
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । काठमाडौं जिल्लामा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताउनुभएको छ । बुधबार काठमाडौंको नागढुंगा नाका अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले अत्यावश्यकबाहेकका सवारीसाधन नचलेको भन्दै निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको बताउनुभएको हो । उहाँले जेठ १४ गतेदेखि २० गतेसम्म काठमाडौं जिल्लामा निषेधाज्ञालाई कडाई गर्ने आदेश भएको सन्दर्भमा नागरिकहरु खानै नपाईने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो । बिहान बेलुकी छाक टार्न नै समस्या पर्नेहरुका लागि काठमाडौं महानगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउने प्रवन्ध मिलाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘आपत् विपत परे काठमाडौं महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालय मार्फत् त्यस्तो व्यक्तिहरुलाई राहत उपलब्ध गराउने प्रवन्ध पनि मिलाएका छौँ । कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन । ठाउँठाउँमा दाल, चामल उपलब्ध गराउने प्रवन्ध पनि गर्छौ ।’
समस्यामा पर्नेले सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ सम्पर्क नम्बरमा फोन गरेर समस्या राखे समाधान गरिने पनि उहाँले बताउनुभयो । सरकारी संयन्त्र खाद्य संस्थान र साल्ट ट्रेडिङमार्फत् विक्रि वितरणको व्यवस्था मिलाउने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘जुन नगरपालिकाका नागरिक त्यस्तो आपत् विपत्मा पर्नुहुन्छ, उहाँहरुको सम्बन्धित वडा अध्यक्ष, नगरपालिकाको मेयरसित सम्पर्क राख्ने व्यवस्था गर्नुभयो भने यो समस्याबाट समाधान हुन्छ । भोकले नै मर्ने स्थिति आयो भने प्रशासनलाई खबर गर्नुभयो भने हामी सरकारी संयन्त्र पनि छ, खाद्य संस्थान, साल्ट्र ट्रेडिङ कर्पोरेशन त्यो संस्थान मार्फत् हामी सँग पर्याप्त मौज्दात छ । विक्रि वितरणको व्यवस्था हामी मिलाउँछौँ । कुनैपनि नागरिकलाई चामल किन्न, दाल किन्न पाइएन । हामी भोकले मर्ने स्थिति आयो भन्ने अवस्था सिर्जना हुन दिदैनौँ त्यस्तो भ्रममा नपर्न अनुरोध छ । कोही भोकले मर्नै आट्यो अथवा खाद्यान्न किन्न पाइएन भने १०३ मा फोन गर्नुभो भने पनि हामी त्यसको व्यवस्थापन गर्नेछौँ ।’
प्रमुख जिल्ला अधिकारी पराजुलीले किर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, राधास्वामी सत्संग ब्यास नेपाल र मनमोहन अस्पतालमा निर्माण भइरहेको आइसोलेसन सेन्टरको अवलोकन समेत गर्नुभएको थियो । काठमाडौं जिल्लामा एक हजार बेडको आइसोलेसन सेन्टर बनाउने मन्त्रीपरिषद्को निर्णय अनुसार विभिन्न ठाउँमा आइसोलेसन सेन्टर व्यवस्थापन गरेको पनि उहाँले जानकारी दिनुभयो । पराजुलीले कोरोना संक्रमणको दर बढेको कारण निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणलाई दुःख दिने मनशायले निषेधाज्ञा नगरिएको स्पष्ट पार्नुभयो । प्रशासनले नागरिकको सहयोगको अपेक्षा गरेको उहाँको भनाई छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्