Skip to content
LAXMI SUNRISE BANK

यी हुन् सेयर बजारमा लाग्ने हरेक ट्रेडरका समस्या…राजेश कार्कीको जानकारीमुलक लेख

अर्थ सरोकार

सा बिद्या या बिमुक्तये ज्ञानले मानिसलाई मुक्त गर्दछ। जुन क्षेत्रमा आफु लाग्ने हो त्यसको ज्ञान त अझ जरुरी छ। सेयर बजारमा लाग्ने मानिसले सिक्ने मौका कहिले गुमाउनु हुंदैन। सेयर बजारमा नाफा कमाउन आफ्नो बिगत को गल्ति बाट सिक्नु पर्दछ। बिगत मा भएको गल्ति दोहर्ययिएन भने कमाउन सकिन्छ।
वास्तब मा मैले आज यहाँ राखेका समस्याहरु समस्या नभई हरेक ट्रेडरको मनमा आउँने प्रस्नहरु हुन्। जब सम्म ज्ञान बढ्दैन तब सम्म यी प्रस्न रही नै रहने छ। मैले राखेका यी प्रस्नको उत्तर खोज्न केहि समय दिनुहोस जसले तपाइलाई एक सफल र विवेकपूर्ण ट्रेडर बनाउँन मद्धत गर्नेछ।
प्रस्नहरु
१. मैले किन्ने बित्तिकै स्टकको मूल्य तल झर्छ र मैले बेच्ने बित्तिकै स्टक को मूल्य माथि बढ्न थाल्छ।
२. अरु स्टकको मूल्य माथि जाँदा पनि मैले लिएको स्टकको मूल्य जहाँको तहीं रही रहन्छ या अझ तल झर्छ।
३. जब पनि कुनै फाइदा हुन्छ त्यो चाहीं थोरै र जब घाटा हुन्छ त्यो चाहीं धरै नै हुन्छ।
४. कुनै समाचार मा विश्वास गरि सेयर किन बेच गरे पनि घाटा हुन्छ विश्वास नगरे पनि घाटा हुन्छ। मानौं आज समाचार आयो कि फलानो कम्पनीले बोनस दिने भयो भनेर त्यहि समाचारको भरमा सेयर किन्यो तर त्यसको मूल्य बढेन। फेरी २ दिन पछि अर्को कम्पनिको बारेमा यस्तै समाचार आयो अब आफुले पहिले नै धोका खाएकोले यो समाचार मा विश्वास गरिएन तर यो सेयरको मूल्य चाहीं बढ्यो। जुन समाचार लाई मैले विश्वास गरें त्यहाँ पनि लस् भयो र जुन समाचार लाई मैले विश्वास गरिन त्यहाँ पनि लस् नै भयो।
५. किन बजारले सधैं मलाई नै पेल्छ या बजार किन मेरो मात्र पछाडी परेको छ? जब पनि म आफुँसंग भएको पुरा पैसा बजारमा लगाई सक्छु तब चाँही बजार मा क्र्यास या करेक्सन आउँछ या पैसा नभएको बेला मात्र किन्ने मौका हुन्छ।
६. जहिले पनि बजार अप ट्रेन्ड भई रहेको बेला आर्थिक राजनैतिक सबै तिरको राम्रो मात्र खबर आउँछ तर जब बजार डाउन ट्रेन्ड मा जान्छ तब चारै तिर बाट नराम्रो मात्र खबर आउँछ। जस्तै बजार अप ट्रेन्ड भएको बेला राजनैतिक समीकरण मिल्यो, मौद्रिक नीति राम्रो आयो, बिदेस बाट सहयोग प्राप्त भयो जस्ता खबर आउँछ भने बजार डाउन ट्रेन्ड जान सुरु भए पछि राजनैतिक समीकरण बिग्रियो मौद्रिक नीति झन् नराम्रो आयो भन्ने जस्ता खबर आउँछ।
७. हरेक पटक आफ्नो गल्ति महसुस गराई रहन्छ ।
८. स्टक को मूल्य घटे पछि गलत हल्ला फैलनु। जब कुनै स्टकको मूल्य बढी रहेको बेलामा त्यो स्टक रु १००० मा पनि किन्न तयार हुन्छु तर पनि पाउँदिन तर जब त्यहि स्टकको मूल्य घट्दा रु ६०० मा पनि फालाफाल हुन्छ र किन्न खोज्यो तर यहि समयमा यो स्टकको बारेमा गलत खबर फैलिएको हुन्छ ।
९. के कारण ले मैले आफ्नो स्टप लस् जहाँ पनि लगाउँ त्यो बजार ले काटेकै हुन्छ ?
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK