×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

बैंकलाई ब्रोकर लाइसेन्स नदिन नियामकले घुस खाएको चर्चापछी पूर्व बैंकर क्षेत्रीले लेखे- ‘नांगिने काम नगरौं…’

BIZBAZAR

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंकहरुलाई ब्रोकर लाइसेन्स नदिन नियामकले घुस घुस खाएको आरोपबारे चर्चा बढ्न थालेपछि यस विषयमा पूर्व बैंकर परशुराम क्षेत्री बोलेका छन् । सोमबार विहान सामाजिक संजालमार्फत उनले प्रभावशाली व्यक्तिले नै यस्तो कुरा उठाउनुले खास अर्थ राख्ने बताउँदै यस विषयमा सबै गम्भीर बन्नुपर्ने आशयको अभिव्यक्ति दिएका छन् ।
‘हालै एकजना प्रभावशाली व्यक्तित्वले बैकहरुको सहायक कम्पनीहरुलाई ब्रोकर लाईसेन्स नदिनाका कारण हो ब्रोकरहरुले सम्वन्धितहरुलाई पैसा खुवाए कोले हो भनेर खुला आरोप लगाउनुभयो । यो जे पायो त्यही भन्ने व्यक्तिले भनेको होईन ! यसले निश्चित रुपमा केही अर्थ राख्छ । बजारमा के पनि आरोप लागेको सुनिन्छ भने यी ब्रोकर कम्पनीहरुको वास्तविक / गोप्य मालिकहरु राजनीतिक तथा प्रशासनिक व्यक्तिहरु हुन् ! यिनीहरुले नै पक्षपोषण गर्ने गरेका छन् ।’ उनले लेखेका छन् ।
उनले यसरी प्रभावशाली व्यक्तिले लगाएको आरोपमा सत्यता छ कि भन्ने शंका रहेकोसमेत बताएका छन् । ‘यी आरोपहरुमा सत्यता छ कि भन्ने आशंका केही उदाहरणहरुले संकेत गर्दछ। जस्तै,अध्ययनको नाममा ब्रोकर कमीशन घटाउन चाहिने भन्दा बढी समय लिईयो, आफ्नै कार्यदलले शिफारिश गरे जतिको पनि घटाईएन र त्यो कमिसन दरलाई fixed rate को रुपमा तोक्नुको सट्टा त्यो दरलाई अरु देशहरुको जस्तो उपल्लो /अधिकतम सिमाको रुपमा तोकेर बजार अर्थशास्त्रलाई / प्रतिस्पर्द्धालाई प्रोत्साहित गर्न सकिन्थ्यो। गरिईएन !’ उनले प्रश्न गर्दै लेखेका छन्, ‘बैक तथा वित्तीय संस्थाहरुले धेरै नाफा कमाय भनेर चाहिदा नचाहिदा नियन्त्रण गर्ने राज्य संचालकहरु न्यून लगानी गरेर कैयौं गुणा नाफा गर्दा मुकदर्शक भएर वसेका छन् । किन ?’
‘बैकहरुको कोर काम निक्षेप लिने र कर्जा दिने काम मात्र हो भन्ने गरिन्छ, यो सही होईन ! शेयर ब्रोकरीगं गर्ने, विमाको एजेन्सीको काम गर्ने, शेयर किनवेच गर्ने, विदेशी मुद्रा किनवेच गर्ने, कमोडिज् किनवेच गर्ने आदि कार्यहरु बैकहरुको ट्रेजरी कृयाकलापहरु भित्रै पर्दछन्! यी कार्यहरु गर्ने निश्चित सीमाहरु तथा जोखिम व्यवस्थापन गर्ने प्रावधान निश्चित रुपमा हुन्छन् नै । मेरो साढे तीन दशकको पेशागत जीवनकालमा झण्डै हाम्रो टुडिखेल जत्रो ठुलो ट्रेजरी रुम भयको (विदेशी)बैकले यी काम गरेको देखेको छु ! वेतुकको तर्क गरेर बलिया, ठूला र लगानी गर्न सक्ने बैकहरुलाई यी कार्यहरु गर्न रोकिईएको छ । किन? सेटलमेन्ट ग्यारेन्टी फन्डमा लगानी गर्न पर्दा यी फुच्चा फुच्ची ब्रोकर कम्पनीहरुको पशिना आउन थालेको छ।’ उनले अन्त्यमा लेखेका छन्, ‘ढुंगे युगमा नै नवसौं ।अगाडी बढौं । महान अल्वर्ट आइन्स्टाइनले काम सधै एउटै गर्ने तर परिणाम फरक आशा गर्नु पागलपन हो/ मुर्खता हो भनेका छन् । फरक तर राम्रो परिणामका लागि काम पनि फरक गरौं / फरक किसिमले गरौं । शुसासनको हिसावले नांगिने काम नगरौं । अति गर्नु, अत्याचार नगर्नु !

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal