×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आज प्यानिक सेल नगरौं, धितोपत्र बोर्डलाई देखाईदिऔं लगानीकर्ताको एकताको बल…’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘आज प्यानिक सेल नगरौं, धितोपत्र बोर्डलाई देखाईदिऔं लगानीकर्ताको एकताको बल…’

२ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • समाचार टिप्पणी
हत्या, बलात्कारजस्ता जघन्य फौजदारी अभियोग लागेका पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिंदासमेत उनीहरुको अनुहार देखाईदैन । किनकि प्रचलित कानुनले उसलाई अभियुक्त बनाएको हुन्छ, अपराधी सावित गरिसकेको हुँदैन । अपराधी ठहर नहुँदासम्म उसका कतिपय अधिकारहरुको रक्षा गरेर उसको अनुहार छोपेर उनलाई सार्वजनिक गरिन्छ । तर एउटा कम्पनी, जहाँ लाखौँ लगानीकर्ताको करोडौं रुपैयाँ लगानी परेको छ, उसले गलत गर्यो भनेर अनुसन्धान अगावै नाम नै किटेर ती कम्पनीहरु जोखिमयुक्त भनिनु पक्कै पनि लगानीकर्ताको भावनामाथि नमिठो खेलबाड त हुँदै हो, समग्र धितोपत्र बजारको अहित हुनेगरी गरिएको दुष्कर्मको पराकाष्टा हो ।
नेपाल धितोपत्र बोर्ड नियामक हो । त्यसैले उसले कम्पनीमा भएका गलत कामका बारे अनुसन्धान गर्न पाउँछ । गर्नुपर्छ पनि । तर आफ्ना नजिकका मान्छेको कम्पनीमा गलत काम भएको छ भनेर प्रमाणसहित लिखित उजुरी पर्दा पनि मतलब नगर्ने धितोपत्र बोर्डलाई अहिले के आइपर्यो त्यस्तो, कि अनुसन्धान नै नभई यी कम्पनी जोखिमपूर्ण छन् भनिदिन ?
केहि समय अगाडी एक ठुला लगानीकर्ताले अर्थ सरोकार टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा केहि राम्रा कम्पनी पनि स्क्रिप्ट तोकिदिंदा, धितोपत्र बोर्डको टाउको दुखेको थियो । तर अहिले उसैले यी कम्पनीहरु नराम्रा छन् वा जोखिमपूर्ण छन् भन्न मिल्छ ? यो त बदमासीको पनि हद भएन र ? अर्कोतर्फ जुन जुन कम्पनीको नाम ५१ वटा कम्पनीको लिष्टमा परेका छन्, तीमध्ये कुनै कम्पनी सार्है राम्रा कम्पनी पनि छन् । घोडीघोडा लघुवित्तजस्ता कम्पनी बिगत लामो समयदेखि कारोबार भएका छैनन् भने तीनमा कसरी चलखेल भयो ? मनपरी गर्ने ? मनपरी लेख्ने ? मनपरी बोल्ने ? धितोपत्र बोर्डजस्तो जिम्मेवार संस्थासँग अलिकति नैतिकता भन्ने कुरा हुनुपर्दैन ?
बोर्डको विज्ञप्ति पहिला आफ्नालाई सेयर बेच्न लगाएर आएको प्रष्ट हुन्छ । बोर्डको अध्ययनबारे विज्ञप्ति सार्वजनिक हुनुअगावै संचारमाध्यममा समाचार आउनु, बोर्डको विज्ञप्ति आउने सूचना पाएर फाइनान्स सेक्टरमा प्यानिक सेल देखिनु त्यसका प्रमाणहरु हुन् । के यो चाहिं बोर्ड आफैंले गरेको इन्साइडर ट्रेडिङ भएन र ? बोर्डका अधिकारीहरुलाई चाहिं जे बोल्न पनि छुट हो ? जे गर्न पनि छुट हो ?
आम नागरिकको शंका छ, माफियाबाट मज्जाको दानापानी पाएर बोर्डका अधिकारीले यस्तो विज्ञप्ति निकालेको हो । कर्नरिङ गर्नेहरुले त विज्ञप्ति आउने सूचना पहिला नै पाईसकेका थिए र सोहि दिन सेयर बेचिसके । अव फस्ने नयाँ लगानीकर्ता न हुन् । अनि के धितोपत्र बोर्ड ठुला खेलाडी र माफियाहरुको मात्र संस्था हो ? के नयाँ लगानीकर्तामारा हो धितोपत्र बोर्ड ?
अनुत्तरित प्रश्नहरु धेरै छन् । रहस्यको गर्भमा बसेका तथ्यहरु धेरै छन् । ठुला खेलाडीबाट महँगो रकम असुलेर यो विज्ञप्ति आएको हुनसक्ने लगानीकर्ताको शंका गलत हो भन्न सकिने अवस्था छैन । त्यसैले छानविन गलत गर्ने कम्पनीहरुको भन्दा पहिला धितोपत्र बोर्डका अधिकारीहरुको सम्पत्तिमाथि गरिनुपर्छ । आम लगानीकर्ताले लगानी गरेको कम्पनीलाई ठाडै अनुसन्धान नगरी जोखिमयुक्त भन्नेलाई कारवाही हुनुपर्छ ।
त्यसैले आम लगानीकर्ताहरुले आज प्यानिक सेल नगरौं । धितोपत्र बोर्डलाई बोर्डले गरेको चलखेलले लगानीकर्ताहरु हतोत्साहित हुँदैनन् भन्ने बुझाईदिउँ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: