×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

निषेधाज्ञाले रसुवा टिमुरेको जनजीवन कष्टकर बन्यो, चीनबाट सामान नआएपछि काठमाडौंकै भरमा जनता (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
रसुवा । सडकको अवस्था रामो नहुँदा रसुवा टिमुरेका जनताले दुःख भोग्नु परेको छ । सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पमा हेरिएको रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरावस्थाले स्थानीय जनताले दुःख पाएका हुन् । रसुवाको धुन्चेदेखि छिमेकी राष्ट्र चीन जोडिने नाका टिमुरेको सडकको अवस्थाले स्थानीय जनताको दैनिकमासमेत नकारात्मक असर परेको छ । हिमाली क्षेत्र भएकोले यस क्षेत्रमा पर्याप्त उब्जनी हुँदैन ।
सबैकुरा किनेर चलाउनुपर्ने हुन्छ । सडकको अवस्था राम्रो नहुँदा पर्याप्त सामान नपाइने पाइएको सामान महँगो हुने, बासि सडेगलेको खाद्यान्न पुग्ने भएकोले स्थानीय जनताले दुःख पाएका छन् । टिमुरेकी स्थानीय तारा रानामगरले खाद्यान्न लत्ताकपडा र तरकारीसमेतमा काठमाडौंको भर पर्नुपरेको बताउनुभयो । यस्तै अर्का स्थानीय व्यावसायी वल बहादुर घर्ती मगरले खराब बाटोको मारसँगै कोरोना संक्रमणको जोखिमको कारणले लगाइएको निषेधाज्ञाले समेत दुःख पाएको बताउनुभयो ।
धुन्चे टिमुरे सडक खण्डको स्तरोन्नति गर्ने विषय वर्षौदेखि योजनामा परेपनि समयमै काम हुन सकिरहेको छैन । मुख्य शहर जोड्न बाटो लामो भएको र सडकको अवस्था पनि सुध्रन नसकेपछि व्यापार, व्यवसाय पनि हुन छाडेको छ । टिमुरेकै स्थानीय छुनी डोल्मा लामाले विरामी भएर अस्पताल जानसमेत बाटोको कारण समस्यामा परेको बताउनुभयो ।
यस्तै रसुवाका पूर्व सांसद(प्रतिनिधि सभा) मोहन आचार्यले सडकको स्तरोन्नति गर्न सरकारसँग विभिन्न चरणमा छलफल भएपनि मूर्तरुप पाउन नसकेको बताउनुभयो । उत्तरी छिमेकी चीनसँग जोड्ने सहज नाकाको रुपमा हेरिएपनि आवश्यक भौतिक पूर्वाधारको कमिले प्रयोगमा आउन नसकेको पूर्व सांसद आचार्यले बताउनुभयो । सरकारले यस सडक खण्डलाई एक निर्वाचन एक रणनैतिक सडक कार्यक्रम अन्तर्गत पारेको हुँदा आगामी आर्थिक वर्षमा काम हुने विश्वास ब्यक्त गर्नुभयो । यो सडकलाई पवित्र धार्मिक स्थल गोसाईकुण्ड जाने बाटोमा परिणत गर्नसके धार्मिक पर्यटनबाट आयआर्जन गर्न सकिने पूर्वसांसद मोहन आचार्यले बताउनु भयो ।
यो सडक पासाङल्ह्यामु राजमार्गको नामले पनि चिनिन्छ । यस सडकको ठिक तल मैलुङ स्याफ्रुबेसी सडक पर्दछ । मैलुङ स्याफ्रुबेसी सडक टिमुरे सम्म पुग्ने भएकोले पासाङल्ह्यामु राजमार्ग कतै ओझेलमा पर्ने हो कि भनेर स्थानीय चिन्तित बनेका छन् । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: