×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनवाइइएफद्वारा नेपालमै पहिलोपल्ट राष्ट्रिय स्तरको नेपाल र भुटानबीच संयुक्त उद्यमशीलता विश्व कप फाइनल आयोजना

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । उद्यमशीलता विश्वकप यही आषाढ २५ गते भर्चुअल माध्यमबाट नेपालमा पहिलोपल्ट आयोजना गरिएको थियो । उक्त कार्यक्रममा उत्कष्ट १४ जना अन्तिम चरणका प्रतियोगीहरुले आफ्ना आइडियाहरु छनौट समितिमा राखेका थिए । जसमध्येबाट उत्कृष्ट नौ जना विशेष स्टार्टअप फाइनलका लागि छानिए । जुन अफरमाण्डू, प्याड टु गो, निर्माण, लिफ प्लस प्रा.ली, प्लाज्माड लि. इन्टरप्राइज, जीवी हेल्थ प्रा.लि., चेली नेपाल, वर्कहब र द ग्रीन रोड रहेका छन् । उत्कृष्ट ती सबै नौ फाइनल प्रतियोगीहरुले छनौट समितिबाट अन्तिम चरण पूरा गरेका थिए जसमा बिजेता, फष्ट रनरअप र सेकेन्ड रनरअपको घोषणा गरिएको थियो ।
छनौट समितिमा सात जना विज्ञहरु थिए । जसमा रुपेश कृष्ण श्रेष्ठ सहायक प्राध्यापक, काठमाडौं स्कूल अफ म्यानेजमेन्ट तथा को-फाउण्डर आइडिया स्टुडियो नेपाल, जुना माथेमा को-फाउण्डर तथा प्रबन्ध निर्देशक बिल्टज्मिडिया प्रा. लि, उदीप श्रेष्ठ कार्यकारी निर्देशक, पञ्चकन्या ग्रुप, किरण तिमलसिना-सिटीओ तथा को-फाउण्डर अर्बान गर्ल तथा यूजी केक्स, श्री निकोलश पाण्डे-कार्यकारी निर्देशक, कालिका कन्स्ट्रक्सन, सैलेजा श्रेष्ठ- निर्देशक तथा मानव शंसाधनमेनेजर, नव नेपाल प्लाष्टिक प्रा. लि. र सिर्जना प्लाष्टिक उद्योग र प्रविना घिमिरे- कार्यकारी निर्देशक, मेटल काष्ट प्रा. लि. रहेका थिए ।
नेपाल-भुटान संयुक्त इडब्लूसी २०२१ को उत्कृट नौ जना मध्ये भुटानको कम्पनी ‘द ग्रीन रोड’ बिजयी हुन सफल भयो । ‘द ग्रीन रोड’ बाट फाउण्डर तथा प्रबन्ध निर्देशक रिकेश गुरुङ थिए । उक्त कम्पनी भुटानको पहिलो रिसाइक्लिङ कम्पनी हो र जसले खेर गएको प्लाष्टिकबाट सन् २०१४ को अक्टोबरदेखि सडक कालोपत्रे गर्ने काम गर्दै आएको छ । त्यस्ता सडकमा गरिएको कालोपत्रे टिकाउ तथा वातावरण मैत्री रहेका छन् । अहिलेसम्म सो प्रविधिबाट १०० किलोमिटर सडक कालोपत्रे भएको छ र ५४० टन खेर गएका प्लाष्टिकको प्रयोग गरिएको छ ।
त्यसैगरी फष्ट रनर-अपमा ‘जीवी हेल्थ’ रहन सफल भएको छ । जसका फाउण्डर तथा सिइओ आभुषण ज्योती कंसाकार हुन् । जीवी हेल्थले स्वास्थ्य सम्बन्धी प्रविधिको विकास गरी स्वास्थ्य सेवामा सुधारत्मक कार्य गरिआएको छ । त्यस्तै सेकेण्ड-रनरअप मा ‘लिफ प्लस’ नामक कम्पनी रहन सफल भएको छ । ‘लिफ प्लस’ बाट कोवित सिंह बानिया रहेका छन् । सो कम्पनीले वातावरण तथा समाजमा उल्लेखनीय कार्य गर्दै महिला र विपन्न किसानहरुको उत्पादकत्व वृद्धि तथा प्रवर्द्वनमा छ ।
यस प्रतियोगिताको विजेताले विश्व प्रतियोगिताकमा भाग लिन पाउनुको साथै यु.एस.डलर १० लाख नगद पाउनेछन् । साथै थप लगानीका अवसरहरुको लागि यु.एस.डी.७ लाख ५० हजार पनि सहयोग प्राप्त हुनेछ । इ.डब्लु.सि.का माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा लगानी गर्ने र जीवन परिवर्तन गर्न सक्ने पुरस्कार प्राप्त हुनेछ । यसले उद्यमीहरुको विभिन्न चरणहरुको मुल्याङकन गर्दछ जसमा आईडिया स्टेज, अर्ली स्टेज, ग्रोथ स्टेज पश्चात पनि उनीहरुलाई विभिन्न स्रोत र साधन उपलब्ध गराएर अघि बढ्नका लागि सहयोग गर्दछ । नोभेम्बर २०२१ मा १०० वटा राष्ट्रिय विजेता स्टार्टअपलाई साउदी अरबको रियाद शहरमा इ.डब्लु.सि.मा भाग लिनका लागि स्टार्टअप बुट क्याम्पमा पठाइनेछ त्यसैका आधारमा फाइनल प्रतियोगितामार्फत इ.डब्लु.सि.को अन्तर्राष्ट्रिय विजेताको घोषणा गरिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: