राजेश कार्की । सेयर बजार उतार चढावको खेल नै हो तर जब जब बजार एक उचाईमा पुग्दछ तब केहि लोभी पापीहरुले मानिसको मनोभावना संग खेलवाड गरि अकुत कमाउने मौका छोप्दछन्। इतिहास रच्ने यात्रामा रहेको सेयर मार्केट पछिल्लो समय ओरालो लागेकोले लगानीकर्तालाई निराश बनाएको छ। सेयर बजार उकालो लाग्ने अझै प्रस्ट संकेत देखिएको छैन र अहिले बजार घट्नु पर्ने कुनै प्राकृतिक कारण पनि छैन। अहिले सबै अप्राकृतिक कारणहरुले बजार निरन्तर घटिरहेको छ। किनभने अहिले देशमा राजनीतिक स्थिरता छ, अर्थतन्त्रका सबै सूचक समग्रमा सकारात्मक नै छन्। अहिले मन्दीको अवस्था पनि छैन, देशमा कुनै प्राकृतिक प्रकोप छैन। कम्पनीहरुका प्रगति प्रतिबेदन र सूचकहरु पनि सन्तोषजनक नै छ। फेरि पनि बजार निरन्तर घटनु भनेको अप्राकृतिक घटाई हो भन्ने बुझिन्छ। अहिले बजारलाई वियरिस अबस्थामा पुर्याउने तत्वहरु तथा कारण यस्ता छन् :
सेयर बजार नियामक निकायको कमजोरी
बजारमा नियामक निकायले बजार विस्तार गर्ने योजना ल्याउनुको साटो बजारमा सेयर आपूर्ति वृद्धि गर्ने बाहेक दोस्रो बजार विकासका लागि अरु केही काम गर्न सकेको देखिएन। जब कि बजारमा आएको अत्यधिक आपूर्ति अनुसार बजार विस्तार योजना, जस्तैः ब्रोकर कमिसन उल्लेख्य रुप मा घटाई, बैंकलाई ब्रोकर लाईसेन्स दिएर र ब्रोकर शाखा देशभर पुर्याएर सेयर बजारको विकास र विस्तारमा कुनै कसर बाँकी राख्नु हुँदैन थियो।
नियामक निकायमा बसेका उच्च तहको नेतृत्वले सेयरबजार अति संवदेनशील क्षेत्र भएकोले उहाँहरुले बोलेका सामान्य कुराहरुले पनि बजारमा ज्यादै नकारात्मक असर गर्छ भन्ने कुरा नबुझ्दा त्यसको प्रत्यक्ष मारमा लगानीकर्ताहरु पिल्सिएका छन्। त्यसकारण नियामक निकायमा बसेका उच्च तहका व्यक्तिहरुले सेयर बजारको बारेमा बोल्दा अलि विचार पुर्याउनुपर्ने देखिन्छ। अहिले राष्ट्र बैंकको गभर्नर र अर्थ मन्त्रिको जुँगाको लडाईले पनि सेयर बजार घट्दो अवस्थामा गईरहेको धारणा आम लगानीकर्ताको रहेको देखिन्छ।
अर्को कुरा जहिले पनि जब बजार बढेर आफ्नो एक इतिहास रच्ने क्रम मा हुन्छ तब नियामक निकाय ले यो र उ नाममा बजार वृद्धिको बिरुद्धमा विभिन्न बिज्ञप्ति निकालेर बजारलाई नियन्त्रण गर्न खोज्दछन तर जब बजार अस्वाभाविक रुपमा घट्दछ तब सबै तैं चुप, मै हुप हुन्छन। के बजार घट्दा त्रासले मानिसहरुले आत्महत्या गरे पछि मात्र नियामक निकाय बोल्ने हो ?
सेयर बजार माफियाहरुको बदमासी
कारोबार भइरहेको बेला रियल टाइम इन्फरमेसन नै आफूसम्म आइपुग्ने गरी सूचना प्रविधिको पहुँचमा केही माफियाहरु छन्। त्यसैले उनीहरू कसले के किन्दै छ र के बेच्दै छ भन्ने हेर्न र त्यही अनुसार कारोबार गर्न सक्छन् तर, झट्ट सुन्दा नै पत्यार नलाग्ने यस्तो कुरा असम्भव भने चाहिँ होइन। यहाँ कसले को सँग कस्तो सम्बन्ध बनाएर के कस्तो सूचनामा पहुँच पुर्याईरहेको होला भन्ने सहज अनुमान लगाउन सकिन्छ। जहाँ नियामक निकायका प्रमुखहरू नै गोप्यरुपमा पहिले शेयर किनेर त्यसपछि कुनै कम्पनीको आइपिओ जारी गर्न तम्सन्छन् भने सूचनाको भित्री लिङ्क कसैले कसैलाई दियो होला भनेर नपत्याउने कुरा पनि हुँदैन। यसरी ठुलाले सूचनामा पहुँच पुर्याउने र त्यसैको आधारमा बजारलाई डोहोर्याउंदा त्यसले साना लगानीकर्तालाई पार्ने मार बेग्लै छ।
अर्कोतिर, सेयर बजारका माफियाहरु, जो नेप्से परिसूचक ३१९९.०३ हुँदा बेचेर बसेका छ्न्, तिनीहरुले विभिन्न हल्ला फिजाएर बजार घटाउन न्वरानदेखिको बल लगाईरहेको कुरा विभिन्न सामाजिक संजालमा तिनीहरुको अभिव्यक्तिबाट प्रस्ट बुझ्न सकिन्छ । सेयर बजार भिंडको मनोविज्ञानमा चल्ने भएकोले लगानीकर्ताको मनोविज्ञान नै प्रभाबमा पर्ने गरी इन्डेक्स र कम्पनीको नामै तोक्नेजस्ता कार्य क्लब हाउसमा हुने गरेको छ।
ब्रोकरको बदमासी
आम लगानीकर्तालाई हौस्याएर दोहोरो कमिसन खाने ब्रोकर पनि अहिलेको अवस्थाका लागि जिम्मेवार छन्। अहिले पनि नेपाली सेयर बजारमा ज्ञान र जानकारीको धेरै नै कमि देखिन्छ। आफ्नो ज्ञानको अधारमा नभई ब्रोकरको सल्लाहमा सेयर खरिद बिक्रि गर्ने अहिले पनि धेरै छन्। मानिसलाई कमाउनु छ, चाहे गलत तरिका ले होस् या सहि। आम मानिसको धारणा के रहेको पाइन्छ भने ब्रोकर संग भित्रि खबर हुन्छ। त्यहि भित्रि खबरको कारण चाडैं कमाउने दाउमा मानिस ब्रोकरको चक्कर मा पर्दछन। ब्रोकरलाई पनि जति ज्यादा खरिद बिक्रि भयो त्यति ज्यादा कमिसन आउँछ। सबै ब्रोकर गलत नहोलान तर ९५५ ब्रोकर ले गलत गरेको भेटिन्छ।
जे मा पनि कमिसन खोज्ने सरकार तथा नीति निर्माणकर्ता
नीति निर्माण कर्ताले सेयर बजारमा बनाउनुपर्ने सयौं कानुन नबनाउँदा बजारमा लगानीका विकल्प थपिन सकेका छैनन। जस्तो मार्जिन ट्रेडिङसम्बन्धी कानुन रोकिइरहेको छ। सेयर सापटी लिएर बेच्न पाउने ९सर्टसेल सम्बन्धी० कानुन बनेको छैन, हेज फन्डसम्बन्धी कानुन बनेको छैन, वित्तिय परामर्शसम्बन्धी कानुन बनेको छैन, वित्तीय योजनाविद् (फाइनान्सियल प्लानर) सम्बन्धी कानुन बनेको छैन, एक्सचेन्ज ट्रेडेड फन्डसम्बन्धी कानुन बनेको छैन, यस्तै इन्डेक्स फन्डसम्बन्धी कानुन बनेको छैन, जसका कारण बजारमा कारोबारमात्र खुम्चिएको छैन। यसले लगानीकर्ताका अवसरलाई खुम्च्याएको छ, रोजगारीका हजारौं अवसर खुम्च्याएको छ। नियामक निकायले जति धेरै कानुन बनाउन सक्यो सेयर बजार त्यति नै फरकिलो हुँदै जाने हो। अवसर बढ्दै जाने हो। लगानीका विकल्प थपिँदै जाने हो ।
अकल्पनीय गिरावट देखिनुको खास कारण नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि जारी गरेको मौद्रिक नीतिले व्यवस्था गरेको शेयर धितोमा लगानीकर्ताले लिन सक्ने कर्जाको रकममा लगाइएको सीमालाई दिंइदैछ तर शेयर बजारमा यसरी पहिरो जानुको खास कारण भने राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति र त्यसलाई लागु गर्न भदौ १० गते जारी गरिएको एकीकृत निर्देशिका मात्र होइन। बजार बढ्ने र घट्ने क्रम जहिले चलिरहेको हुन्छ। बढे पछि घट्दछ र घटे पछि बढ्दछ अहिले बजारले एउटा उचाइ ग्रहण गरिसकेको थियो। माफिया र खेलाडीहरु ले आफ्नो प्रफिट बुक गरि बाहिर निस्की सकेका थिए, अब तिनीहरुलाई फेरी बजार प्रवेश गर्ने बस् बहाना चाहिएको थियो। मौद्रिक नीति र त्यसपछि जारी निर्देशिका त्यस्तो बहाना बन्यो। खासमा, यो पुरापुर सेयर बजार माफिया र ब्रोकरको मिलेमतोमा गरिएको बदमासी हो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्