×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोबाइल एपबाट १ करोड बराबरको बाख्रा बिक्री वितरण, किसानहरुले पाए विचौलियाबाट छुटकारा (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मोबाइल एपबाट १ करोड बराबरको बाख्रा बिक्री वितरण, किसानहरुले पाए विचौलियाबाट छुटकारा (भिडियो रिपोर्ट)

१८ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
बाँके । कृषि पथ मोबाइल एप सञ्चालन भएपछि जननी समाजिक उद्यामी महिला सहकारी सस्थाले यो आर्थिक बर्षमा करिब १ करोड बराबरको बाख्रा बिक्री वितरण गरेको छ । पहिला व्यपारीहरुलाई सम्पर्क गर्दा बिचौलियाहरुले नाफा खाइदिने र समयमा बाख्रा बिक्रि गर्न नसक्दा किसानहरु घाटा व्यहोर्न बाध्य थिए । बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिकाको अधिकांश क्षेत्रमा वन जंगल छ । घर छेउ वरिपरि जंगल भएको कारणले राप्ती सोनारी गाँउपालिका २ का किसानहरु बाख्रा पालन तर्फ आकर्षित भएका छन् । 
बाख्रा पालन गर्नका लागि गाँउमै रहेको जननी समाजिक उद्यमी महिला सहकारी संस्थाले बिक्रि वितरण तथा बाख्राहरुलाई चाहिने दाना उपलब्ध गराउदै आइरहेको छ । सहकारीका सबै सदस्यहरुले बाख्रा पालन गरेर अम्दानी गरिरहेका छन् । पहिला किसानहरुले सहकारीलाई र सहरकारीले व्यापारीहरुलाई बिक्रि गर्दा बिचौलियाले नाफा खाइदिने र बिक्रि हुन धेरै समय लाग्दा किसानहरुले घाटा व्यहोर्न परेको थियो । तर नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके शाखाले गएको बर्ष देखि केयर कृषि पथ मोबाइल एप सञ्चालनमा ल्याएपछि किसानहरुलाई मात्र नभएर सहकारीहरलाई पनि सहज भएको छ । कम समयमा बिक्री हुने र बिचौलियाहरु पस्न नपाउने भएपछि संस्थाले एपको माध्यमबाट १ करोड बराबरको बाख्रा बिक्रि गरेको सहरकारीका अध्यक्ष गणेश खत्रीले बताउनुभयो।
गाँउका मानिसहरुले बाख्रा पालनबाट राम्रो अम्दानी गर्न थालेपछि विगत लामो समय देखि बसोबास गर्दै आएकी दिल कुमारी शर्माले पनि बाख्रा पालन सुरु गर्नुभएको छ । दिल कुमारी सँग अहिले एउटा बोयर बोका र स्थानीय जातका ३० बढी बाख्रा पाठापाठि छन् । गाँउको सहकारीले बाख्रा पालनमा सहयोग गर्ने भएपछि अहिले उनी आधुनिक तरिकाको बाख्रा र खोर निर्माणमा लगानी गरेको बताउनुभयो ।
राप्ती सोनारीका धेरै सहकारी संस्थाहरुले कृषकहरु सँग साझेदारी गरेर काम गरि रहेका छन् । किसानहरुले उत्पादन गरेका खद्यान्न तथा बाख्रा, कुखुुरा लगातका उपजहरु खरिद बिक्रि तथा वितरण गरिरहेका छन् । यसरी किसानहरुले उत्पादित चिज बस्तु सजिलै बिक्रि वितरण गर्नका लागि नेपाल घरेलु तथा साना उद्योग महसघंले सञ्चालन गरेको कृषि पथ मोबाइल एपलाई स्थानीय सरकारले पनि प्रयोग गरेर प्रभावकारी बनाइ दिए किसानहरुले विचौलियाबाट सधैंको लागि छुटकारा पाउने थिए । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: