यसो त बैंक अत्यावश्यक सेवाका लागि खोलिएको हो । तर बैंकरहरुको अनुभव भने केहि बेग्लै छ । यतिसम्मकि यस्तो महामारीको अवस्थामा बैंकमा डीम्याट नम्बर लिन समेत ग्राहकहरु पुगिरहेका छन् । काठमाडौँस्थित माछापुच्छ्रे बैंकमा कार्यरत एक बैंकर भन्छन्, ‘डिम्याट नम्बर लिनसमेत ग्राहकहरु आइरहनु भएको छ । यो कसरी अत्यावश्यक सेवा पर्यो ? गाली गर्न पनि मिल्दैन । काम गर्न पनि जाँगर चलेको छैन ।’ उनका अनुसार कतिपय ग्राहकहरु त मास्कसमेत चिउँडोमा झुन्ड्याएर बैंक आउने गरेका छन् भने कतिपय रुघा खोकी लागेका ग्राहकहरु पनि बैंक आउने गरेका छन् । जसका कारण बैंकका कर्मचारीहरु थप चिन्तामा परेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: