
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लामो तयारीपछी अन्तत: हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता भएको छ । बिहिबार दिउँसो काठमाडौँस्थिति छायाँ सेन्टरमा रहेको एलफ्ट होटलमा भएको एक विशेष कार्यक्रमका बीच हिमालयन बैंकका अध्यक्ष तुलसी गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै अव दुवै बैंकको सेयर कारोबार रोक्का हुनेछ । सम्झौताको जानकारी नेपाल राष्ट्र बैंक, नेप्से, धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयमा पठाईसकिएको छ ।
मर्जर सम्झौतापछी संछिप्त प्रतिक्रिया दिंदै दुवै बैंकका प्रमुख कार्यकारी अधिकृतले दुई संस्थाको यो मर्जरले वित्तीय क्षेत्रलाई निकै फाइदा पुर्याउने दाबी गरेका छन् । हिमालयनका प्रमुख कार्यकारी अशोक राणाले यो सम्झौतालाई ‘माइलस्टोन’ निर्णय भएको बताएक छन् भने नेपाल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी पाण्डेले यो मर्जरले वित्तीय स्थायित्वमा ठूलो योगदान गर्ने र यसबाट अरुलाई पनि प्रेरणा मिल्ने बताएका छन्।

डीडीए गरेर मात्र यसकारण गरियो सम्झौता !
मर्जरका लागि सहमति गर्नु अगाडि गरिएको सम्पूर्ण सम्पत्ति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए) मा हिमालयनको प्रति सेयर मूल्य १०२ रुपैयाँ ५० पैसा हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ आएको छ। अव यसपछी पुन: विस्तृत डीडीए हुन्छ । तर विस्तृत डीडीए भने नाम मात्रको हुनेछ । किनकि आधा डीडीए र विस्तृत डीडीए गर्ने प्रावधान वा तरिका नै छैन । सुरुमा नै डीडीए गर्न मर्जर सम्झौता हुनुपर्ने र सम्झौता हुनेबित्तिकै सेयर कारोबार रोक्का हुने हुनाले दुवै बैंकको सहमति अनुसार निकै चलाखीपूर्ण तरिकाले डीडीए नै सक्काएर सम्झौता गरिएको थियो । दुवै बैंकको डीडीए गरेको टिआर उपाध्याय एण्ड कम्पनी सिए फर्मका एक अधिकारीले बाहिर विस्तृत डीडीए गर्न बाँकी भन्ने चर्चा भएपनि आफ्नो काम सकिएको र केहि औपचारिक बैठकहरु गरेर थप केहि काम गरेजस्तो गर्ने तयारी भएको बताएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीको तलव बढ्ने !
दुवै बैंकबीच मर्जर पूर्व लाग्ने सम्पूर्ण खर्च आधा आधा ब्यहोर गरिने सहमति भएको छ । सम्झौताको सहमतिअनुसार हिमालयन बैंकको कर्मचारी नियमावलीलाई नै अवलम्बन गरिने छ । यसो हुँदा इन्भेष्टमेन्ट बैंकका कर्मचारीको बेसिक तलब बढ्ने छ । यसो त नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीको तलव हिमालयन बैंकको तुलनामा सार्है कम पनि थियो । यता दुवै बैंकले भीआरएस योजनासमेत ल्याउने भएका छन् । बैंकको नाम हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक रहनेछ भने बैंकका अध्यक्ष पृथ्वी बहादुर पांडे हुनेछन् । बैंकमा सीइओका रुपमा अशोक राणा हुनेछन् भने इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे बैंकको डेपुटी सीइओ हुनेछन् । ज्योति पाण्डेलाई केही स्पष्ट अधिकारसहित डेपुटी प्रमुख कार्यकारी बनाइने भएको छ।




Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्