×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थमन्त्रीलाई लगानीकर्ताको मेसेज- ‘भीष्मले भष्म पार्ने भए, घोक्रेठ्याक लगाउनुपर्यो…धितोपत्र बजार जोगाईदिनुपर्यो…’

अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमयुक्त भन्दै नाम नै सार्वजनिक गरेपछि यसले लगानीकर्ताहरुको भावना र बजारको स्वतन्त्रतालाई नै हस्तक्षेप गरेको भन्दै लगानीकर्ताहरु रुष्ट भएका छन् । लगानीकर्ताको पैसा डुबाउने बदनियतका साथ धितोपत्र बोर्डको विज्ञप्ति आएको भन्दै लगानीकर्ताहरुले विशेषगरी धितोपत्र बोर्डका अध्यक्षलाई पदबाट बर्खास्त गर्नुपर्ने आवाज उठाएका छन् ।
यसैबीच सेयर बजारका विभिन्न फोरमहरुमा भीष्मराज ढुंगानाले ‘अति’ गरेको भन्दै केहि लगानीकर्ताले आफुले अर्थमन्त्री समक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्न माग गरेको उल्लेख गरेका छन् । ‘भीष्मले भष्म पार्ने भए, घोक्रेठ्याक लगाउनुपर्यो…’ भनेर मेसेज पठाएको छु । एक लगानीकर्ताले भनेका छन् । यसो त बोर्डले विज्ञप्ति निकालेसँगै बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको चौतर्फी आलोचना भएको छ ।
यता नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बोर्डको विज्ञप्तिबाट नअत्तालिन आग्रह गर्दै सेयर बिक्रीमा हतारो नगर्न लगानीकर्तालाई अपिल गरेका छन् ।
यता बजारमा हुने भित्री कारोबारबारे छानविन गरेर सजाय दिने अधिकार राख्ने धितोपत्र बोर्ड आफैं खुलेआम भित्री कारोबारमा लागेको खुलासा भएको छ । सोमबार नै तयार विज्ञप्ति लुकाएर, मंगलबारको बजार सक्किएपछी चलखेल भएका कम्पनीको आशय देखाएर जोखिमपूर्ण कम्पनी भन्दै बोर्डको विज्ञप्ति आउनु र दिउँसो नै बोर्डका कर्मचारीका आफन्तले ती ५१ कम्पनीका प्राय: सेयर बेच्नुले पनि बोर्डभित्रको बदमासीलाई पुष्टी गरेको विश्लेषण गरिएको छ ।
धितोपत्र बोर्डकै विश्वस्त स्रोतले दिएको जानकारी अनुसार बोर्डले जोखिमपूर्ण भनेर सार्वजनिक गरेको सेयरको विवरण सोमबार बेलुकी नै धेरैको हातमा पुगिसकेको थियो । र सोहि अनुसार बोर्डका कर्मचारीका आफन्त, र तिनका साथीभाईले मंगलबार दिउँसो नै यी कम्पनीहरु फालिसकेका थिए । बजारमा विशेषगरी फाइनान्स सेक्टरमा किन एकाएक प्यानिक सेल आयो भन्ने जिज्ञासा धेरैलाई थियो । अन्तत: निरन्तर बढिरहेको बजार यहि कारण थोरै करेक्सनसमेत भयो । यसको भित्री कारण भने धितोपत्र बोर्डबाट विज्ञप्तिको सूचना चुहिएको स्रोतको दाबी छ ।
‘छानविन गर्ने हो भने अध्यक्षज्युका आफन्त, अन्य कर्मचारीका आफन्तले ती कम्पनीका सेयर बेचेको देखिन्छ । सबैभन्दा बढी ती सेयरहरु ब्रोकर नम्बर ५८ बाट बेचिएको छ ।’ स्रोतले भन्यो, ‘भन्न त नमिल्ने हो तर मैले पनि यहि सूचना पाएर थोरै सेयर फालेकै हो । तर यो सरासर अपराध हो । जो अगुवा उही बाटो के जातिजस्तो भयो यो ।’
यता बोर्डका प्रवक्ता निरज गिरीले भने आफुलाई यसबारे थाहा नभएको जिकिर गरेका छन् । ‘बोर्डका कर्मचारीकै साथीभाईले सेयर बेचे भन्ने विषयमा त मलाई केहि थाहा भएन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: