×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुकुम्बासीको समस्या ‘ज्युँका त्युँ’ रहेको भन्दै तिनाउ खोला वरपरका स्थानीय अर्थमन्त्रीप्रति रुष्ट, गरे यस्तो दाबी ! (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुकुम्बासीको समस्या ‘ज्युँका त्युँ’ रहेको भन्दै तिनाउ खोला वरपरका स्थानीय अर्थमन्त्रीप्रति रुष्ट, गरे यस्तो दाबी ! (भिडियो)

Artha Sarokar

१८ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
बुटवल । तिनाउ खोला वरपरका स्थानीयले कालीगण्डकी-तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना आफुहरुको अहितमा रहेको भन्दै विरोध गरेका छन् । केन्द्रीय सरकारले गण्डकी प्रदेशको भुगोल, प्राकृतिक स्रोत र सम्पदामाथि नै अतिक्रमण गरेको भन्दै उनीहरुले योजना बनेमा तिनाउ बजार नै जोखिममा पर्ने बताए । अहिले पनि बुटवल र आसपासका बासिन्दाले पिउने पानीको समस्या भोग्नुपरिरहेको भन्दै उनीहरुले आयोजना बनेको अवस्थामा खेतबारीमा पनि सिंचाईको समस्या हुने दाबी गरेको । कालीगण्डकी उपत्यकामा रहेका १० वटा स्थानीय तह अन्र्तगको जग्ग्गा मरुभुमीमा परिणत हुने र पानीको हाहाकार हुने स्थानीयको भनाई छ ।
स्थानीयले अर्थमन्त्री विष्णु पौडेलले चुनावी नाराका रुपमा आयोजनालाई अघि सारेको आरोप लगाएका छन् । सबै विष्णु पौडेलका लागि चुनावी नारा हुन् । आफु स्वयम् पनि थिएँ । त्यो बाटो आहिलेसम्म पिच भएको छैन । ९ बर्ष अगाडि सिलन्यास भएको भएको बाटो अझै पिच हुन नसकेको , पीउने पानीको व्यवस्था गर्न नसक्दा पाईपहरु अलपत्र रहेको, सुकुम्बासी समस्या ज्युँका त्युँ रहेको रहेको भन्दै स्थानीयहरु अर्थमन्त्री पौडेलप्रति नै रुष्ट बनेका छन् । उनीहरुले मन्त्री पौडेलले अर्थमन्त्रीको पदसंग साँठगाँठ गरेर बुटबललाई राजधानी बनाउने यसअघिको एजेण्डा पनि छोडेको र जनतालाई फेरी एकपटक भुलाउनको लागि चुनावी एजेण्डाको रुपमा आयोजना अघि सारेको दाबी गरे ।
गण्डकी प्रदेशले आफ्नो प्रदेशको जैविक विविधता, पर्यावरण, पर्यटनमा असर पार्ने भएको बनाउन नदिने बताएको छ । संघीय सरकारले यस परियोजना निर्माणको लागि प्रदेश तथा स्थानीय सरकारसँग कुनै प्रकारको समन्वय नगरेको गुनासो पनि गण्डकी प्रदेशले गरेको छ । संघ सरकारले एकातर्फी रुपमा कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना बनाउने निर्णयलाई संघीयता र संविधानमाथिकै प्रहारको रुपमा प्रदेश सरकारले लिएको छ । पर्यावरण विज्ञहरुले आयोजना बनाएमा चितवन राष्ट्रिय निकुञ्जमा पानीको बहाव कम भएर चलचरहरु मासिने र विश्व सम्पदा सूचीबाट पनि हट्नसक्ने आशंका व्यक्त गरेका छन् ।
कालीगण्डकी केवल नदीमात्रै नभई सभ्यता पनि भएको भन्दै कालीगण्डकीको सभ्यता र संस्कृति मास्नु नहुने तर्क स्थानीयको छ । कालीगण्डकीको पानी डाइभर्ट गरेर तिनाउमा मिसाएमा संस्कृतिको धरोहरको रुपमा रहेको देवघाटमा पनि पानी को अभाव हुनसक्ने आकलन त्यहाँका बासिन्दाले गरेका छन् । कालीगण्डकी-तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना निर्माणको सम्बन्धमा केन्द्र सरकार र प्रदेश सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा यो आयोजना विवादित बनेको छ । ३ तहका सरकारलाई संविधानले अनुसूचीको ५, ६, ७, ८ र ९ मा एकल अधिकार र साझा अधिकार रुपमा उल्लेख गरेको छ । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी