×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसद सचिवालयको खोप कार्यक्रम स्थगित, यस्तो छ कारण (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

संसद सचिवालयको खोप कार्यक्रम स्थगित, यस्तो छ कारण (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ । संसदसंग मात्रै सरोकार राख्नेहरु भन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै सचिवालयले कार्यक्रम नै स्थगित गरेको हो । संसद सचिवालयले माग गरेको भन्दा झण्डै दोब्बरको संख्यामा खोप लगाउनेहरु भएपछि खोप अभाव भएको हो । संसदसंग सरोकार राख्ने भन्दा बाहिरकाले खोप लगाएपछि संसद सचिवालयकै कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार, सुरक्षाकर्मीहरु दोश्रो खोप लगाउनबाट बञ्चित भएका छन् । 
संसद सचिवालयले सिभिल अस्पतालमा कोभिडसिल्डको पहिलो खोप लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोश्रो डोजको कार्यक्रम राखेको थियो । सोही कार्यक्रम अनुसार संसद सचिवालयसंग सम्बन्धीत हरुले पहिलो डोज लगाएको संख्याको आधारमा स्वास्थ्य मन्त्रालयसंग खोप माग गरेको थिया । सचिवालयले अघिल्लो डोज १४ सय ६५ खोप मागेर भीड नहुने गरी खोप लगाउनका लागि ३ दिनको कार्यतालिका सार्वजनिक गरेको थियो । 
कोभिडसिल खोपको दोश्रो डोजको सुनिश्चितता हुन नसक्दा सांसदका परिवार, आफन्त, नजिकका, कर्मचारीका परिवार, आफन्त लगायत पनि खोप कार्यक्रममा सहभागी भए । इन्टरनेट सेवा प्रदायक संस्था क्यासिक टेक, केयुकेएल लगायत संस्थाका कर्मचारीले पनि खोप लगाएका थिए । संचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले दोश्रो डोजको सुनिश्चितता नहुँदा सांसदका परिवार, आफन्त, नजिकका मान्छे अनि संसद सचिवालय भन्दा बाहिरका सहभागी हुँदा समस्या भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “यो खोप कार्यक्रम सिभिल अस्पतालमा खोप लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोश्रो डोजको कार्यक्रम राखिएको हो । स्वास्थ्य मन्त्रालयमा हामीले अघिल्लो डोज १४ सय ६५ अनुसार हामीले माग गरेर पठाएका थियौ । त्यही अनुसार ३ दिन लगाएर भीड नहुने गरी कार्यक्रम तय गरिएको थियो । पहिलो डोज लगाएको तर दोश्रो डोज लगाउन बाँकी रहेका धेरै मानुभावहरु, संघीय संसदका कर्मचारी भन्दा पनि सिंहदरबारका अन्य कर्मचारी साथीहरु र उहाँहरुका परिवार लगायत विविध क्षेत्रका माननीय सदस्यहरुको परिवार र उहाँहरुसंग जोडिएकाहरुले पनि दोश्रो डोजको सुनिश्चितता नभएका कारण पहिलो दिन खोप लगाउदा नै माननीय ज्यू हरुलाई मात्रै लगाउने भनिएको कार्यक्रममा उहाँहरुले आफ्नो परिवार, पिए, डाईभर लगायतले लगाउँदा र त्यो संग जोडिएका अन्य कर्मचारीले पनि खोपमा भाग लिंदा अनि स्वास्थ्यमन्त्रालयको पनि सिंहदरबारका कर्मचारी भनेर भ्रमपुर्ण सूचना आएका कारण उहाँहरुले त्यहाँ आएर खोप लिनुभयो । त्यसले गर्दा पहिलो दिन नै ७ सय भन्दा बढी कर्मचारी र अन्यले खोप लगाउने स्थिति बन्यो । त्यसपछि दोश्रो र तेश्रो दिनलाई पुग्ने स्थिति रहेन । हामीले मागेको कोटा अनुसार दुई दिनमा नै सकियो अनि तेश्रो दिन कुरेर बसेका पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक लगायत कर्मचारी साथीहरु नै बाँकी रहनुभयो । हामीले ७ सयको आकलन गरेका थियौ । उहाँहरु २ सय ५० डोज मात्रै खोप लिएर आउनुभएको रहेछ । माग अनुसार आपुर्ति नभएपछि खोप स्थगित गरिएको हो । ”

संसद सचिवलायले १४ सय ६५ खोप माग गरेकोमा दुई दिनमा १७ सय २९ खोप लगाईएको छ । जेठ १ गते ९ सय ५० जनाले र बैशाख ३१ गते ७ सय ७९ जनाले खोप लगाएका छन् । अझै पनि संसद सचिवालयका मर्यादापालक, सुरक्षाकर्मी र पत्रकारहरु नै दोश्रो डोज लगाउन पाएका छैनन् । प्रवक्ता डाक्टर पाण्डेले बाँकी रहेकाहरुलाई छिट्टै नै खोप लगाउने व्यवस्था मिलाईने बताउनुभयो ।
संसद सचिवालयले नयाँवानेश्वर स्थिति संघीय संसद भवनको लोत्से हलमा शुक्रबार, सनिबार र आईतबारका लागि खोपको दोश्रो डोज लगाउने व्यवस्था मिलाएको थियो । शुक्रबार प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि, हिजो सनिबार पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र आज आईतबारका लागि संघीय संसद सचिवालयका सम्पुर्ण कर्मचारीहरु,अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नयाँवानेश्वरमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई र स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षा संग सम्बन्धीत सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोप लगाउने कार्यक्रम तय गरिएको थियो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: