×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

एउटा मान्छेको पहलले कति फरक पार्दछ, सेयर बजारमा…

BIZBAZAR

  • सुर्जनी पौडेल
काठमाडौँ । केशब कोइराला अर्थात ‘काका’ । नाताले उनी केहीकामात्र काका होलान्, तर सेयर बजारमा उनी सबै लगानीकर्ताका ‘काका’ हुन् । काका अर्थात बाबुसमानको नाता । सेयर बजारका विकृतिबारे उनी खुलेर बोल्छन् । सेयर बजारका विभिन्न गलत गतिविधिलाई बाहिर ल्याउँछन् । उनीसँग अर्थ सरोकार डटकमले ‘काकासँग सेयरका कुरा’ नामक टेलिभिजन कार्यक्रम पनि संचालन गर्दै आएको छ । सो कार्यक्रमपछी उनको लोकप्रियता झनै चुलिएको छ । कार्यक्रम हेर्ने अधिकांसले उनको ‘वाहवाही’ गरेका छन् । उनलाई समर्थकहरुले यति माया गरिरहेका छन् कि उनलाई नै धितोपत्र बोर्डको अध्यक्ष बनाउनुपर्छ वा नेप्सेको जीएम बनाउनुपर्छ भन्नेसम्मका आवाजहरु सामाजिक संजालमा देखिन्छ ।
यसो त उनले थुप्रै विरोधीहरु पनि कमाएका छन् । विशेषगरी ठुला खेलाडीहरुका ‘कर्तुत’बारे खुलेरै बोल्ने भएकाले उनलाई ठुला खेलाडी र तिनका आसेपासेले अहिले देखिसहँदैनन् । ठुला खेलाडीले विभिन्न फेक आइडी बनाएर उनलाई गाली गर्छन्, उनको बदनाम गराउन खोज्छन्। तर काका त्यस्ता कुराको खासै मतलव राख्दैनन् ।
जव उजुरी बोकेर काका आफैं लागे नियामककहाँ…
गत आइतबारको कुरा हो । काका अर्थात् उनै केशब कोइराला हातमा उजुरी लिएर ‘म धितोपत्र बोर्ड जाँदैछु’ भन्ने खबर गर्दै अर्थ सरोकारसम्म आइपुगे ।
‘किन?’ हामीले प्रश्न तेर्स्याईहाल्यौं ।
उनका अनुसार विभिन्न हाइड्रोपावर कम्पनीहरुले वित्तीय विवरणसमेत प्रकाशन नगरेर जनताको आँखामा छारो हालिरहेका छन् । लगानीकर्ताहरु फस्ने भए भन्ने उनको चिन्ता थियो । अहिले २-४ दिनको रमाइलो देखेपनि कमजोर कम्पनीमा साना लगानीकर्ता फसिरहेको तर्क थियो उनको । उनको तर्क सुनेपछि हामी पनि लाग्यौं धितोपत्र बोर्ड ।
धितोपत्र बोर्डमा उनले उजुरी दर्ता गरे । उजुरीमा वित्तीय विवरण सार्वजनिक नगर्ने केहि कम्पनीको नाम नै किटेर ती कम्पनीहरुको सूचीकरण रद्ध गर्न माग गरिएको थियो । कोइरालाले बोर्डमा उजुरी दर्ता गराए । उजुरीमा उनले समयमा वित्तिय विवरणहरु प्रकाशन नगर्ने खानीखोला हाइड्रोपावर,जोशी हाइड्रोपावर र हिमाल दोलखा पावर कम्पनीको दोस्रोबजार कारोबार रोक्का गरिपाँउ भनि माग गरेका थिए भने खानिखोला हाइड्रोपावरले २०७६ सालमा प्रकाशन गरेको वित्तिय विवरण अनुसार नै उक्त कम्पनीको नेटवर्थ ७ रुपैयाँ नकारात्मक रहको र हालसम्मको निरन्तर घाटाले कम्पनीको नेटवर्थ करिब नकारात्मक ५० रुपैयाँ सम्म पुगिसकेको हुनसक्ने अनुमान गर्दै उनले यस्तो टाँट पल्टिसकेको कम्पनीको सेयर महंगो मूल्यमा किन्दा लगानीकर्ताहरुको लगानी डुब्ने खतरा हुने देखिएकाले उक्त कम्पनीको सूचिकरण खारेजीको माग गरेका छन् ।
त्यसपछि उनी सो उजुरीको बोद्धार्थ लिएर पुगे नेप्से । नेप्सेका हाकिम चन्द्रसिंह साउदलाई भेटेर उनले यस विषयमा विस्तृतमा जानकारी गराए । साउद पनि कोइरालाको कुरामा कन्भिन्स्ड भए ।
नेपालका हाइड्रोपावर कम्पनीहरुको पनि छुट्टै नियामक निकाय छ भन्ने धेरैलाई थाहा छैन । काकाले यस विषयमा विस्तृत अध्ययन गरेको देखियो । र नेप्सेबाट छुट्टिएर उनी विद्युत नियमन आयोग पुगे । आयोगमा अध्यक्ष भेटिएनन् तर उनले उजुरी दर्ता गरे । त्यो दिन के के भयो, अर्थ सरोकार टेलिभिजन कार्यक्रममा हेर्न सकिन्छ । त्यहाँ उनले आफुले उजुरी गर्नुको कारणबारे थप विस्तृत जानकारी गराएका छन् । 

तुरुन्त एक्सनमा धितोपत्र बोर्ड. र नेप्से..
धितोपत्र बोर्ड कति ‘लोसे’ छ भन्ने कुरा भनिरहनुपर्दैन। तर यस विषयलाई धितोपत्र बोर्डले निकै गम्भीर भएर लियो । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले तुरुन्त नेप्सेलाई त्यस्ता ‘बदमास’ कम्पनीहरुको कारोबार रद्ध गर्न निर्देशन दिन अर्हाए । बोर्डले तुरुन्तै नेप्सेलाई यस विषयमा निर्देशन दियो । नियामकको निर्देशन आएपछी नेप्से पनि तात्यो । र थाल्यो अनुसन्धान ।
नेप्सेको अनुसन्धानबाट थाहा भयो कि हिमाल दोलखा पावर कम्पनीको हाल सम्मको सबै वित्तिय विवरण प्राप्त भइसकेको रहेछ, जोशी हाइड्रोपावरको तेस्रो त्रैमासको मात्र वित्तिय विवरण प्राप्त नभएको रहेछ भने खानी खोला हाइड्रोपावरले चालु आर्थिक वर्षको तीन वटै त्रैमासको वित्तिय विवरण बुझाएको रहेनछ । अन्तत: खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का भएको छ ।
खानीखोला हाइड्रोपावरका संचालकहरु पनि यो खबरबाट आत्तिएकाट हिये । उनीहरुले नेप्सेमा केहि दिनको समय माग गरेर हारगुहार गरिरेहका थिए । तर यसपाली नेप्सेले बोल्ड डिसिजन लिएको छ । खानीखोलाको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले एक सार्वजनिक सूचना जारी गर्दै खानी खोला हाइड्रोपावरको सेयर कारोबार रोक्का भएको बताएको छ । नेप्सेको यो निर्णयपछी काकालाई धेरैले बधाई र धन्यवाद दिएका छन् । 
‘माफियाहरु’को निदहराम !
लगानीकर्ता कोइरालाको यो कदमले धेरै सेयर ‘माफिया’ र हाइड्रो माफियाहरुको ‘निदहराम’ भएको छ । गलत सूचना जारी गर्ने, समयमा नै वित्तीय विवरण सार्वजनिक नगर्ने, र गलत गरेर खान पल्केकाहरुलाई कोइरालाको कदमले रुनु न हाँस्नु भएको छ । धितोपत्र बोर्डले आफैंले गर्नुपर्ने काम उनको पहलमा भएको देखिएको छ । हुन त उनको उजुरीले नेप्से र धितोपत्र बोर्डलाई सहज भएको छ। किनकि ती निकाय आफैंले कारवाही थालेको भए थेग्नै नसक्नेगरी दबाब आउने थियो ।
यसो त उनको यो कदमलाई कसरी बदनाम गराउन सकिन्छ भनेर केहि हाइड्रोका खेलाडीहरु पनि लागेका छन्। यो झुण्डमा मिडियामा लगानी गरेर जनताको पक्षमा जस्तो देखाउने तर भित्रभित्र हाइड्रोकै सेयरमा चलखेल गर्ने, मिडियामा समेत लगानी गरेका हाइड्रोका खेलाडीहरु पनि छन् । आफ्नो मिडियाबाट समर्थन गरेजस्तो देखाएर अरु साथीहरुलाई विरोध गर्न लगाउनेहरु पनि छन् । केहिले सामाजिक संजालमा ठुलै कुण्ठा पोखिरहेका छन् ।
तर जे होस्, कोइरालाले जे गरे, त्यसले समग्र हाइड्रोका लगानीकर्ता, नेप्से, धितोपत्र बोर्ड, विद्युत नियमन आयोगलाई नमज्जासँग झस्काईदिएको छ । चर्चित गीत ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा’ भनेजस्तै एउटा मनाछेको पहलले कति फरक पार्दोरहेछ सेयर बजारमा ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal