×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको डेबिट कार्ड हराएमा अब चिन्ता लिनु नपर्ने, अनलाईनबाटै दिन सकिन्छ नयाँ कार्डको लागि आवेदन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ असार २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

एनआईसी एशिया बैंकको डेबिट कार्ड हराएमा अब चिन्ता लिनु नपर्ने, अनलाईनबाटै दिन सकिन्छ नयाँ कार्डको लागि आवेदन

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको iServe डिजिटल प्लेटफर्म (https://iserve.nicasiabank.com) मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन् । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले ग्राहकहरूलाई कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाईनमार्फत यस प्रकारको सुविधा ल्याएको हो ।
बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमार्फत iServe भित्र रहेको कार्ड सर्भिसमा ट्याप गरी ‘डेबिट कार्ड रिप्लेस्मेन्ट’ मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ । यसका लागि ग्राहक ‘लेडेबिट कार्ड रिप्लेस्मेन्ट’ मा ट्याप गरी आफ्नो नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । त्यस लगत्तै आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा ग्राहकवले प्राप्त गरेको OTP राखेर भेरिफिकेसन गर्नुपर्नेछ । सफलतापूर्वक भेरिफिकेसन भइसकेपछि ग्राहकले कार्ड लिन जाने शाखा छनौट गरी बैंकको नियम एवं शर्तहरूलाई स्वीकार गर्ने र क्याप्चा भरेर अगाडीको प्रक्रियामा प्रवेश गर्नुपर्नेछ । आवेदन सफल भएपछि बैंकले एसएमएसमार्फत खातावालालाई जानकारी गराउनेछ र कार्ड तयार भएपश्चात् बैंकले पुनः एसएमएसबाट छनौट गरेको शाखाबाट डेबिट कार्ड लिनका लागि ग्राहकलाई जानकारी गराउँनेछ । यस अनलाईन सुविधाले ग्राहकहरूलाई बैंकसम्म पुग्दा लाग्ने समयको बचत हुनुका साथै कोभिड-१९ महामारीको बेला भौतिक दुरी बनाइराख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई समेत सघाउ पुग्ने विश्वास बैंकले लिएको छ ।
डिजिटल फस्टको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई एनआईसी एशिया मोबाइल बैंकिङ प्लाटफर्ममार्फत अघि बढाईरहेको छ । जसअनुसार ग्राहकहरूले एनआईसी एशिया मोबाइल बैंकिङ प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसि/एनसेल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा प्रोग्रेसिभ ट्रयाकिङ् आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले लिन सक्नेछन् ।
साथै बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले iServe प्लाटफर्मको विकास गरी एनआईसी एशिया मोबाइल बैंकिङ तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ । यस iServe मार्फत मोबाइल बैंकिङ सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट ), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई-कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेस्मेन्ट आवेदन र इन्स्टा बाई) ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन् ।
बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङ सेवामार्फत् आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। करिब २७ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: