×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

यी हुन् लगानीकर्ता ढाँट्ने ‘ढँटुवा’ कम्पनीहरु, जसले लगानीकर्ता ढाँटे तर सेबोनले कारवाही गर्ने आँट गरेन (भिडियो)

SAGARMATHA CEMENTS

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नियामक निकाय कमजोर वा लाचार हुँदा, वा नियामक निकायको जिम्मेवार कुर्सीमा बस्नेहरुले नै गलत धन्दा हुँदा पनि रमिता हेरेर बस्दा त्यो क्षेत्रमा कतिसम्म बदमासी बढ्छ भन्ने तथ्यको एक ज्वलन्त उदाहरण हो नेपाल धितोपत्र बोर्ड । नेपालको सेयर बजारको नियामकका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले गलत गर्नेहरुलाई कारवाही गर्नुको सट्टा उनीहरुले जे गरेपनि चुप लागेर बस्ने गर्दा नेपालको पूँजी बजारमा मनपरीको हद बढेको छ । र यस्तै मनपरीका कारण थुप्रै नयाँ तथा सोझा लगानीकर्ताहरु फसिरहेका छन् भने बदमासहरुले सोझा लगानीकर्ताहरुलाई मारेर अरवौं कमाइरहेका छन् । लगानीकर्ताहरुको आँखामा छारो हालेर बदमासी हुँदा पनि धितोपत्र बोर्ड चुप लागेर बस्दा एकातर्फ लगानीकर्ताहरु झुटो विवरणका आधारमा जोखिमपूर्ण लगानी गर्न बाध्य छन् भने धितोपत्र बोर्डले यस्तो गलत गर्नेलाई कारवाही नगर्दा बजारमा मनपरी बढेको छ ।
प्रसङ्ग हो, पछिल्लो समय विभिन्न सूचीकृत कम्पनीहरुले प्रकाशन गर्ने वित्तीय विवरणको । लगानीकर्तामा सूचनाको पारदर्शी पहुँच पुगोस भनेर वित्तीय विवरण सार्वजनिक गर्ने नीति ल्याइएको हो । तर लगानीकर्ताहरुको आँखामा छारो हालेर कहिँ कम्पनीहरुले खुलेआम गलत विवरण सार्वजनिक गरिरहेका छन् । र यस्ता झुटो विवरण सार्वजनिक हुँदा पनि धितोपत्र बोर्डले न उनीहरुलाई कारवाही गर्ने आँट गरेको छ न लगानीकर्ताहरुलाई सचेत गराएको छ । जसका कारण एकातर्फ लगानीकर्ताहरुमाथि अन्याय भईरहेको छ भने धितोपत्र बोर्ड स्वयम् नै यस्ता गलत गर्नेहरुको पक्षमा छ भन्ने लगानीकर्ताहरुको आरोप पुष्टी नजिक पुगेको छ ।
लिष्ट नै बनाउने हो भने यस्ता गलत रिपोर्ट प्रकाशन गरेर जनताको आँखामा छारो हाल्नेहरुको लिष्ट लामै छ । तर पछिल्लो समय प्रकाशित भएका केहि विवरणहरु मात्र हेर्ने हो भने पनि धितोपत्र बोर्डको अहिलेको नेतृत्वको कार्य क्षमता कुन हदसम्म कमजोर छ भन्ने तथ्य पुष्टी हुन्छ । अझ हाइड्रो कम्पनीहरुको हकमा त एउटाले गल्ती गर्दा धितोपत्र बोर्ड चुप लागेर बसेपछि अधिकांस कम्पनीहरुले खुलेआम झुटो विवरण सार्वजनिक गर्न थालिसकेका छन् ।

लिष्ट लामो बन्छ, यी हुन् प्रतिनिधि कम्पनीहरु :

जतिसुकै फर्जी विवरण सार्वजनक गर्दा पनि नियामक निकाय धितोपत्र बोर्डले सुने नसुनेझैं गर्न थालेपछि सूचिकृत कम्पनीहरुले झुटो विवरण सार्वजनिक गरेर आम लगानीकर्ताहरुलाई घनघोर अन्याय गर्न थालेका छन् । जसले जति इपीएस निकाल्दा पनि केहि नबोल्ने, अनि अन्तिममा हुने-नहुने ‘जष्टिफिकेसन’ राखेर त्यसलाई सच्याउने परिपाटीले थुप्रै कम्पनीहरुले गलत विवरण सार्वजनिक गर्न थालेका छन् । र यस्तै बदमासी गरेको छ पाँचथर पावर कम्पनी लिमिटेडले ।
आर्थिक बर्ष २०७७-७८ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै पाँचथर पावर कम्पनी लिमिटेडले ३ गुणा बढी र झुटो इपीएस अर्थात बार्षिक प्रति सेयर आम्दानी देखाएर जनतालिई वेवकुफ बनाएको छ । इपीएस धेरै देखेर सेयर लगानीकर्ताहरु झुकिने भएपछी र जे गर्दा पनि धितोपत्र बोर्डले कारवाही नगर्ने ढुक्क भएपछी कम्पनीले यस्तो बदमासी गरेको हो ।
पाँचथर पावर कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०७७-७८ को तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी ४ रुपैयाँ हाराहारीमात्र हुन्छ । तर कम्पनीले १२ बार्षिक इपीएस देखाएको छ । ८६.२५ करोड रुपैयाँ पूँजी भएको र नाफा २.९५ करोड भएको कम्पनीको इपीएस १२ रुपैयाँ हुनै सक्दैन । तर कमपनीले लगानीकर्ताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ । खासमा यो कम्पनीको प्रति सेयर आम्दानी ४ रुपैयाँ हाराहारीमात्र हुन्छ ।
यता रेराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि झुटो वित्तीय विवरण प्रकाशित गर्दै लगानीकर्ताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा नेटवर्थ र बार्षिक प्रति सेयर आम्दानी झुटो देखाएर लगानीकर्ता झुक्याउने दुष्प्रयास गरेको हो । कम्पनीले हुँदै नभएको २०० नेटवर्थ देखाएको छ भने अघिल्लो बर्षको रिजर्भमा रहेको रकमलाईसमेत यस बर्षको नाफामा जोडेर हुँदै नभएको बार्षिक प्रति सेयर आम्दानीलाई देखाएको छ । वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको देखाएको हो ।
कम्पनीको नेटवर्थ निकाल्दा कम्पनीको पूँजी र रिजर्भलाई जोडेर सो योगलाई पूँजीले भाग गरी १०० ले गुणान गर्ने हो । यसरी हिसाब गर्दा कम्पनीको नेटवर्थ १०९ हाराहारीमात्र आउँछ । तर कम्पनीले आफ्नो नेटवर्थ २०० भएको झुटो विवरण सार्वजनिक गरेको छ । कम्पनी ३ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा भनेको ९ महिनाको नाफा हो । अव सो नाफालाई ३ ले भाग गरी ४ ले गुणान गर्दा आउने रकमलाई कम्पनीको कुल सेयर कित्ता अर्थात ५६ लाखले भाग गर्दा आउने परिणाम नै कम्पनीको बार्षिक प्रति सेयर आम्दानी हो । तर कम्पनीले अघिल्लो बर्षको रिजर्भमा बचेको पैसालाई समेत यस बर्षको नाफामा जोडेर गलत हिसाब गरी बढी बार्षिक प्रति सेयर आम्दानी निकालेर लगानीकर्ताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ ।
कम्पनीले यो बर्ष गरेको नाफा गत वर्षको भन्दा ४.३८% धेरै हो । गत वर्ष कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । हाल यसको चुक्ता पुँजी ५६ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ५ करोड ४८ लाख रुपैयाँ छ । तर सहि अर्थमा हिसाब गर्दा कम्पनीले हिसाब गडबड गरेर निकालेको प्रतिसेयर आम्दानी (१३ रुपैयाँ ०३ पैसा) (वार्षिक) र प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ भने सरासर झुट हो ।
बरुण हाइड्रोपावरले पनि फर्जी प्रति सेयर आम्दानी प्रकाशित गरेर लगानीकर्ताहरुको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ । कम्पनीले अघिल्लो बर्षको रिजर्भ रकमसमेत तानेर इपीएसको हिसाब गर्दै इपीएस धेरै देखिने गरी बदमासी गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफालगायतको प्रमुख सूचक घटेपछी लगानीकर्तालाई ‘वेवकुफ’ बनाउने गरी कम्पनीले यस्तो बदमासी गरेको हो ।
कम्पनीको यसअवधिमा खुद नाफा ५४.९४% ले घटेर ५२ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १ करोड १७ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ र रिजर्भ कोषमा ८० लाख ६६ हजार रहेको विवरणमा उल्लेख गरिएको छ । तर कम्पनीले यहाँनेर बदमासी गरेको छ । कम्पनीले अघिल्लो बर्षको रिजर्भ रकमसमेत तानेर प्रति सेयर आम्दानी (बार्षिक) ४ रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ०१ पैसा रहेको देखाएको छ । जवकी सहि अर्थमा हिसाब गर्दा यो कम्पनीको बार्षिक प्रति सेयर आम्दानी २.६३ मात्र हुन्छ ।
कम्पनीले कमाएको ९ महिनाको नाफालाई ३ ले भाग गरी ४ ले गुणान गर्दा आउने रकमलाई कम्पनीको कुल सेयर कित्ताले भाग गर्दा आउने परिणाम नै कम्पनीको बार्षिक प्रति सेयर आम्दानी हो । तर कम्पनीले अघिल्लो बर्षको रिजर्भमा बचेको पैसालाई समेत यस बर्षको नाफामा जोडेर गलत हिसाब गरी बढी बार्षिक प्रति सेयर आम्दानी निकालेर लगानीकर्ताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ ।
यता बदमासीको बादशाहका रुपमा चिनिएको दिब्यश्वरी हाइड्रोपावरको हविगत पनि उस्तै छ ।
केहि समय अघि लेखापरीक्षकले हिसाब नै लुकाएको भन्दै लेखापरीक्षकहरुलाई नियमन गर्ने संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले तत्कालीन लेखापरिक्षक राजश्री हुमागाईंले प्रचलित कानुन विपरित काम गरेको भन्दै नीजलाई कारवाहीका लागि संस्थाको अनुशासन समितिमा सिफारिस गरेको घटना सार्वजनिक भएपछी नेपाली सेयर बजारमा ‘बदमासीको बादशाह’का रुपमा कुख्याती कमाएको दिब्यश्वरी हाइड्रोपावर कुनै पनि बेला खारेज हुने खतरा बढेको छ ।
कम्पनीले नेटवर्थ २६ देखाएको छ भने प्रति सेयर आम्दानी -६.८५ देखाएको छ । अझ यो कम्पनीले पीइ रेसियोसमेत नेगेटिभ -आर्थात १८.२५ देखाएको छ । जवकी पीइ रेसियो माइनसमा हुने भन्ने कुरा सैधान्तिक रुपमा कतै पनि पुष्टी नहुने कुरा हो । आम्दानी नै नभएपछी मूल्य आम्दानी कसरी भयो र के का आधारमा पीइ रेसियो निकाल्ने भन्ने प्रश्न उठ्छ ।
नेपालमा धितोपत्र बोर्ड निकै कमजोर छ र यसको नियमन सार्है फितलो छ । यदी यहि कम्पनी विदेशमा हुन्थ्यो भने यसको सेयर सूचीकरण खारेज भईसक्ने तर्क विज्ञहरु गर्छन् । तर नेपालमा पनि धितोपत्र बोर्ड अलिकति मात्र जाग्ने हो भने यो कम्पनीको सेयर सूचीकरण नै खारेज हुन सक्ने सम्भावना भने बढेर गएको छ ।
यी त प्रतिनिधि केहि उदाहरणहरुहरु मात्र हुन् । यसअघि विभिन्न लघुवित्त कम्पनी, इन्स्योरेन्स कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुले समेत झुटो विवरण प्रकाशन गरेर जनताको आँखामा छारो हाल्ने प्रयास गरेका थिए । कहिले चौतर्फी विरोध भएपछी विवरण सच्याएका थिए भने कहिले अझै पनि त्यस्ता विवरणहरु सच्याएका छैनन् ।
हेर्नुहोस् यसै विषयमा तयार गरिएको अर्थ सरोकार टेलिभिजन कार्यक्रम :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal