×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालनमा आउने, अब १० प्रतिशत काम मात्रै बाँकी (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालनमा आउने, अब १० प्रतिशत काम मात्रै बाँकी (भिडियो)

१४ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । आइतबार इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरीसकिने बताउनुभएको छ । बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको उहाँले बताउनुभयो । केही बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘भन्सारको लागि र क्वारेन्टीनका लागि विल्डिङ तयार भइसकेको छ । प्रशासनिक भवन निर्माण भइसकेको छ । एप्रिजल सेट जहाँ चेकजाँच गरिन्छ । ३ वटा तयार भइसकेको छ । ठुलो–ठुलो गोदामहरु २ वटा निर्माण भइसकेकको छ । कन्टेनर यार्ड त्यो पनि तयार भइसकेको छ । पार्किङ यार्डहरु बनिसकेको छ । गेट तिनवटै धमाधम सकिने स्थितिमा छ । ड्राइभरका लागि खाना पकाउने ठाउँ , ट्वाइलेट, वाथरुम बनिसकेको छ । सञ्चालन गर्ने स्थितिमा पुगिसकेका छौँ ।’
काठमाडौंमा बनेको सुख्खा बन्दरगाहका कारण बाहिरी देशबाट सिधैँ काठमाडौंमा आउने सामग्रीहरु ल्याउन सहज हुने कार्यकारी निर्देशक गजुरेलले बताउनुभयो । उहाँले भन्नुभयो – ‘बाहिरी देशबाट आउने सामानहरु जो काठमाडौंको गन्तव्य हुन्छ । उहाँहरुले म विरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर गर्दिन सिधैँ काठमाडौंमा क्लियर गर्छु भन्दा यो सञ्चालनमा आएपछि यहीँ ल्याएर क्लियर गर्न सक्नुहुन्छ । व्यापारलाई सहजीकरण गर्ने, सामानको ढुवानी, ओसार–पसार गर्ने मुल्य घटाउन यसले महत्वपूर्ण योगदान दिनेछ । अहिले पनि तेस्रो मुलुकबाट आउने अथवा नेपाल, भारत, चीनबाट आएको ६० देखि ७० प्रतिशत सामान त काठमाडौंमा नै आइराखेको छ भनेपछि भोलीको दिनमा काठमाडौंको सामान काठमाडौंमा नै क्लियर हुने अवसर हुन्छ । यसले व्यापार सहजीकरण पनि गर्छ । लजिस्टिक कस्ट कम गर्छ । त्यसैले या बन्दरगाह महत्वपूर्ण छ ।’
विरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर नगरी सामग्री एकैचोटी काठमाडौंमा क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार–पसार गर्ने मुल्यलाई घटाउन योगदान गर्ने उहाँले बताउनुभयो । पृथ्वी राजमार्ग हुँदै बन्दरगाहसम्म सामाना ढुवानी गरिने उहाँले जानकारी दिनुभयो । बन्दरगाहको लागत अनुमान १ अर्ब ८० करोड रहेको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: